Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

महिला तथा बालिका विरुद्ध हुने हिंसा सम्बोधनका लागि सिफारिस प्रणाली सम्बन्धी निर्देशिका अनुमोदन कार्यक्रम सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 30, 2025
0 shares

मेवालाल यादव, रौतहट। रौतहटको राजदेवी नगरपालिकामा महिला तथा बालिका विरुद्ध हुने हिंसाको प्रभावकारी सम्बोधनका लागि सिफारिस प्रणाली सम्बन्धी निर्देशिका अनुमोदन तथा प्रमाणीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। राजदेवी नगरपालिकाको सभाहलमा आयोजित यस एक दिने कार्यक्रममा नगर प्रमुख भिखारी प्रसाद यादवको अध्यक्षतामा कार्यपालिका बैठक बसेर कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो।

उक्त कार्यक्रम PANAV (Policy Advocacy Network Against Sexual and Gender Based Violence) र महिला, कानून र विकास मञ्च (FWLD) को आर्थिक तथा प्राविधिक सहयोगमा, अभियान नेपाल तथा राजदेवी नगरपालिकाको संयुक्त समन्वयमा सम्पन्न भएको हो।

कार्यक्रमको उद्देश्य महिला तथा बालिका विरुद्ध हुने विभिन्न प्रकारका हिंसाका घटनाहरूलाई संस्थागत संरचनामार्फत प्रभावकारी रूपमा व्यवस्थापन गर्नु, पीडितलाई शीघ्र सेवा प्रदान गर्नु र सम्बन्धित निकायबीच समन्वय सुदृढ गर्नु रहेको बताइएको छ। निर्देशिकाले घरेलु हिंसा, शारीरिक र मानसिक यातना, यौनजन्य हिंसा, आर्थिक शोषण, बालविवाह, बोक्सी आरोप, बालश्रम, तथा साइबर अपराध लगायतका मुद्दाहरूमा सशक्त हस्तक्षेप गर्ने लक्ष्य लिएको छ।

कार्यक्रममा अभियान नेपालका कार्यकारी निर्देशक शत्रुधन सिंहाले निर्देशिकाको विस्तृत पक्षबारे प्रस्ट पार्दै भन्नुभयो, “यो प्रणालीमार्फत हामी हिंसाका घटनाहरूलाई मात्र नहेरी, तिनको पृष्ठभूमि, प्रभाव र समाधानको मार्ग पहिचान गरी एकीकृत सेवा प्रणालीमार्फत प्रभावकारी ढंगले हस्तक्षेप गर्न सक्षम हुनेछौं ।”
निर्देशिकाले स्थानीय तहस्तरमा महिला तथा बालिका हिंसा सम्बोधन गर्नका लागि आवश्यक नीति, प्रक्रिया र उपकरणको स्पष्ट निर्धारण गरेको छ। यसमा निम्न विषयहरू समावेश छन्:
पीडित पहिचान तथा सुरक्षाको सुनिश्चितता: सेवा सुलभता, तत्कालीन सहायता र गोपनीयताको पूर्ण पालना ।

सेवा सिफारिस प्रक्रिया: पीडित वा उनका प्रतिनिधिहरूबाट प्राप्त निवेदन अनुसार सिफारिस फारम प्रयोग गरिने व्यवस्था ।
दर्ता प्रणाली: हिंसा सम्बन्धी घटना दर्ता गर्नका लागि रजिस्टरको नमुना खाका । सेवा नक्शांकन: राजदेवी नगरपालिका तहमा कार्यरत संघसंस्था तथा तिनका सेवाहरूको व्यवस्थापन ।
लक्षित समूह पहिचान: महिला, बालिका, लैङ्गिक अल्पसंख्यक लगायत संवेदनशील वर्गमा केन्द्रित सेवाको संरचना ।

मनोसामाजिक सेवा प्रवाह: पीडितलाई मनोसामाजिक परामर्श र आवश्यक मनोचिकित्सकीय सहयोग सुनिश्चित गर्ने व्यवस्था ।
सम्पर्क ब्यक्ति तथा निकायहरूको संयोजन: पीडितसँग प्रत्यक्ष सम्पर्कमा रहेका निकाय तथा व्यक्तिहरूबीच प्रभावकारी समन्वय ।
नगर प्रमुख भिखारी प्रसाद यादवले कार्यक्रम समापन समारोहमा बोल्दै स्थानीय सरकारले महिला तथा बालिकामाथि हुने हिंसा नियन्त्रणका लागि गम्भीरता साथ काम गरिरहेको बताउँदै भने, “यो निर्देशिका केवल कागजी प्रक्रिया होइन, कार्यान्वयनमुखी दस्तावेज हो जसले अबदेखि प्रत्येक हिंसाका घटनामा तत्काल हस्तक्षेपको बाटो खोल्नेछ ।”

उनले नगरपालिकाले आवश्यक स्रोत, बजेट तथा संरचनात्मक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै निर्देशन कार्यान्वयनमा सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो ।

राजदेवी नगरपालिकाबाट सुरु गरिएको यो निर्देशिका प्रमाणीकरण प्रक्रिया केवल स्थानीय तहका लागि मात्र नभई राष्ट्रिय स्तरमै नमुना बन्न सक्ने पहल हो। महिला तथा बालिका विरुद्ध हुने हिंसाका घटनाहरूको प्रभावकारी व्यवस्थापनका लागि आवश्यक संरचना, सेवा प्रवाह, समन्वय र पहुँच सुनिश्चित गर्न यो पहल ऐतिहासिक मान्न सकिन्छ। अब निर्देशिकाको प्रभावकारिता यसको कार्यान्वयनमा निर्भर रहनेछ – जसका लागि स्थानीय सरकार, संघसंस्था र समुदायबीचको निरन्तर सहकार्य अपरिहार्य छ ।

सो कार्यक्रममा राजदेवी नगरपालिकाको नगर प्रमुख भिखारी प्रसाद यादव , वडा न.-१ देखि ९ सम्मका वडा अध्यक्ष , कार्यपालिका सदस्यहरु , परियोजना फोकल पर्शन जितेन्द्र कुशवाहा , अभियान नेपालका कार्याकारी निर्देशक शत्रुधन सिंहा लगायत पत्रकारको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved