Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 14, 2025
3 shares

काठमाडौं । सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृत गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एआई.नीति २०८२ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

त्यस्तै राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त विज्ञ सदस्यमा भक्तपुरका डा. रमेश प्रसाद चौलागाई नियुक्त गर्ने निर्णय भएको पनि उनले जानकारी दिए ।

यस्तो छन्, बैठकका निर्णयहरु :

१. A Study Tour on Inter–Governmental Cooperation and Competition in the Swiss Federal System विषयक कार्यक्रममा सहभागी हुन २०८२ भदौ १५ देखि २१ गतेसम्म मधेश प्रदेशका मुख्यमन्त्री माननीय सतिशकुमार सिंहको स्वीट्जरल्याण्ड भ्रमण स्वीकृत गर्ने।

२. २०८२ असोज ६ गतेदेखि १० गतेसम्म फिलिपिन्समा आयोजना हुने Asian Organization of Supreme Audit Institutions Brokering Upscaled SAI Support Workshop मा सहभागी हुन उपमहालेखापरीक्षक श्री बिन्दु विष्टलाई स्वीकृति दिने।

३.दक्षिण कोरिया सरकारबाट गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकास परियोजनाका लागि प्राप्त हुने ९० लाख अमेरिकी डलर (करिब १ अर्थ २५ करोड नेपाली रूपियाँ मात्र) अनुदान सहायता स्वीकार गर्ने।

४.आर्थिक वर्ष २०८२/८३ को लागि मोटा धानको प्रति क्विन्टल रु. ३४६३.८१ र मध्यम धानको प्रति क्विन्टल रु. ३६२८.३३ न्यूनतम समर्थन मूल्य तोक्ने ।

५. २०८२ भदौ ३१ देखि असोज २ गतेसम्म गणतन्त्र कोरियाको सिओल शहरमा आयोजना हुने Global Infrastructure Cooperation Conference २०२५ कार्यक्रममा माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीलाई सहभागी हुन स्वीकृति दिने ।

६. राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त विज्ञ सदस्यमा डा. रमेश प्रसाद चौलागाई, भक्तपुरलाई नियुक्त गर्ने ।

७. नेपाल सरकारको नाममा दर्ता कायम रहेको बाजुरा जिल्ला साविक बाँधु गा.वि.स. वडा नं. ४ को ७४८५ वर्गमिटर सरकारी प्रकृतिको जग्गा प्रशासकीय भवन निर्माणका लागि हिमाली गाउँपालिका, बाजुरालाई उपयोग गर्न स्वीकृति दिने ।

८. नेपाल सरकारको नाममा दर्ता स्रेस्ता कायम रहेको तेह्रथुम जिल्ला साविक म्याङलुङ गा.वि.स. वडा नं. ९ को ०–१४–०–२ जग्गा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय तेह्रथुमको कार्यालय भवन निर्माणका लागि प्रयोग गर्न स्वीकृति दिने ।

९. बाजुरा जिल्ला साविक बाँधु गा.वि.स. वडा नं. ४ को २३०५५ वर्गमिटर जग्गा धुलाचौर स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणका लागि हिमाली गाउँपालिका, बाजुरालाई प्रयोग गर्न स्वीकृति दिने।

१०. २०८२ भदौ २४ देखि २६ गतेसम्म फिलिपिन्सको मनिलामा आयोजना हुने Ministerial Roundtable Session during the Asia–Pacific Regional Road Safety Conference मा सहभागी हुन माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई स्वीकृति प्रदान गर्ने।

११. नेपाली सेनाका एकजना उपरथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने र एक जना सहायक रथीको पदावधि थप गर्ने।

१२. School Meals Coalition को आयोजनामा ब्राजिलको फोर्टालेजामा २०८२ असोज २ देखि ३ गतेसम्म आयोजना हुने Second Global Summit of the School Meals Coalition मा सहभागी हुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई स्वीकृति प्रदान गर्ने।

१३. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्र, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैंसेपाटी, व्यावसायिक प्रशिक्षण केन्द्र बुटवल र व्यावसायिक प्रशिक्षण केन्द्र, ईटहरीको लागि आ.व २०८२/८३ मा आवश्यक पर्ने अधिकृतस्तरका ७२५ अस्थायी दरबन्दी स्वीकृत गर्ने।

१४. २०८२ असोज ७ देखि १७ गतेसम्म क्यानाडाको मन्ट्रियलमा आयोजना हुने International Civil Aviation Organization काे Forty– Second Session of the Assembly मा सहभागी हुन माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई स्वीकृति दिने ।

१५. राष्ट्रिय समाचार समितिको रिक्त महाप्रबन्धक पदमा श्री सन्दीप राई पाँचथरलाई नियुक्त गर्ने।

१६. २०६३ अन्तर्गत बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने र सेवाप्रदायक पूर्वाधारको सञ्चालन, व्यवस्थापन र मर्मत सेवा खरिद गर्ने सम्बन्धी निर्देशिका,
१७. नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने ।

(कार/भ्यानहरूको काठमाडौं आउँदा रु.६५ र जाँदा रु.६०, मिनी बस/ट्रकको काठमाडौँ आउँदा रु.११५ र जाँदा रु.८०, बस÷ट्रकको काठमाडौँ आउँदा रु.२६० र जाँदा रु.२००, भारी उपकरणको काठमाडौँ आउँदा रु.६०० र जाँदा रु.२५०)

१८ राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) नीति, २०८२ स्वीकृत गर्ने।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved