Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपालका अधिकांश स्थानमा वर्षा गराइरहेको मौसमविदले बताएका छन्

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 28, 2025
[webverse_shares]

काठमाडौं । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले नेपालका अधिकांश स्थानमा वर्षा गराइरहेको मौसमविदले बताएका छन् । पछिल्लो १२ घण्टामा कोशीदेखि सुदूरपश्चिमसम्मै वर्षा भएको छ । तुलनात्मक रुपमा मधेश र सुदूरपश्चिम प्रदेशमा भने कम वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । तर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुले वर्षा गराइरहेको छ । पछिल्लो १२ घण्टामा मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका धेरै स्थानमा पानी परिरहेको छ ।सुक्खा र खडेरीको मारमा परिरहेको मधेश प्रदेशका जिल्लामा अझै पनि पर्याप्त पानी परेको छैन । जल तथा मौसम विज्ञान विभागको विवरण अनुसार पछिल्लो १२ घण्टामा सप्तरी जिल्लाको रुपनी वर्षा मापन केन्द्रमा मध्यम वर्षा मापन भएको छ । सिरहामा, सर्लाही, बारा र रौतहट जिल्लामा भने हल्का मात्र वर्षा भएको छ ।

आगामी दिनमा मधेश प्रदेशमा वर्षाको मात्रा बढेर मध्यमसम्म पुग्नसक्ने पूर्वानुमान छ । तर धान रोप्नका लागि पनि त्यो पर्याप्त नहुने अनुमान छ

गत १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको नुर्पु गाउँमा भएको छ । त्यहाँ १२३.४ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आइतबार रातिदेखि काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा पनि लगातार पानी परिरहेको छ । नुवाकोटको पानसय खोला वर्षा मापन केन्द्रमा ८५.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

काठमाडौंको पानीपोखरीमा ६५ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी कपनमा ३६, सुन्दरीजलमा ३०, चन्द्रागिरिमा २३, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २२ र बबरमहलमा १९.६ मिलिमिटर वर्षा मापन भएको छ ।

भक्तपुरमा १८ मिलिमिटर वर्षा भएको छ । ललितपुरको टिकाथलीमा १८, खुमलटारमा १६.४, लेलेमा १३.८ र गोदावरीमा १३.४ मिलिमिटर वर्षा भएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved