Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

शुद्ध पिउने पानीको लागि बायोसेन्ड फिल्टर हस्तान्तरण कार्यक्रम सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 2, 2025
0 shares

सर्लाही। सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नं. ६ स्थित खुटाउन गाउँ र बागमती नगरपालिका अन्तर्गत अगरवा सशस्त्र प्रहरी क्याम्पमा आज विशेष हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। हेल्पिङ ह्यान्ड फर रिलिफ एन्ड डेभलपमेन्ट नेपालको आर्थिक सहयोगमा र स्थानीय समाज विकास केन्द्रको सहजीकरणमा शुद्ध पिउने पानीको लागि बायोसेन्ड फिल्टर प्रणाली हस्तान्तरण गरिएको हो।

प्रमुख अतिथिका रूपमा पूर्वगृहमन्त्री तथा मधेस प्रदेश सभा सदस्य माननीय बिमला अन्सारीको गरिमामय उपस्थिति रह्यो। अगरवा क्याम्पमा आयोजित कार्यक्रममा स्थानीय समाज विकास केन्द्रका अध्यक्ष, अगरवाका उपमेयर, हेल्पिङ ह्यान्ड नेपालका को–अर्डिनेटर जिवा पोखरेल, कोषाध्यक्ष रेविका न्यौपाने, सल्लाहकार अर्जुन थापा, फिल्ड अफिसर वसिम अन्सारी तथा सशस्त्र प्रहरी बलका एसपी सहित सम्पूर्ण सुरक्षाकर्मीको उपस्थिति उल्लेखनीय रह्यो।

त्यसैगरी, खुटाउनको विद्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्षसहित विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

हाल देशभरि विशेषगरी मधेश प्रदेशमा लगातारको वर्षा नहुनु, भूमिगत जलस्रोत सुक्खा हुनु र उच्च तापक्रमका कारण गाउँ, टोल, शहर सबै क्षेत्रमा सुखाग्रस्त स्थिति उत्पन्न भइसकेको छ। यस्तो प्रतिकूल अवस्थामा पिउने पानीको चरम अभाव रहेको उल्लेख गर्दै, पूर्वगृहमन्त्री अन्सारीको पहलमा यी दुई स्थानमा शुद्ध खानेपानीको दीर्घकालीन समाधान स्वरूप बायोसेन्ड फिल्टरको व्यवस्था गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि पूर्वगृह कानुन तथा सञ्चार मन्त्री प्रदेश सभा सदस्य माननीय बिमला अन्सारी ज्यूले आफ्नो भनाइ राख्दै यो समस्या सरकारले पहल गरेर छिटो समाधान गर्नुपर्ने र हामीले सरकारको मुख्यमन्त्रीज्यूलाई ज्ञापनपत्र बुझाउँदा समेत सरकार गम्भीर देखिएको छैन। उहाँले अगाडि थप्नुभयो” यस्तो सहयोगले स्वास्थ्य सुरक्षामासुधार ल्याउने मात्र नभई संकटग्रस्त क्षेत्रमा राहतको अनुभूति गराउने कार्य भएको बताए। जनस्वास्थ्यको संरक्षण र दीगो विकासतर्फको यस्तो कदमले स्थानीयस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास समेत व्यक्त गर्नुभएको थियो”।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved