Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भूमिगत कमाण्डरदेखि गणतन्त्र नेपालको नेतृत्वसम्म : पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनयात्रा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 3, 2025
6 shares

 काठमाडौं। नेपालको राजनीतिक इतिहासमा ठूला मोड ल्याउने पात्रहरूको चर्चा गर्नुपर्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम अग्रपंक्तिमा आउँछ। भूमिगत सशस्त्र संघर्षबाट गणतन्त्रको प्रथम प्रधानमन्त्रीसम्मको उनको यात्रा केवल एउटा नेताको कथा मात्र होइन, नेपाल रूपान्तरणको इतिहास पनि हो।

काल खण्डमा बाइसे चाैबिसे राज्यहरुलाई एकीकृत गर्ने सिङ्गाे एउटा नेपाल एकीकरण गर्ने पृथ्वी नारायण शाह पछि देशलाई गणतन्त्रमा जम्प गराउने एक कमाण्डरकाे नाम लिनु पर्छ भने उनी केवल पुष्प कमल दाहाल  मात्रै हुन्।

सन् १९५४ डिसेम्बर ११ का दिन कास्कीको धिकुरपोखरीमा जन्मिएका दाहालको बाल्यकाल चितवनमा बित्यो। उनका पिता मुक्तिराम दाहाल सामान्य कृषक थिए भने आमा भद्रकुमारी दाहाल गृहिणी थिईन। गरिबी र ग्रामीण जीवनको कठिनाइले उनलाई समाज परिवर्तनतर्फ प्रेरित गरेको कुरा उनका निकट सहयोगीहरू बताउँछन्।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतकाे रामपुर क्याम्पसबाट कृषि विज्ञानमा स्नातक गरेका दाहाल विद्यार्थी जीवनमै राजनीतिक चेतनामा उकासिएका थिए। कम्युनिस्ट विचारधाराप्रति झुकाव बढ्दै जाँदा उनले  नेपाल कम्युनिस्ट पार्टी हुँदै भूमिगत आन्दोलनको बाटो समातेका थिए।

माओवादी जनयुद्धले नेपाललाई १० वर्ष लामो रक्तपातपूर्ण द्वन्द्वमा धकेल्यो। प्रचण्ड ‘सुप्रिम कमाण्डर’का रूपमा त्यही युद्धको केन्द्रमा रहे। भुमिगत रहेका समय  उनकाे नामहरू—‘गणेश’, ‘नारायण’ र अन्ततः ‘प्रचण्ड’ थियाे र त्यहि प्रचण्ड नामका ब्यक्ति नै भूमिगत जीवनका प्रतीक हुन्।

“हामीले परिवर्तनका लागि सशस्त्र मार्ग रोज्यौं, किनकि वैकल्पिक बाटो बन्द गरिएको थियो।” – प्रचण्डले एक अन्तरवार्तामा भनेका थिए।

तत्कालिन सरकार र बिद्राेहि पक्षबाट करिब १७ हजार जनजीवनको बलिदानमा टेकेको यो युद्धले पुरानो त्याे २४० बर्ष भन्दा बढि समय एकल पारिवारिक शासन गरेकाे राजतन्त्रलाई हल्लायन मात्र राजतन्त्रकाे अन्त्य गर्दै गणतान्त्रिक नयाँ नेपालको स्थापना नै भयाे।

तत्कालिन सात दल र माओवादीबीच भएको १२-बुँदे सम्झौताले शान्ति प्रक्रियाको ढोका खोल्यो। २०६२/०६३ को जनआन्दोलनपछि प्रचण्ड भूमिगत जीवनबाट बाहिरिए।  यहि १२ बुँदे सम्झौता अनुसाले प्रचण्डलाई र उनले नेतृत्व गरेकाे माओवादीलाई समग्र शान्ति सम्झौता (CPA) ले हतियार बाहेकको राजनीतिक यात्राको सुरुवात गरायो।

यिनै प्रचण्डले नेतृत्व गरिरहेकाे पार्टी  माओवादी नेपालकाे पहिलाे संविधानसभा निर्वाचनमा पहिलो दल बन्न सफल भयो र प्रचण्ड  गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बने। उनले शाही सेनालाई नेपाल सेनामा रूपान्तरण र गणतान्त्रिक व्यवस्थाको संस्थागत आधार तयार गर्ने काम अघि बढाए। तर, सेना प्रमुख हटाउने विवादपछि उनले राजीनामा दिए।

पसन: दोस्रोपटक प्रधानमन्त्री बनेका उनले संविधान कार्यान्वयन र स्थानीय तह निर्वाचनको तयारी गरे। याे पटक पनि लामाे समय सरकारमा टिक्न भने पाएन।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले एमालेसँग एकता गर्दै नेपाल कम्युनिस्ट पार्टी (NCP) गठन गरेका थिए। तर, झण्डै साँडे दुई बर्ष पछि  पार्टी विभाजन भयाे र आ- आफ्नै पार्टी रह्याे। र पछि उनी पुनः माओवादी केन्द्रको नेतृत्वमा फर्किए।

प्रचण्डकी पत्नी सीता दाहालको २०२३ मा निधन भयो। उनका ३ सन्तान थिए जसमा छाेरा प्रकाश दाहालकाे निधन भईसकेकाे छ। जेठि छाेरि दाेश्राे कार्यकालमा चितवनकै भरतपुर उपमहानगरपालिका प्रमुख रहेकि छिन् भने अर्कि छाेरि गंगा प्रचण्डकाे साथै रहेकि छन्।

लामो भूमिगत जीवनमा उनले परिवारलाई सीमित भेट्ने अवसर पाए पनि, राजनीतिक यात्रामा पत्नी र परिवारले साथ र साहस दिएकै कारण पनि देशमा गणतन्त्र ल्याउनमा प्रचण्ड सफल भएकाे उनलाई नजिकबाट बुझेकाहरु बताउछन्।

नेपालको इतिहासमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक विवादास्पद तर अपरिहार्य पात्र हुन्। एकातिर उनले पुरानो राजतन्त्रलाई ढालेर गणतन्त्र ल्याउने ऐतिहासिक कदम चाले, अर्कोतिर युद्धकालका मानवअधिकार उल्लंघन र राजनीतिक अस्थिरताका लागि आलोचित पनि बने।

उनको जीवन दुई ध्रुवबीचको पुल जस्तै छ—एकातिर भूमिगत संघर्षको कठोरता, अर्कोतिर लोकतान्त्रिक प्रक्रियामा सम्झौतामूलक नेतृत्व। देशमा धर्म निरपेक्ष, जातिय विभेद, संघीयता तथा पहिचान सहितकाे संघीता जस्ता उपलब्धिहरुका पर्यायवाची शब्द नै प्रचण्ड हुन भन्न सकिन्छ। आज, उनको योगदान र विवाद दुवैलाई स्वीकार्दै भन्न सकिन्छः

“प्रचण्डको जीवन नेपाल र नेपाली जनताहरुकै निमित्त राजनीतिक संक्रमणको दर्पण हो।”

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved