Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कोशी प्रदेशको राजधानी विराटनगरमा मनाइयो १६० औँ मोती जयन्ती

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 24, 2025
0 shares

हिमांशु राय , माेरङ । कोशी प्रदेशको राजधानी मोरङको विराटनगरमा मोती जयन्ती विशेष कार्यक्रम सम्पन्न भएको छ ।
छन्दवाटिका नेपाल, विराटनगरको आयोजनामा जीवनी, व्यक्तित्व तथा कृतित्वमा माथि चर्चा तथा रचनावाचन गरेर मोतीराम भट्टको १६० औँ जन्म जयन्ती मनाइएको हो ।

प्राध्यापक कविराज न्यौपाने प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा प्राज्ञ खेम नेपाली, कोसी साहित्य–कला परिषद् नेपालका तदर्थ समिति अध्यक्ष केशु विरही, विराटनगर प्रज्ञा–प्रतिष्ठानका सचिव दिनेशराज सुवेदी, प्रज्ञा–परिषद् सदस्य शुभलक्ष्मी लम्साल, मुक्तक प्रतिष्ठान नेपाल कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, सङ्गम अभियान पत्रिकाका पत्रिकाका प्रधान सम्पादक रामबाबु दाहाललगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लेखक तथा अनुसन्धानकर्ता केशु विरहीले मोतीरामको जीवनी, व्यक्तित्व तथा कृतित्वको चर्चा गरेका थिए । विरहीले मोतीरामलाई विशेष गरेर अन्वेषक, कवि, गजलकार, पत्रकार, जीवनीकार, समालोचक, नाटककार, कुशल व्यवस्थापक, शृङ्गारिक धारा तथा समस्यापूर्ति लेखनका प्रारम्भकर्ता, पुस्तकालयका संस्थापक, मुद्रण आरम्भकर्ता तथा प्रेरणाका स्रोतका रूपमा रहेको कुरा बताए । साथै उनले ३० वर्ष मात्र बाँचेर पनि भट्टले नेपाली साहित्यमा पुर्याएको योगदान अद्वितीय रहेको विरहीको भनाइ रहेको थियो ।

उक्त कार्यक्रममा बाबुराम पोखरेल, जीवन काश्यप, गोपाल निर्भीक, जीवन ढुङ्गाना, प्रिन्स प्रमोदकुमार ढकाल, चूडामणि नेपाल, रमेश निरौला, नवराज पोखरेल ‘नवशिला’, चिरञ्जीवी काफ्ले, सिजन श्रेष्ठ, राधा भट्टराई, उमानाथ घिमिरे सगर, शुभलक्ष्मी लम्साल, डोमी कामत, कृष्ण अञ्जान, मञ्जु घिमिरे दाहाल, पुण्य चौलागाईँ आदि स्रष्टाहरूले रचनावाचन गरेका थिए ।
कार्यक्रममा मोतीराम विशेष रचनाका साथै स्वतन्त्र रचनासमेत वाचन गरिएका थिए ।

उक्त कार्यक्रममा संस्थाका तर्फबाट शारदा भट्टराईले उपस्थित सबैलाई शब्दद्वारा स्वागत गरेकी थिइन् भने संस्थाका अध्यक्ष हरि कट्टेलले कार्यक्रमको औचित्यमाथि प्रस्ट पारेका थिए । कार्यक्रमको सञ्चालन भने संस्थाका सचिव चिरञ्जीवी काफ्लेको रहेको थियो ।

२०७० सालमा स्थापित यस संस्थाले विशेष गरेर नेपाली साहित्यमा छन्दलेखनलाई विशेष प्राथमिकतामा राखेर आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved