Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

श्रीमती रञ्जिताबट नाउपकाे नेतृत्व श्रीमान रेशममा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 31, 2025
29Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको बुधबार साँझ बसेको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्षबाट रञ्जिता श्रेष्ठलाई हटाएको छ । श्रेष्ठले शिव बाँस्तोलालाई कार्यवाहक दिएकी थिइन् । चौधरीको उपस्थितिमा भएको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टीको संरक्षकको जिम्मेवारीमा रहेका रेशम चौधरीलाई अध्यक्ष चयन गर्ने भेलामै सहभागी भइरहेका एक केन्द्रीय सदस्यले बताए ।

संघीय तथा प्रदेश सरकार, राजनीतिक नियुक्तिमा हिस्सेदारीलगायतका सवालमा भइरहेको रेशम–रञ्जिता विवादले राजनीतिमा बेलाबेलामा चर्चा चल्ने गरेको थियो । जहिल्यै रेशममाथि हावी भएर आफ्नो अनुकूल निर्णय गर्दै आएकी रञ्जिता पोखरा जग्गा प्रकरणको अडियो सार्वजनिक भएदेखि तनावमा रहेकी छन् । रञ्जितानिकट स्रोतका अनुसार जग्गा प्रकरणलाई लिएर रेशम रञ्जिताबीच राजनीतिक मात्र नभइ धेरै कोणबाट विवाद बढेको बुझिएको छ ।

पोखराको लिचीबारी सार्वजनिक जग्गा हिनामिना प्रकरणमा सामान्य प्रशासनमन्त्री रहेका राजकुमार गुप्तासँगको संवादको अडियो सार्वजनिक भएसँगै गुप्ताले राजीनामा दिइसकेका छन् भने अडियोमा स्वर भएकी रञ्जितालाई रेशमले नैतिक दबाब बढाइरहेका थिए । रञ्जिताले बाँस्तोलालाई कार्यवाहक दिएर आलटाल गर्न लागेको भन्दै रेशमले अन्तरपार्टी छलफल चलाएर पार्टी नेतृत्वमा आफू फर्किने वातावरण बनाएका छन् । पार्टीभित्रको समीकरणमा रेशमसँग टाढिएका केही केन्द्रीय समिति सदस्य तथा प्रदेश सांसदहरूले पनि कित्ता परिवर्तन गरी रेशमनिकट भएका छन् । यससँगै रेशमको मनोवल बढेको छ ।

सुदूरपश्चिमबाट शक्ति बढाउँदै रेशम
नागरिक उन्मुक्ति पार्टीको निर्णायक शक्ति रहेको सुदूरपश्चिम प्रदेशमा पार्टीभित्रको शक्ति सन्तुलन बदलिने बितिक्कै प्रभाव पर्ने देखिएको छ । ‘पार्टीको विरासत, जनस्तरको प्रभाव र पार्टीप्रतिको नागरिक अपेक्षाअनुसार हामीलाई गठबन्धनमा कहिल्यै ठीक ढंगले मूल्यांकन भएन, हामीले आफूलाई रिभ्यू गर्नुपर्छ,’ बैठकमा रेशमले उठाएको प्रसंग र संकेत उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने गठबन्धनबाट बाहिरिने वा शक्ति विस्तारसहित नेतृत्व गर्ने सम्भावना छ ।’

अध्यक्ष बनेसँगै रेशमले सुदूरपश्चिमबाट शक्ति विस्तार गर्दै वर्तमान गठबन्धनमै रहेका खण्डमा संघीय सरकार र विभिन्न प्रदेश सरकारमा समेत ६ महिने मन्त्री नियुक्त गराउने स्रोतको दाबी छ । रेशमनिकट एक केन्द्रीय सदस्य भन्छन्, ‘रेशमजीले पार्टी निर्माणका लागि संसद् सदस्य नभएका प्रदेशमा समेत ६ महिनासम्म मन्त्री बनाउने तथा राजनीतिक नियुक्तिमार्फत पार्टी एजेन्डा स्थापित गराउनेगरी संगठनलाई नयाँ उचाइमा लैजानुहुन्छ ।’

बैठक तथा भेलामार्फत नेतृत्वमा आफू स्थापित भएसँगै क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याउन रेशम रणनीति निर्माणमा लागेका छन् । ‘केन्द्रीय गठबन्धनमा रहेकाले संघीय तथा अन्य प्रदेशमा पनि पार्टीको उपस्थिति भएका ठाउँमा गठबन्धनका सही गलत सबै काममा जिम्मेवारी लिनुपर्ने अवस्था हुन्छ अनि त्यहाँ हाम्रो उपस्थिति हुनु आवश्यक होइन ?’ भावी रणनीति लक्षित योजना सुनाउँदै चौधरीनिकट केन्द्रीय सदस्यले भने, ‘विचार मिल्नेहरूसँग एकता गर्दै शक्ति विस्तारसहित २०८४ सालको निर्वाचनलाई समेत ध्यान दिएर रेशमजीले नेतृत्व गर्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved