भक्तपुर । विद्यार्थी लिएर चाँगुबाट फर्कदै गरेकाे जनप्रेमी कलेजकाे गाडी दुर्घटनामा परेकाे छ ।
गाडीले बाटाे छाेडेर डिलमाथि करिब १५ फिटमाथि चढेकाे थियाे ।
साेही कारण सडक छेउकाे कच्ची घरमा समेत क्षति पुगेकाे छ ।जनप्रेमी कलेजकाे गाडी १ जना विद्यार्थी लिएर चाँगुबाट फर्कदै थियाे ।
समय विहान करिब ५:१५ भएकाे घटनापछि चालक विद्यार्थीलाई गाडीमै छाेडेर फरार भएको स्थानीयले जानकारी दिए ।
विद्यार्थी सामान्य घाइते छन् । उनकाे चाँगुनारायण नगर अस्पतालमा उपचार भइरहेको छ ।
