Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आर्थिक अभावमा उपचार गर्न समस्या, दलित महिला कुटपिट गर्ने विरुद्ध जाहेरी दर्ता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 20, 2021
2K

तारा लामगादे, धरान। मानसिक सन्तुलन नै बिग्रनेगरी कुटाई खाएकी दलित महिलाको पक्षमा बोलिदिने मान्छे नहुँदा घुपचुपमै रहेको घटना १ महिना पछि बल्ल सार्वजनिक भएको छ ।
गत असार १ गते मोरङको कानेपोखरी गाउँपालिका– ५ चिसाङ बस्तिकी २५ वर्षीया शोभा दर्जीलाई छिमेकी चन्द्रमाया (विन्दा) मगर, बविता मगर, पुष्पा मगर र नियरमाया मगरले घरमा बोलाई ‘तँ दमिनी तामाङसँग विहे गरेपछि निकै ठूली भइस् कि के हो ? हाम्रो मोबाइलको सिम किन चोरिस् तँ चोर्नी, सानो जात भएर आफ्नो औकात देखाइस्, अब तँ दमिनी उम्कने पाउने छैनस्’ भन्दै कुटपिट र लछारपछारी गरी मरि भन्दै खोलामा फ्याकेका थिए ।

गरिब तथा विपन्न दलित समुदायकी शोभा (डुक्का) लाई कथित सानो जात भएकै कारण त्यसअघि पनि पटक पटक जातीय गालिगलौज गर्दै आएको शोभाका बुबा हर्क बहादुर दर्जीले बताए । उक्त दिन शोभालाई मरणासन्न हुनेगरी कुटपिट गरेर खोलामा फालिदिएको खबर गाउँलेबाट थाह पाएपछि शोभाको उद्दार गरेर मेडिकलसम्म पु¥याएका थिए । स्थानीय मेडिकलमा उपचार सम्भव नभएपछि कानेपोखरी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष चरण गुरुङको रोहवरमा १५ हजार उपचार खर्च समेत दिई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शोभालाई ल्याइएको थियो ।

२ महिनाको गर्भवती समेत रहेकी शोभालाई मगर परिवारले टाउको सहित शरीरका विभिन्न भागमा कुटपिट गरेका कारण मानसिक सन्तुलन गुमाएकी छन् । प्रतिष्ठानको मानसिक कक्षमा डोरीले बाँधेर उपचार गरिरहेको अवस्था देखिएपछि घटना सार्वजनिक भएको हो । त्यस अवस्थासम्म स्थानीय, प्रहरी प्रशासन र जनप्रतिनिधिले पीडितलाई न्याय दिलाउनु भन्दा गुपचुपमै घटना मिलाई सकेका थिए । दलित समुदायकी विपन्न महिला शोभालाई उनीहरुले मरेपनि केहि फरक नपर्नेगरी काम गरेको देखिन्छ ।

जेठ २ गते घटनाको सुइको पाएपछि स्थानीय दलित अधिकारकर्मी दुर्गा नेपालीले शोभाको न्यायका लागि अपिल गरेकी थिइन् । त्यसपछि अधिकारकर्मी शान्ति गजमेरसहित हुकमसिंह नेपाली, गोपाल लकान्द्री लगायतको सक्रियतामा कुटपिटमा सम्लग्नलाई तत्काल पक्राउ गरी शोभा दर्जीलाई न्याय दिन माग गर्दै जाहेरी दिइएको छ ।
ज्यान मार्ने उद्देश्यले जातीय भेदभाव तथा छुवाछूत हुनेगरी गालिगलौज गर्दै मरणासन्न बनाई निर्घात कुटपिट भएकोले उचित न्यायका लागि इलाका प्रहरी कार्यालय पथरीमा पीडित पक्षले जेठ ३ गते उजुरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले पीडितका तर्फबाट जाहेरी बुझिलिएको र छानविन गरी दोषीलाई कार्बाही हुने बताएका छन् ।
यता मानसिक सन्तुलन गुमाएकी शोभा दर्जीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । आर्थिक अभावका कारण उनको स्वास्थ्य परीक्षण समेत हुन सकेको छैन ।

प्रतिष्ठानका शोभालाई डोरीले बाँधेर राखिएको छ भने उनको उपचारमा सम्लग्न चिकित्सकहरुले सिटिस्क्यान, भिडियो एक्सरे लगायतका रिपोर्ट हेरेपछि मात्र थप उपचार हुने भन्दै त्यसका लागि बिरामीका आफन्त तयार हुनुपर्ने बताए । १५ दिन अघिदेखि अस्पतालमा बिजोग अवस्थामा रहेकी शोभा । पीडित शोभाकी आमाले भनिन्, ‘हाम्रो लागि बोलिदिने र सहयोग गर्ने मान्छे छैनन् , अस्पतालमा एक्लै छोरीलाई रुगेर बसेकी छु । न पैसा छ, न कसैको साथ ।’ उनले भनिन्, ‘उपचार पाए छोरीलाई बचाउन सकिन्छ नत्र बौलाएरै मर्नेभई, घरीघरी झगडा गरेजस्तै चिच्याउँछे, उसलाई कुटपिट गर्नेहरुसँग बाझेजस्तो गर्छे । बिजोग भयो । न्याय पाइएन । सहयोग आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved