Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अवैध प्लटिङविरुद्ध कडा कदम चाल्दै उपत्यका बिकास प्राधिकरण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 20, 2025
3 shares

कठमाडौं । उपत्यका विकास प्राधिकरणले उपत्यकाभित्र भइरहेका अवैध प्लटिङ तथा अनियन्त्रित शहरीकरणविरुद्ध कडा कदम चाल्ने तयारी गरेको छ । प्राधिकरण अन्तर्गतको जिल्ला आयुक्त कार्यालय, काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरी काठमाडौं जिल्लाका विभिन्न स्थानहरूमा भइरहेको अव्यवस्थित र गैरकानुनी प्लटिङबारे जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार न्यूरोड, वसन्तपुर लगायत स्थानहरूमा सडकहरू साँघुरा भएका कारण एम्बुलेन्स र दमकलजस्ता अत्यावश्यक सेवा पुग्न सक्दैनन् । सार्वजनिक स्थानको समेत अभाव देखिन थालेको छ । ‘योजना बिनाको प्लटिङ र खण्डीकरणले गर्दा शहर अस्तव्यस्त बनेको छ, प्राकृतिक सौन्दर्य हराउँदै गएको छ ।’ प्राधिकरणले विज्ञप्तिमा जनाएको छ ।

प्राधिकरणले अवैध प्लटिङ नियन्त्रण गर्न विभिन्न कानुनी प्रावधानहरूलाई आधार बनाउँदै आएको छ । तर, यस्ता कानुनी व्यवस्थाका बाबजुद मालपोत तथा नापी कार्यालयहरू प्राधिकरणको ऐन नचिन्ने र कार्यान्वयन गर्न नचाहने प्रमुख समस्या भएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार योजना अनुमति नलिएर गरिएको खण्डीकरणले सडक साँघुरा हुने, खुला ठाउँ नछोडिने र राज्यको नाममा छुट्टाइनुपर्ने जग्गा समेत गायब हुनेजस्ता समस्या बढ्दो छन् । भिरालो जमिनमा समेत प्लटिङ भइरहेको उल्लेख गर्दै प्राधिकरणले यस्तो क्रियाकलापले प्राकृतिक विपत्ति निम्त्याउने चेतावनी दिएको छ ।

प्राधिकरणले अबदेखि उपत्यकाभित्र कुनै पनि जग्गा प्लटिङ गर्दा अनिवार्य रूपमा योजना अनुमति लिएर मात्र गर्न पाइने स्पष्ट पारेको छ । प्राधिकरणले सार्वजनिक हित र सुरक्षित शहरी जीवनका लागि सबैलाई प्राधिकरणको मापदण्डअनुसार मात्र प्लटिङ गर्न र नगरपालिकाहरूलाई पनि सोही अनुसार अनुगमन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved