सुनसरी। रोजगारीको शिलशिलामा वि.सं. २०६८ सालमा मलेसिया पुगेका सुनसरी जिल्लाको बाराहक्षेत्र नगरपालिका–९ निवासी रामकुमार लिम्बू विगत पाँच वर्षदेखि सम्पर्कविहीन भएका छन्।
परिवारका अनुसार रामकुमारले मलेसिया पुगेको केही वर्षसम्म घरमा नियमित रूपमा फोन तथा अन्य माध्यमबाट सम्पर्क गरिरहन्थे। तर वि.सं. २०७७ सालदेखि अहिलेसम्म उहाँको कुनै खबर आएको छैन। त्यसयता उहाँ परिवार, आफन्त, वा साथीभाइ कसैसँग पनि सम्पर्कमा नरहेको जनाइएको छ।
रामकुमारका पिता श्याम बहादुर लिम्बूले मलेसियास्थित नेपाली राजदूतावासमा निवेदन दिँदै छोराको खोजी कार्यमा सहयोग गर्न आग्रह गर्नुभएको छ। लामो समयदेखि छोराको अवस्था थाहा नपाउँदा परिवारजन चिन्तित र मानसिक तनावमा रहेको बताइएको छ।
कसैसँग कुनै जानकारी भए तुरुन्त सम्पर्क गर्न आग्रह
रामकुमार लिम्बूको अवस्थाबारे जानकारी राख्ने व्यक्ति, संस्था वा सम्पर्कमा पुग्नुभएका जो कोहीले निम्न फोन नम्बरहरूमा तत्काल सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ:
📞 ९८१८२०८७५७
📞 ९८१५३२९४७७
