Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मन्त्रीले नटेरेपछि दुई पार्टीले सरकार छाड्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 29, 2025
0 shares
काठमाडौं। पार्टीबाट सरकारमा पठाइएका मन्त्रीले फिर्ता हुन नमानेपछि दुईवटा मधेशवादी दल सरकारबाटै बाहिरिने तयारीमा छन्। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीले पार्टीलाई नटेरेपछि ती दल सरकारबाट बाहिरिने निष्कर्षमा पुगेका हुन्।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै सरकारबाट बाहिरिने निष्कर्षमा पुगेका हुन्।

जसपाबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह र खानेपानीमन्त्री प्रदीप यादवलाई फिर्ता बोलाउने निर्णय पार्टीले गत शनिबार (७ भदौ)मा गरेको थियो ।

सोहीअनुसार त्यसको भोलिपल्ट ८ भदौमा जसपाले मन्त्रीद्वय साह र यादवलाई फिर्ता गरी पार्टीका सांसदद्वय डा. वीरेन्द्र महतोलाई खानेपानीमन्त्री र रञ्जु झालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीका लागि सिफारिस गरेको थियो ।

मन्त्रीद्वय साह र यादवलाई पार्टीले ११ भदौसम्ममा राजीनामा दिन निर्देशन दिएको थियो । तर, बिहीबार दुवै मन्त्रीले राजीनामा दिएका छैनन् । ‘हामीले दुवै मन्त्रीलाई ११ भदौभित्रमा राजीनामा गर्न भनेका थियौं, सोही ठाउँमा पार्टीका अर्का दुई सांसदलाई मन्त्री नियुक्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थियौं तर उहाँहरूले न राजीनामा दिनुभएको छ, न प्रधानमन्त्रीले हटाउनुभएको छ,’ जसपाका एक पदाधिकारीले राजधानीसंग भने, ‘त्यसैले हामी पार्टी निर्णयअनुसार सरकारलाई समर्थन राख्दै सरकारबाट बाहिरिन्छौं ।’

प्रधानमन्त्री ओलीलाई जसपा पदाधिकारी बैठकले गरेको निर्णयका ’boutमा जानकारी गराइसकेको छ । तर, मन्त्रीहरूले पार्टीलाई नै नटेरेपछि सरकारबाट बाहिरिनुपर्ने निचोडमा जसपा पुगेको हो । पदाधिकारी बैठकले नै यो निर्णय गरिसकेको छ । मन्त्रीलाई फिर्ता बोलाउने, पार्टीकै अर्का सांसदद्वय महतो र झालाई मन्त्रीका लागि सिफारिस गर्ने र ११ भदौभित्रमा मन्त्रीलाई राजीनामा दिन निर्देशन दिने निर्णय जसपाले गरेको थियो ।

ओली नेतृत्वको सरकारमा साह र यादवलाई पठाउने बेलामै १ वर्षका लागि पठाएको थियो । उनीहरू १ वर्षभन्दा बढी सरकारमा सहभागी भइसकेका छन् । जसपाले दुई महिना अघिदेखि नै आफ्ना मन्त्री फिर्ता बोलाएर महतो र झालाई मन्त्री बनाउन खोजेको थियो ।

तर, प्रधानमन्त्री ओलीको आलटालले नयाँलाई सहभागिता गराउन ढिलाइ भएको जसपा नेताहरू बताउँछन् । ‘पछिल्लो समयसमेत भएका मन्त्रीलाई हटाउन र नयाँलाई सहभागी गराउने विषयमा प्रधानमन्त्रीले नै आलटाल गरिराख्नुभएको छ, अब यस्तै रहे मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई समर्थन मात्रै रहनेगरी समेत पार्टीले निर्णय गरेको छ,’ जसपाका एक नेताले भने ।

महन्थ ठाकुर नेतृत्वको लोसपाबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री छन् । भण्डारीलाई फिर्ता बोलाएर सर्वेन्द्रनाथ शुक्लालाई पठाउने तयारी लोसपाको छ । विगत तीन महिनादेखि मन्त्री हेरफेर गर्न लोसपा अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीसमक्ष हारगुहार गर्दैआएका छन् तर ओलीले राई र ठाकुर कसैको कुरा नसुनी उनीहरूको पार्टीमा खेल्न खोजेको समेत आरोप नेताहरू लगाउने गरेका छन् ।

ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा (एमाले) सहित अशोक राई नेतृत्वको जसपा, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा), महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पनि सहभागी छ । जनमतले सरकारलाई समर्थन गरे पनि संघीय सरकारमा सहभागी छैन । यद्यपि, जनमतले मधेश प्रदेशमा मुख्यमन्त्री पाएको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । जसपाले सरकारलाई समर्थन दिए पनि सरकारमा सहभागी थिएन ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved