ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष एवं नेकपा एमालेका जिल्ला कमिटी सदस्य टेकेन्द्र सेन्दाङमाथि सांघातिक हमला भएको छ।
घटना हिजो साँझ करिब ६:३० बजे ताप्लेजुङको फुङलिङ नगरपालिका–४, तोक्मेडाँडामा भएको हो। ४–५ जनाको समूहमा आएका अज्ञात युवाहरूले एक्कासी सेन्दाङमाथि आक्रमण गरी कुटपिट गरेका थिए। उनीहरूको परिचय खुल्न सकेको छैन।
कुटपिटबाट घाँटी लगायत शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएका वडाध्यक्ष सेन्दाङलाई जिल्ला अस्पताल ताप्लेजुङमा सामान्य उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल रेफर गरिएको छ।
घटनामा संलग्न व्यक्तिहरू केबलकार निर्माण गर्नुहुन्न भन्ने समुहकाे हुन सक्ने तर तिनिहरु फरार रहेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
