Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘एभोकाडो सिटी’ अभियानले सामुहिक एकताको राष्ट्रिय संदेश दिएको छ: पूर्वप्रधानमन्त्री दाहाल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 15, 2025
0 shares

भक्तपुर । चाँगुनारायण नगरपालिकामा ‘एभोकाडो सिटी’ अभियानले सामुहिक एकताको राष्ट्रिय संदेश दिएको पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

शुक्रवार चाँगुनारायण सिटी, एभोकाड़ो सिटी अभियानको तीन वर्षे घोषित कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले नागरिकस्तरबाट पनि ठुला अभियान सफल पार्न सकिन्छ भन्ने उदाहरण अभियानले प्रस्तुत गरेको बताएका हुन् ।

”हामीमा तानातान र अस्वस्थ प्रतिस्पर्धा हुनेगर्छ ।” पूर्व प्रधानमन्त्री दाहालले भने, ”त्यसको विपरित सबै राजनीतिक दल, संघसस्था र स्थानीय जनताको साथ् र सहयोगमा सम्पन्न यो अभियानले राष्ट्रिय संदेश दिएको छ ।” उनले भने ।

अन्य पालिकामा पनि औचित्य र आवश्यकताको आधारमा यस्ता सामाजिक र आर्थिक अभियान संचालन गर्नुपर्ने उनले जोड दिएका छन् ।

स्वास्थ्य र पर्यावरणको दृष्टिले मात्र होइन, उत्पादन र आम्दानीको दृष्टिले पनि एभोकाड़ो अभियानले राम्रो काम गरेको छ ।’ उनले भने, ” साधनश्रोत नभएरै पनि जनस्तरमै जुटाउदै जनहितका अभियान गर्न सकिन्छ भन्ने यो एउटा सफल उदाहरण हो ।”

सो अवसरमा पूर्वप्रधानमन्त्री दाहालले देशैभरका पालिकाका जनप्रतिनिधि र स्थानीय जनतालाई आफ्नो पालिकामा विकास र सम्वृद्धिको सम्भावना पहिचान गर्न र उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिका अभियान संचालन गर्न आग्रह समेत गरे । ”कृषी, पर्यटन, उर्जा र उद्योग लगायतका क्षेत्रमा पालिकाको विशिष्टता र विशेषताको आधारमा सम्भावना पहिचान गरौँ ।” उनले भने । रातारात परिणाम नआएपनि निरन्तरको सामुहिक एकता र सक्रियताले सम्वृद्धि सम्भव हुने उनको भनाइ छ ।

कार्यक्रममा उनले बैदेशिक रोजगारीमा जान बाध्य युवालाई स्वदेशमै रोक्न राष्ट्रिय जागरणको आवश्यकता पनि औल्याएका छन । ”स्वदेशमै गर्न सकिन्छ भन्ने सकारात्मक सोच र नेपाली इतिहास, प्रकृति र परम्परागत एवं सास्कृतिक ज्ञान,सीप र सम्पत्ति प्रति गर्व गर्ने वातावरण निर्माण गर्नुपर्छ ।” उनले भने ।

पूजीवादी अर्थतन्त्रको नक्कल गरेर देश अघि नबढ्ने निष्कर्ष सुनाउदै पूर्वप्रधानमन्त्री प्रचण्डले देशलाई आत्मनिर्भरतातर्फ लैजान स्थानीय जनताको श्रम, सीप र सहभागितामा स्थानीय तहहरुले राज्यलाई घचेत्नुपर्नेमा जोड दिए ।

उनले सुशासन, सामाजिक न्याय र सम्वृद्धिको यात्रामा आफू नेतृत्वको अघिल्लो सरकारले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको बाटो देखाएको दावी गर्दै आफू र आफ्नो पार्टीको तर्फबाट आत्मनिर्भरतातर्फका सबैखाले अभियानलाई सदैव साथ् र समर्थन रहने प्रतिवद्धता प्रकट गरेका थिए ।

सो अवसरमा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापामगरले भौतिक पूर्वाधारलाई मात्र विकास मान्ने मनोविज्ञानलाई चिर्दै चाँगुनारायणमा स्वास्थ्य र सम्वृद्धिको विकासका लागि संचालित एभोकाड़ो अभियान सफल भएको बताए । उनले शहरी सुन्दरता, हरियाली प्रवर्द्धन र पर्यावरणको रक्षाको लागि पनि अभियानले उल्लेखनीय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।

स्वास्थ्य मन्त्री थापामगरले बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा गरेका कामहरुबारे बताउँदै आफ्नो नेतृत्वमा स्वास्थ्य क्षेत्रमा भएका कामले प्रदेशको औचित्व छैन भन्नेहरुको मुख बन्द गरिदिएको दावी पनि गरे ।

चाँगुनारायण नगरपालिकामा ‘एक घर, दुई बोट एभोकाडो’ रोप्ने यस क्षेत्रमा अर्थराजनीतिका जानकार मानिने वौद्धिक नेता डिपी ढकालको परिकल्पना र मार्गनिर्देशन बमोजिम २०८० श्रावणदेखि संचालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान अन्तर्गत तीन वर्षमा १० हजार बढी घरमा २१ हजार एभोकाड़ोको विरुवा रोपिएका अभियानका संयोजक नरेश खड्काले जनाएका छन् ।

एक घरले एभोकाड़ो बेचेर कम्तिमा ३० देखि ५० हजार वार्षिक आम्दानी गर्ने अनुमान गरिएको अभियानका परिकल्पनाकार डिपी ढकालले बताएका छन । अभियानमार्फत चाँगुनारायणमा वार्षिक ४ करोड बढी अतिरिक्त आम्दानीको श्रोत सुनिश्चित गरिएको उनले दावी गरे । उत्पादित एभोकाडोको बजारीकरणमा पनि आफूहरुको स्पष्ट योजना रहेको उनले खुलासा गरेका छन् ।

अभियानमा करिब ३ सय अभियन्ताहरु सक्रियतापूर्वक सहभागी भएका र उनीहरुले पछिसम्म स्थानीयलाई प्राविधिक र बजार व्यवस्थापनका लागि सहयोग पुर्याइरहने अभियानका परिकल्पनाकार ढकालले जानकारी गराए । शुक्रवार तीन वर्षे कार्यक्रम समापनका अवसरमा अभियन्ताहरुलाई सम्मान समेत गरिएको थियो ।

सो अवसरमा नेपाली काँग्रेसका नेता एवं वागमती प्रदेश सरकारका पूर्वमन्त्री कृष्णलाल भँडेल, वागमती प्रदेश सभाका सदस्यद्वय अमृता नेपाल र भुवनकेशरी श्रेष्ठ भावना, संविधान सभाका सभासदद्वय सत्यलाल मूल र उमा कपाली त्यसैगरी चाँगुनारायण नगरपालिकाका सस्थापक मेयर एवं नेकपा एमालेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्र, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्म, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द आचार्यको आतिथ्यता रहेको थियो ।

त्यस्तै, मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका वडाध्यक्षहरु सोमप्रसाद प्रधान, श्यामसुन्दर धिमाल, रोजबहादुर तामाङ्ग, धनबहादुर लामा, श्यामकृष्ण नयाजू र जनक खत्री, रास्वपा नगर सभापति रोशन थापा, राप्रपा नगर अध्यक्ष रमेश अधिकारी, राप्रपा नेपालकी योवती कार्की र नेकपा एकीकृत समाजवादीकी नगर अध्यक्ष अञ्जना पोखरेल लगायत पनि अतिथिकोरुपमा उपस्थित रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved