पोर्चुगल । पोर्चुगलको बेजा जिल्लास्थित उदिमिरा नगरपालिकाको फताकामा बिफ्रुट कम्पनीको एक घरमा आगालागि पीडित बनेका १६ जना नेपालीहरूलाई दीपा काफ्ले नेतृत्वको एनआरएनए पोर्चुगलले सहयोग गरेको छ ।
पीडितहरूलाई गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव तिलक प्रसाद गैरे को विशेष उपस्थितिमा एनआरएनए आइसिसी राजकुमार गुरुङ एनआरएनए पोर्चुगलका अध्यक्ष दीपा काफ्ले उपाध्यक्ष नृपेश गिरी, उपाध्यक्ष सुदन न्युरे महासचिव गोविन्द बुढाथोकी महिला संयोजक खगिसरा न्यौपाने सदस्य विनोद केसी सदस्य हरि देवकोटा आफै घटना स्थल पुगेर खाद्यान्न तथा लत्ता कपडा लगायतका सामाग्री सहयोग गरेका हुन् ।
एनआरएनए पोर्चुगलकी अध्यक्ष दीपा काफ्लेले नेपालीहरूलाई परेको यो विपत्ति मा सधैं एनआरएनले सघाउने सहयोग गर्ने वचनबद्धता व्यक्त गरेका थिए। साथै एनआरएनए आइसिसी सचिव तिलक प्रसाद गैरेले यो विपद्मा जलेर नष्ट भएका कागजातहरू अद्यावधिक गर्न सम्बन्धित निकायसँग हातेमालो गर्ने र सहयोग पुर्याउने वचनबद्धता व्यक्त गरेका थिए ।
सो कार्यक्रमको संयोजन त्यसै क्षेत्रका प्रतिनिधि एवं एनआरएनए पोर्चुगलका सदस्य दीपक भण्डारीका अनुसार आगलागी पीडितलाई तत्काल आवश्यक सामाग्री वितरण गरिएको छ आवश्यकता बमोजिम थप के गर्न सकिन्छ छलफल गरिने बताएका छन् ।
