Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेताहरुको विचार संगै सति गएका कार्यकर्ताहरु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 20, 2025
29

नेपालमा नेता बन्नका लागि धेरै बिद्या चाहिंदैन । एउटा “झ्याल” दुइओटा ढोंगी नारा र तिनओटा चाप्लुसीवाला “क्याडर” भए पुग्छ । यहाँ राजनीतिक कार्यकर्ता(झोले) भन्नाले “नेताजीको जुत्ता पुच्छने प्रोफेसनल” बुझिन्छ । तिनीहरूको जीवनको उद्देश्य एउटा मात्र हुन्छ—आफ्नो नेतालाई खुसी राख्ने, आम जनतालाई झुटो आश्वासन दिने, र जे पनि गरेर पद, पैसा र प्रतिष्ठा कमाउने।

नेताजीहरूप्रतिको चाप्लुसीको व्यापार:
तपाईंहरूले “देशभक्ति”को ढोंग गर्नुहुन्छ, तर तपाईंको देशभक्तिको मापन कसरी हुन्छ भने—
– कति पटक नेतालाई “सर, तपाईं नै हाम्रो मसीहा हुनुहुन्छ” भनेर झुक्न सक्नुभयो ?
– कति जना युवाहरूलाई “पार्टीको लागि त्याग गर्नुपर्छ” भनेर बेवकूफ बनाउनुभयो ?
– कति झूटा आन्दोलनमा “जनताको आवाज” भनेर आफ्नो पेट भर्नुभयो ?

तपाईंहरूको राजनीति भनेको “चाप्लुसीको फर्म”  हो, जहाँ जे भन्यो त्यही “सिद्धान्त” हुन्छ, र जसले जति झुक्यो उसले उति “क्यारियर” बनाउँछ । तर विदेशिनेले त्यहाँको मेहनत, अनुशासन र पारदर्शिता देख्छ—जुन कुरा तपाईंहरूको शब्दकोशमा हुँदै हुँदैन।

शिक्षाले फरक पार्छ , हाम्रो संस्कार ले फरक पार्छ , पृष्ठभुमिले फरक पार्छ । हामीले मान्ने गरेको नेताको पृष्ठभूमि के हो ? उसका योजना कार्यान्वन हुने खालका छन् कि आफु स्थापित हुनलाई अन्टा सन्टा बोलेर ….कतै हामीले मान्ने गरेको नेता मान्छे मारेर अपराधि ठहर भएर जेल बसेर आएको त होइन ? दादागिरी देखाएर बितण्डा मच्चाएर ,बलात्कार जस्ता घटनामा संलग्न भएर कलंकित पृष्टभूमि बनाइसकेको त होइन ? भ्रस्टाचार गरेर समाजलाई दुसित हुने खालका गतिविधि गरेर अलोकप्रिय बनिसकेको हो कि लोकप्रिय काम गरेर समाजले सम्मान गर्ने व्यक्तित्व बोकेको छ ? हामीले नेता मान्दै गर्दा उसको विज्ञताको ,क्षेमताको ,नैतिकता ,इमान्दारिता र उसको उदेश्यको थोरबहुत मापन त गर्न पर्ला नि ?

तपाईं तपाईंको नेता भन्दा बढी शिक्षित ,सु-संस्कृत ,गतीशील ,विचारशील ,विज्ञ पनि हुनुहुन्छ होला । तर आफ्नो क्षेमता माथि बिश्वास किन लाग्दैन ? कालोलाइ कालो र निलोलाइ निलो भन्ने हिम्मत किन जलुका झैं ओइलिञ्छ ? आफ्नो फरक र रचनात्मक विचार किन राख्न सक्नुहुन्न ? किनकि तपाईंलाइ डर छ कतै म नेता को सर्कल बाट बाहिरिन पो पर्छ कि । सबै नेताहरु सर्बज्ञानी हुँदैनन् । कुनै मंगल ग्रहबाट आएका होइनन । उनीहरु पनि हामी जस्तै मान्छे हुन् गल्ति हुन्छ ,गर्छन जानेर गर्छन,नजानेर गर्छन तर गर्छन । तर हामी कार्यकर्ताले कहिलै नेताहरुको कमीकमजोरी देख्दैनौं । उनीहरुले जे सुकै गरुन ,जे सुकै बोलून हामी ताली पिटेर अप्रिय बोल्न,बन्न र गर्न उत्प्रेरित गरिरहेका हुन्छौं । नेता राम्रो गर्न पनि चाहन्छन । उनीहरुलाई महसुस पनि हुन सक्छ आफ्नो गल्तिको । तर “धेरै टाउको ,धेरै दिमाख” विभिन्न स्वार्थ समुहहरुले भन्छन “महाराज ! तपाइले ठिक गर्नु भएको छ गल्ति भएको छैन “। उनीहरु कहिलै गलत देख्दैनन नेतालाई । उनीहरुका सल्लाहकार पनि त्यस्तै स्वार्थ प्रेरित व्यक्तिहरु नै हुन्छन । तपाईंहरूको “राजनीतिक योगदान” धर्नामा रकम थप्ने, बैंक खाता फुकाउने, र जनतालाई ठग्ने मात्र हो।

हामीहरुले त्यसैदिन आफ्नो विचार र बिबेकलाई नेताको बिचार संगै सती पठाउने निर्णय गरेका हुन्छौं जुनदिन नेताको भाषणले हाम्रो दिमाख रंगिएको थियो । मेरो सपना मेरो सपना हुने छैन ,मेरो विचार आफ्नो हुने छैन ,”म” म रहने छैन ,आजबाट म हजुर को दासत्व स्वीकार गर्छु ,म मेरो पार्टी र नेताहरु को लागि कसैको ज्यान पनि लिन सक्छु ,जे पनि गर्छु । जुनसुकै मूल्य मान्यता र सिद्धान्तहरु मेटेर आफ्नो भलाइका लागि पार्टीको सहारा लिएर नैतिकताको कसीबाट रसातलमा पुग्न पनि मन्जुर छु भन्ने चेतनाले बिबेक गुमाएर केवल झोले बनेका हरुले राजनीतिलाई फोहोरी बनाएका हुन् केवल नेताले मात्र होइन ।

गरिब परिवारबाट चप्पल पड्काउँदै राजधानी छिरेका नेताहरुको राजनीतिका अलावा पेशा ,ब्यबसाय के हो ? आय आर्जको माध्यम (स्रोत)के हो ? तिनका कार्यक्रताहरुको आय स्रोत के हो ? दुइचार जना ब्यापारी ,उधमी कार्यकर्ता हरुलाई देखाएर यहि नै हो हाम्रो आय स्रोत भन्न सकिन्छ ?सर्बहारा वर्ग को हक हित र अधिकार का लागि भनेर उदाएका मसिहाहरु आज कुन जीवनशैली बाँचेका छन् ? अनि सर्बहारा को जीवनशैली कस्तो छ ? आज नेताहरुले जुन अकुत सम्पति कमाएर जसरी बाँचेका छन् चुनाब जितेर संसद /नेता बनेर त्यहि मासिक तलब बाट जोडेका होलान ? त्यति जोड्न सम्भब रहेछ ? राजनीतिमा लागेपछि नेता ,सांसद नै नभैकन पनि करोडपति कसरी छन् ? नेपालको परिबेशमा ६०/७० हजार तलब लिएर नोकर चाकर सहित गाडी बंगाला जोड्न कसरी सम्भब छ ? यहि उदेश्य प्राप्तिका लागि कार्यकर्ता उत्प्रेरित् हुने गर्छन र उनीहरुको मूल उदेश्य पनि यहि रहन्छ। देश टाट पल्टिसकेको छ तर राजनितिकर्मिहरु सुखी र सम्पन्न छन् ।

नेपालमा स्वतन्त्र भएर बाँच्ने वातावरण छैन :
कुनै राजनीतिक पार्टीको सदस्य,कार्यकर्ता ,झोले नबन्ने हो भने मौलिक हक अधिकार बाट पनि बन्चित हुनुपर्छ । पासपोर्ट,नागरिकता या अन्य कुनै पनि प्रयोजनका लागि सिफारिस लिन जाँदा पार्टीको चस्माले हेर्छन र फरक ब्यबहार गर्छन। उनीहरुले गरेको भ्रस्टाचार ,अनियमितता ,धोकाधडी र तिकडमबाजीलाई अनदेखा गरेर ,निरिह बनेर ज्यु हजुर गरिएन भने समाज बाटै एकल्याउँछन् । जातिय विभेद एउटा रोग हो ,अर्को विभेद राजनीतिक । उनीहरुको भ्याभिचार,अराजकता र अपराध कर्मको साँची भएर पनि मौनता साँधेर समर्थन नगर्ने हो भने ,उनीहरुको दासत्व स्वीकार नगर्ने हो भने असहिष्णु बन्छन । मन नपरेको मान्छे संग बदला लिनका लागि पनि राजनीति मा लाग्नेहरु(लागेकाहरु) छन् ,पार्टी मन नपरे पनि । राणाहरुको पालामा यो खालको विभेद थियो कि थिएन कुन्नि ।

विदेश गएकाहरुलाई हेप्ने एउटा तप्का छ ;
बाउबाजे ले आर्जेको सम्पती काँखी च्यापेर बस्न पाएकालाइ बिदेशिनु जरुरी भएन ,बाध्यात्मक अवस्था रहेन । राजनीति फोहोर भयो ,देश रोएको छ। अर्थतन्त्रमा देश ओरालो लागेको छ। देशमा भ्रष्टाचार छ ,अराजकता छ, गुण्डागर्दी छ । देश जुन लयमा हिँड्नुपर्ने थियो त्यो लयमा गति समाउन सकेन भन्ने अनुभूति गर्नलाई देश ,घरपरिवार, वृद्ध आमाबाबा ,ससाना लालाबाला, प्रिय जीवन साथी संगिनी छोडेर बिरानो मुलुकमा जहाजमा चढेर आएका र बाकसमा फर्कने सम्भावना मगजभरि भिरेर बस्नुपर्नेहरुलाई बाउ बाजेको सम्पत्ति बिर्ता पाएका पार्टी र नेताको चाकडी र चाप्लुसी गर्दै अवसर पाएका र आफ्ना इलाकामा रबाफ जमाउँदै हिँड्न पाएकालाई भन्दा बढी महसुस हुँदोरहेछ । मोबाइल र टिभीमा देखिएका विदेशका रङ्गीन तस्बिरहरू हेरेर,पैसाको गाँठ भएकाहरु कहिलेकाहीँ विदेश सयर गरेर , नेताहरूको आडमा अगाडि पछाडि भएर विदेश घुम्ने अवसर पाएकाहरु तीन प्रहर खाना हसुरने र त्यही खाना पचाउनलाई साँझ बिहान गाउँ टोल परिक्रमा गरेर आदर्श र नैतिकताका भाषण छाटेर विदेशको व्याख्या गर्न पटक्कै सुहाउँदैन । आफ्नै परिवारसंग को माया सम्झना र आत्मीयता पनि देश छाडेपछि जति प्रिय लाग्छ परिवार सँगसँगै हुँदा त्यति प्रिय लाग्दैन। अभाव बेरोजगारी र बाध्यतामा रुमल्लिएकाहरूलाई ,देशमै रहुन्जेल कतिबेला देश छोडौं भन्ने भएकाहरूलाई पनि देश छोडेको भोलिपल्टदेखि नै देशको माटोको सुगन्ध खडकिने गर्छ ।

जिम्मेवारीले धकेलेर अवसरको अभाव र समाजको दबावले विदेशिनेहरूको पीडा देशमा राजनीति गर्नेले कदापि महसुस गर्न सक्दैनन्। अझ परिवारबाट बिछोडिएर बा…बा ,आ….मा शब्द सिक्दै गरेको बच्चाबच्चीलाई छोडेर हिँड्न विवश अभिभावकको पीडा नेताको लङ्गुटी समाएर सामाजिक सञ्जालमा च्याँठीहरुले महसुस गर्न सक्दैनन् । बाँचेसँगै ,मरेसँगै भनेर मगनी होस् या प्रेम विवाह गरेर ल्याएको जीवनसाथी त्यही विवाह गर्दाको ऋण तिर्न या गर्भमा भएको सन्तानको उज्ज्वल भविष्यको चिन्ता लिएर विदेशिनु पर्ने हो भने देश के हो अनि बल्ल अनुभूति हुन्थ्यो । वृद्ध भएका वृद्ध बाबाआमालाई आफ्ना छोराछोरीको साथको आवश्यकता होला । तर टिलपिल टिलपिल आँसु झार्दै टीका लाइदिँदै विदाईका हात हल्लाउँदै गरेका बाबाआमा छोडेर पासपोर्ट पुर्जी लालपुर्जा हातमा बोकेर सात समुन्द्र पारी ५० डिग्रीको तापक्रममा पग्लिनेहरुको दु:ख बाउबाजेले जोडिदिएको जग्गा जमिनको मालिक बनेर टोल छिमेकमा ‘समाजसेवी’ को श्रीपेज पहिरिएकाहरूले महसुस गर्न सक्दैनन् ।

देशको नागरिकता त्याग्नका लागि हरेक पार्टीका विशिष्ट तहका मान्छेहरू तयार छन् । त्यही भएर त नेताको आड लगाएर विदेशमा गएर उतैबाट नफर्केका धेरै घटनाहरु हामीले देखिरहेका छौं । नेतृत्व तहमा बसेका मान्छेहरूलाई राम्रैसँग थाहा छ आज नेपाली नागरिक आफ्नो नागरिकता, पासपोर्ट त्यागेर अर्कैको देशको नागरिकता लिन मरिहत्य गरिरहेका छन् । त्यसकारण कोही मान्छे विदेशियो, उतै बस्यो, देशको माया छैन, देशको माया भए देशमै आएर केही गर भन्ने जस्ता आलोचनात्मक टिप्पणी गरेर आफ्ना पार्टी र नेताहरुलाई उक्साएर गैर जिम्मेवारी नबनाउनुहोस् र देश छाड्नेहरूको अवमूल्यन पनि नगर्नुहोस् ।

जीविकोपार्जनका लागि देश छाड्नु बाध्यता हो रहर होइन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved