Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भौतिक सुख सुबिधा त दियौं तर सायद संस्कार दिन चुकेउं कि छोराछोरीलाई !!

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 30, 2025
0 shares

चिची दियो पापा दियो,नाना दियो आखिर ,
जीवनभर ओत लाग्ने छाना दियो आखिर ।
सन्तान सबै एउटै त कहाँ हुँदा रहेछन र ,
तिनै आखाँ बाट आशुँ जान दियो आखिर ।।

आज सामाजिक घटनाहरुले देखाइरहेका छन् सन्तान प्राय तिनैका कुलतमा लागेका छन् ,जसका बुबा कमाउनका लागि,सन्तानको सुख सुविधाका लागि परदेशिएका छन् या जसका बिचरा बुबा नै छैनन् । घरमा बसौं भने घरव्यवहार चल्दैन,कमाउन जाँदा परिवारमा देखवाल पुग्दैन । सबै एउटै परिबेशमा हुर्कने त हुँदैनन् ।

देश मा नै जागीर र ब्यबसाय गर्नेहरुको कुरा बेग्लै छ तर ऋणधन गरेर आफ्नो उमेर भन्दा अग्लो दासत्व बोक्न आफ्नै पैसाले बेचिएर पासपोर्ट पुर्जी लालपुर्जामा जीवनको महत्वाकांक्षा उनेर धकेलिनुको पिडा आफ्ना आफ्नै छन । बन्दगीमा बेचिनु पनि ठुलो पिडा भएन पिडा त तब शुरु हुन्छ जब आफ्नै सन्तान आफ्नै बुबा आमाका बिरुद्ध उभिन्छन ।

झगडा गर्नु,बेखुशी हुनु, गुनासो गर्नु स्वाभाविक छ तर सन्तानलाई शिक्षित बनाएर ,डाक्टर बनाएर त्यहि डाक्टरबाट ज्यान जोगाउने गाह्रो । भन्छन बुढा पाका “साना छँदा मर्छन कि भन्ने डर ठुला भएपछी मार्छन कि भन्ने डर”। म बाउआमा बाट स्वतन्त्रता चाहन्छु ,उनीहरुको निगरानी र बन्धनबाट छुटकारा चाहन्छु। आमा जो संग मेरो कुरा मिल्दैन,भावना मिल्दैन उनीसंग बस्नुको के अर्थ ? बाउ जो मेरो बचपना देखि नै मेरो साथमा छैनन् जो पैसाकै लागि भनेर बाहिर बाहिर छन् उनीसंग खेलेर हुर्कन पाईन ,उनले कसरी भन्न सक्छन यसो गर र उसो गर ,यो राम्रो र त्यो राम्रो ? म पढेको छु,शिक्षित छु,ठुलो भैसकें , मलाइ थाहा छ के राम्रो के नराम्रो । जन्माईदिएर मात्र पुग्छ ? बिरुवा रोपेर मात्र पुग्छ ?.. My life my choice.

बुबा सबैलाई एकै समान त लाग्दैन । कसैलाई आफ्नो बुबा साथी समान लाग्छ,कसैलाई गुरु, कसैलाई दुनियाकै पराक्रमी लाग्छ, कसैलाई मेरो जीवनको हिरो नै उही । तर कसैको बुबासँग भावनात्मक सम्बन्ध नजोडिन पनि सक्छ । कसैलाई तितो निम जस्तो लाग्छ तर भुल्नु हुँदैन त्यहि तीतोले औषधिको काम गर्छ । कसैलाई चर्को घाम जस्तो लाग्छ तर घाम,सुर्य बिना परिवारमा अँध्यारो छाउँछ , परिवार निम्सरो बन्छ ।

बुबाको भूमिका परिवारमा जस्तै भएपनि परिवारका लागि आफ्नो जीवनको सबैभन्दा उर्बर र रोमाञ्चित जीवन र जवानीलाई तिलान्जली दिन्छन । एक एक कष्ट झेलेर दुइ,चार पैसा जोडेर जसले परिवार पाल्यो,जसको बल ले उसको परिवारले हजार हजार कमाउँन थाल्यो । त्यहि बुबा त्यहि परिवारको लागि बोझ बन्न थाल्छन । बुबाका लागि उपयुक्त भनाई “आज म छु मेरो कदर छैन ,भोलि कदर त हुनेछ तर म हुने छैन “।

अहिलेको यथार्थ घटना :एउटा युबकलाई बुबा आमाले कडा परिश्रम गरेर पढाए,लेखाए । जागिर खोज्नु पर्यो,गतिलो जागीर भेटिदैन । भेटेको जागीर सँग योग्यता मिल्दैन । उ घरमा बस्थ्यो,बुबा आमालाई सहयोग गर्थ्यो,मेलापात जान्थ्यो । मान्छेहरुले भन्न थाले “के बिजोग देखाउँछस ,कुनै राम्रो जागीर खोज,बाउ आमाले झैं मेलापात नै गर्ने हो भने पढेको किन ? कुरा ठिक हो । बजार गयो । अनेक हण्डर ठक्कर खायो । सानो तिनो जागीर गर्दै थियो । कुनै युवती सँग जुरेको रहेछ,प्रेम बस्यो ,विबाह भयो। केहि समयमा बच्चा पनि भयो,खर्च पनि बढ्दै गयो । जे जति कमाउँथ्यो बचाउन त त्यस्तै हो मुस्किलले खर्च चल्ने गरेको थियो । बाउ-आमाले भलै माग्दैनथे तर आश त हुन्छ नि । अब त छोराले कमाएर अलि अलि दिने बेला पनि हो जरुरी पनि छ, बुझेको पनि होला ।

तर श्रीमती हिजो दु:खसुख संगै गरौंला ढिँडो रोटी खाउँला सँगै बस्ने हो भन्थी । अब साँझ बिहान कचकच सुरु भयो । न राम्रो लाउन पाएकी छु,न मिठो खान पाएकी छु । मेरो त छोड बच्चाको के…? गतिलो काम नखोजेको होइन, कमाउने रहर नभएको होइन अफिस अफिस नचाहरेको होइन । त्यो दबाब कचकच अनि कमाएर श्रीमती छोराछोरी बाबाआमालाई हेर्न नसकेको आत्मग्लानीले चिन्ता पीडा थपिँदै गयो रक्सी पिउन मन लाग्ने,चुरोट पिउन मन लाग्ने । फेरि श्रीमतीले भनिन् “बाबाआमालाई भन “पैसा खोजिदिनु भनेर । विदेश जानु अब । गयो र बाआमालाई सुनायो कुरा । जेनतेन बाबाआमाले पैसाको जोगडा गरे । दलाल म्यानपावर हुँदै खाडीमा ५०-५५ डिग्रीको घाममा कोही १० लाख कमाउने पनि छन् कोही १० हजार कमाउन नसक्ने पनि छन् खैर यसमा नजाउँ……

व्यक्तिको पीडा सहनेलाई थाहा हुन्छ भन्नेलाई होइन । अथवा राम्रै कमाउनेहरूले खै यस्तो त हुँदैन पनि भन्लान् तर १०-१५ हजार कमाउनेले दुःखलाई व्यक्त गर्न पनि सक्दैनन् । खैर उसले जे जति कमाउँथ्यो श्रीमतीलाई पठाउनुपर्थ्यो किनकि आवश्यकता र समस्याहरु कति हुन् कति । पीडा केवल बाउआमालाई सुनाउँथ्यो बिचरा के भनुन् बुबाआमा पनि आइज बाबु फर्केर “संसारी माया विचित्र” । सामान्य मान्छेका रहरहरू त्यसै दिनदेखि ओईलिन थाल्छन् जब सन्तानको आगमन हुन्छ । घरमा कुरा गर्थ्यो बच्चा पटक्कै बोल्न नचाहने । जतिजति ठूला हुँदै गए उति उति टाढिँदै गए । बाबा सन्चै हुनुहुन्छ..? खाना खानुभयो…? भनेर सुन्नका लागि कान टाठिएर बस्थे । मुस्किलले आज म्यासेज गरे भने अर्को हप्ता १५ दिनमा गर्ने गर्थे । मलाई यो चाहियो त्यो चाहियो भनेर आमालाई भन्थे । आमाले यता भन्छिन् “सुन्नुभयो छोराले के भनेको छ…? छोरीले के भनेकी छ…?

यी चिज नकिनीदिनाले …..ऊ रिसाएर गयो। खाने खाएको छैन अहिलेसम्म आएको छैन । यस्तो चिन्ता बिचरा उही परदेशीलाई । दुई तीन वर्षमा एक महिनाका लागि छुट्टीमा गयो नजिक पर्ने होइनन् । केही भनिहाल्यो भने झडङ्ग गर्ने अनि श्रीमतीको रुखो बोली एक महिना बस्नेले किन यस्तो भन्नु पर्यो किन नराम्रो गर्नुपर्यो….? ठिकै हो भन्यो छोड्यो । २३, २४ वर्ष खाडीमा काम गर्यो एकदिन दुर्घटनामा पर्यो । दाहिने गोडा भाँचियो । कम्पनीले उसलाई पठाइदियो । आफ्ना बाउआमाको त्यो रोदन थियो,” यो बुढेसकालमा छोराको यस्तो अवस्था देख्नुपर्यो”। छोराछोरी र श्रीमतीको त्यो पीडा थियो “अब यस्तो मान्छेलाई झेल्नु पर्यो”।

बचपनामा साथमा रहनका लागि त गरिबीले दिएन । हो केवल बिरुवा रोपेर हुँदैन त्यसलाई जतनका साथ हुर्काउन बढाउनका लागि भनेरै त विदेशिनु पर्यो । आफूले दुःख गर्छ ताकि सन्तानले दुःख नपाउन । कुनै पनि पिताले आफू हारेको कुरा बताउँदैनन् । आफु असफल भएको कुरा बताउँदैनन् केवल पखेटा हाल्न होइन उड्न सिकाउँछन् । भावनामा बग्न होइन,मायामा बग्न होइन रुन र कराउन होइन चट्टान बन्न सिकाउँछन् । आफूले स्कुल देखी नै छोराछोरीलाई डाक्टर र इन्जिनियर बनाउने चाहना राख्छ । सन्तानको एउटा जितको कत्रो उत्सव बनाउँछ । उनीहरुको हारमा आफ्नै कमजोरी ठान्छ । प्रदेशमा एउटै कोठामा नौ दश जना, सबैसँग भाषा मिल्दैन मन मिल्दैन ।त्यो कोठामा कहिले उज्यालो हुँदैन कोही ड्युटी गएको हुन्छ कोही सुतिरहेको हुन्छ । बत्ती बाल्न पाइँदैन घरमा कुरा गर्न कोठा बाहिर जानुपर्छ । कम्पनीले दिने खाना खानका लागि एउटा निश्चित समयमा लाइन लाग्नुपर्छ । ६/ ७ सय जनालाई बनाएको खानामा आफ्नो स्वाद र टेस्ट भेटिँदैन । बेलुका प्लास्टिकमा पोको पार्यो राख्यो भोलिपल्ट १२/ १ बजे काम गर्ने साइटमा कुनै शीतल ठाउँ खोजेर खाना खायो त्यही प्लास्टिकलाई थाल बनाएर । कस्तो काम, कस्तो पीडा यो चर्चा नगरौँ । यस्तो पीडा भोग्नेलाई थाहा हुन्छ केवल भन्नेलाई र सुन्नेलाई होइन ।

फोन गर्यो बोल्न त त्यसै चाहने होइनन् तैपनि सोध्ने गर्थ्यो छोरा कता छ….?श्रीमतीको जवाफ हुन्थ्यो “खै होला कतै”। छोरी कता छ…? साथीकोमा छ । यस्तो समय आयो, हात हातमा मोबाइल दिनुपर्ने भयो । उनीहरू आआफ्नै मोबाइलमा व्यस्त छन् छोराछोरीसँग सिधै कुरा हुँदैन । आमा मार्फत नै हो । एक दुई पटक उनीहरुलाई फोन गरेर के सम्झाएको थियो त्यसपछि फोन उठाउनै छोडिदिए । भन्छन् मोबाइल चलाउन छोडिदिएँ । घरमा आउँदा मोबाइलमा हराएका हुन्छन् फेरी । जब छुट्टीमा घरमा आयो थाहा पायो छोराछोरी गलत बाटोमा हिँडेका छन् अब सम्झाउनुपर्यो । त्यसपछि भन्न थाल्छन् My life, my choice. म ठूलो भइसकें । मलाई थाहा छ के राम्रो के नराम्रो….जो हाम्रो बचपनमा साथमा थिएन जरुरतमा थिएन आज हामीलाई पनि जरुरी छैन ।

बाउले कचकच गर्छ किनकि कमजोर नबनुन् । हप्काउँछ दप्काउँछ ताकि perfect बनुन् । कोहीभन्दा कम नहुन् । सबभन्दा अगाडि बढुन् बुबाले कसरी बाँच्ने भन्ने मात्र होइन कसरी बाँच्ने आफै बाँचेर देखाउँछन् । एउटा बुबा सय वटा शिक्षक भन्दा पनि बढी हुन्छन् । बुबाको माया त तब बुझिने रहेछ , या त आफै बुबा होइन्छ या त बुबा नै हुनुहुन्न । त्यही समयमा एउटा छोराले आफ्नो बुवालाई “मेरो बुबा सही हुनुहुँदो रहेछ भनेर बुझ्छ रे जुन समयमा उसको आफ्नै छोराले उसलाई गलत बुझिरहेको हुन्छ “।

यी सबै घटना परिघटनाहरू हुने गर्छन् संस्कारले । यदि साधन दिन्छु भन्दा संस्कार दिन सकिएन,मायाका साथ निगरानी र आचरण सिकाउन सकिएन भने न आफू कहिल्यै सन्तुष्ट रहन सकिन्छ न उनको जीवन र भविष्य सुन्दर बन्छ । बच्चालाई माया मात्र होइन आचरण पनि सिकाउँ । कतै नभनुन् भोलि गएर my life my choice…….।

श्रीराम रानाभाट
पोखरा -२६

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved