Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

युएईमा नेपालीहरूको उल्लेखनीय उपस्थिति: अब फुटबलको मैदानमा पनि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 28, 2025
[webverse_shares]

श्रीराम रानाभाट,दुबई । संयुक्त अरब इमिरेट्स (युएई) नेपालीहरूका लागि रोजगारीको आकर्षक गन्तव्य मात्र नभईकन विभिन्न विधामा आबद्ध भएका कलाकार, खेलाडी, व्यापार व्यवसाय गर्नेहरुको हकमा पनि उत्तिकै आकर्षणको केन्द्रबिन्दु बनेको छ ।

यसरी विविध क्षेत्रमा आफ्नो सफलताको झण्डा गाडिरहेका नेपालीहरूले खेलकुदको क्षेत्रमा पनि आफ्नो छुट्टै छाप बनाउँदै आएका छन् । सुरक्षा ,बिकाश र पर्यटकीय हिसाबले विश्वकै उत्कृष्ट देश युएईमा करिब ७ लाख नेपाली कामदार रहेका छन् । आफ्नो नियमित कामका अलावा फुर्सदको समयमा विभिन्न सांस्कृतिक एवं खेलकुद प्रतियोगिताहरुको आयोजना गरेर कलाकार तथा खेलाडीहरुलाइ प्रोत्साहन गर्ने क्रममा (GCD) रोयल गोर्खा फुटबल क्लबले नेपाली समुदायलाई विशेष गरी दशैंको पावन अवसरमा “पहिलो GCD खुल्ला दशैं कप २०२५’ को आयोजना गर्न लागेको छ ।

यो (7-A-Side) फुटबल प्रतियोगिता अक्टोबर ११, २०२५ का दिन युएईको शारजाह स्थित ‘सेफ जोन’ मा आयोजना हुनेछ। यस प्रतियोगिताले दशैंको उत्सवलाई फुटबलको माध्यमले मनाउने र देशवासीभित्र एकताको भावना कायम राख्ने लक्ष्य राखेको छ ।

यस प्रतियोगिताका मुख्य आयोजक GCD ग्रुप अफ कम्पनीजका अध्यक्ष रमेश श्रेष्ठ रहेका छन् जसले नेपाली समुदायबीच दुबईमा निर्माण गरिएका फुटबल क्लबहरुलाई निरन्तर प्रायोजन गर्दै आएका छन्। उनको संस्थानले यसरी समुदायलाई जोड्ने प्रयासमा सधैं अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। “रोयल गोर्खा फुटबल क्लब” का टिम मेनेजर नवराज रानाभाटले युएई, कतार, युरोप र नेपालमा फैलिएको नेपाली समुदायले खेलकुदमार्फत पनि आत्मियतालाई कायम राख्ने प्रयास रहेको बताए ।

प्रतियोगिताको आयोजक समितिले “Where Unity Meets Passion — Celebrate Dashain with the Spirit of Football !” (जहाँ एकताले जोशलाई भेट्छन् — फुटबलको भावनाका साथ दशैं मनाऔं !) भन्ने नारा दिएको छ। खेलप्रेमी नेपाली प्रवासीहरुको सहभागिताले यस आयोजनालाई अझै रंगीन बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved