काठमाडौं । हुलाक सेवा विभागले सन् २०२५/२०८२ को फिलाटेलिक कार्यक्रम अन्तर्गत आज मिति २०८२ श्रावण १६ गते शुक्रबारका दिनबाट नेपालको मन्दिरहरुका तस्वीर अंकित रु.५ जाने ५ वटा संस्मरणात्मक हुलाक टिकटहरु प्रचलनमा ल्याएकाे छ।
प्राचीन कालमा निर्मित मुर्तिहरुका तस्बिर अङ्कित रु. १० जाने २ वटा संस्मरणात्मक हुलाक टिकटहरु, नेपालका जात्राहरुका तस्बिर अङ्कित रु. ८ जाने ४ वटा संस्मरणात्मक हुलाक टिकटहरु र नेपालका शिक्षाबिदहरुका तस्बिर अङ्कित रु.१० जाने ३ वटा संस्मरणात्मक हुलाक टिकटहरु गरि १४ प्रकारका हुलाक टिकटहरु नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रथम दिवसीय टांचा लगाएका हुन्।
यी हुलाक टिकटहरु आजबाट प्रचलनमा आएको छ। जसमा चागुनारायण नगरपालिका वडा नं ३, झौखेल, कोल्पाकोट टोलमा अवस्थित श्री कोटदेबी मन्दिरको तस्बिर अङ्कित रु.५ जाने हुलाक टिकट पनि प्रकाशन भएको छ।
