Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पर्साका‌ एसपी‌ गौतम मिश्र कार्य सम्पादनमा सर्वोत्कृष्ट

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 29, 2025
[webverse_shares]

पर्सा। पर्सा जिल्लामा मिश्र हाजिर भएपश्चात नै भन्सार, चोरी तस्करी नियन्त्रण, फरार प्रतिवादी पक्राउ, मानव बेचबिखन तथा ओसारपसार जस्ता बिषयमा अभियान नै सञ्चालन गरेर कार्य क्षेत्रमा होमिएका जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र सर्वोत्कृष्ट हुन सफल भएका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरद्वारा आयोजित कार्य सम्पादन सम्झौता कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमा प्रसाद चतुर्वेदीले जानकारी दिए ।

४० बुँदामा केन्द्रित रहेर गरिएको कार्य सम्पादनहरूको बिषयलाई आधार बनाएर गरिएको मूल्याकंनमा पर्सा प्रहरी ९०.१९ अंकका साथ प्रथम हुन सफल भएको हो।

पर्सामा एसपी मिश्रले आफ्नो नेतृत्वमा करिब ६० करोड बराबरको चोरी तस्करी, भन्सार छली पैठारी गरी भित्राएका मालवस्तुहरू पक्राउ गरी आवश्यक कारवाहीको लागि राजस्व तथा भन्सार कार्यालयमा पठाएका थिए ।

साथै विभिन्न मितिमा अदालतबाट भएका फैसलाहरू फरार प्रतिवादीहरू १ हजार ५११ जनालाई पक्राउ गरी फैसला कार्यन्वयनतर्फ ७३ वर्ष २ महिना कैद तथा ३ करोड ५५ लाख १२ हजार ९५६ रुपैयाँ जरिवाना समेत असुल उपर गराएका थिए ।

पर्सा प्रहरीले लागूऔषध बिक्री वितरण तथा कारोबारीतर्फ एकै पटक ठुलो परिमाण ३१९ केजी चरेससहित ट्रक, अभियुक्त पक्राउ गर्न सफल भएका थियो । एसपी मिश्रको कार्यकालमा ६२४ केजी चरेस, १ हजार ५६१ केजी गाँजा, १ केजी ५९० ग्राम अफिम लगायत विभिन्न लागुऔषध साथै संलग्न १५३ जना कारोवारीहरू पक्राउ परेका थिए ।

मानव बेचबिखनविरुद्ध कडा रूपमा प्रस्तुत भएको जिल्ला प्रहरी कार्यालयले अभियान सञ्चालन गरी १२ वटा मुद्दा दर्ता गरी १३ जना अभियुक्तहरू पक्राउ गरी कारवाही गरेको जनाइएको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved