Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कालापानी, लिपुलेकको बारेमा जुन कुराहरु उठेको छ, आजमात्र उठेको होईन : सांसद यादव

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 23, 2025
29

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादवले नेपाल–भारतबीचको पौराणिक, पारिवारिक र बहुआयमिक सम्बन्धलाई कायम राख्दै राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता, स्वाधीनताको पक्षमा उभिनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले लिपुलेक र कालापानीको सम्बन्धमा उठेको विषयको संवेदनशीलतालाई बुझेर व्यवस्थापन गरिनुपर्ने बताए ।

‘अहिले कालापानी, लिपुलेकको बारेमा जुन कुराहरु उठेको छ, आजमात्र उठेको होईन । विभिन्न समयमा यो कुराहरु उठ्दै आएको हो । यो समस्या कसरी समाधान गर्ने सम्बन्धमा मलाई लाग्छ कि नेपालको आफ्नै र भारतको आफ्नै धारणा छ । यो संवेदनशीलतालाई व्यवस्थापन गर्न आवश्यक छ,’– उनले भने ।

नेपाल–भारतबीचको सीमा समस्यालाई राजनीतीकरण नगरी वार्ताका लागि कुटनीतिक पहल गरिनुपर्ने उनको सुझाव छ । ‘यसलाई कुनै प्रकारको राजनीतीकरण नगरिकन दुवै देशले वार्ताको लागि कूटनीतिक पहल गर्न आवश्यक छ,’– उनले भने ।

विभिन्न चरणमा नेपालका प्रधानमन्त्रीहरुको भारत भ्रमणका क्रममा पनि सीमा विवादसम्बन्धी विषयले महत्व पाउनुपर्ने उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा पनि सीमा समस्या समाधानका लागि ठोस आधार लिएर जानुपर्ने उनको भनाइ छ । ‘यसपाली पनि हाम्रो प्रधानमन्त्रीजीको भारत भ्रमण छ । म अपिल गर्न चाहन्छु– यो समस्या समाधान गर्नका लागि सरकारले ठोस आधार लिएर भारत भ्रमणमा जान उपयुक्त छ,’– उनले भने ।

उनले नेपाल–भारत सीमाको ९८ प्रतिशत समस्याहरु समाधान भइसकेको र २ प्रतिशत समस्यामात्र्रै बाँकी रहेको बताए । बाँकी २ प्रतिशत समस्या वार्ता र संवादमार्फत समाधान गरिनुपर्ने उनको भनाइ छ । ‘अब २ प्रतिशतलाई पनि समाधान गर्नुपर्छ । धेरै मुलुकहरुमा यस्ता सीमाका समस्याहरु समाधान भएका छन् । यो समस्या समाधान गर्नका लागि एकमात्र माध्यम कूटनीतिक पहल मात्रै हो,’– उनले भने ।

साथै, अहिले सरकारले ल्याएको भूमि विधेयकको असर सबै नेपाली जनतामा पर्ने बताए । खासगरी तराई मधेशमा यसको असर बढी पर्ने उनले बताए । सबै प्रतिपक्षीहरुको विरोधका वावजुद भूमि विधेयक ल्याइएको भन्दै उनले यसले आन्दोलन सिर्जना गर्ने चेतावनी दिए । ‘सबै प्रतिपक्षी दलहरुको असहमतिको वावजुद भूमि विधेयक अगाडि बढाएको छ । यसले ठूलो आन्दोलनको तयारी सिर्जना गर्छ,’– उनले भने ।

साथै, गौर हत्याकाण्डाको विषयमा सर्वोच्च अदालतले गरेको फैसलालाई सबै पक्षले सहज रुपमा लिएर अनुसन्धानबाट दोषी देखिएकाहरुमाथि कारबाही गरिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved