Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

वैदेशिक रोजगारी छोडेर तरकारी खेतीमा होमिएका सूर्य कुँवर

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 20, 2021
474 shares

कृष्ण पाेखरेल,तानसेन : पाल्पा रिब्दीकोट गाउँपालिका वडा नं ७ बतासे डबका युवा पछिल्लो समयमा वैदेशिक रोजगारी छोडेर कृषि पेसामा होमिएका छन। पाँच वर्ष अघिसम्म निर्वाहमुखी कृषि पेसा गर्दै आएका डबका किसानहरू गाउँलाई तरकारीमय बनाएका छन्। यहाँका किसानहरूलाई निषेधाज्ञाले कुनै प्रभाव पारेको छैन।

निषेधाज्ञाको समयमा अधिकाश व्यक्तिहरू कोरोना संक्रमणको जोखिमको कारण घरमै दिन बिताए पनि पाल्पा डबकाका किसानहरूको दैनिकी खेतबारीमै बित्ने गरेको छ।

यहाँका ३५ घर परिवार एकजुट भएर व्यावसायिक खेती गर्दै आएका छन्। किसानहरूले बेमौसमी काँक्रा, करेला, सिमी, बन्दालगायतका तरकारी उत्पादनबाट राम्रो आम्दानी गर्दै आएका छन्। अधिकांश वैदेशिक रोजगारी छोडेर व्यावसायिक कृषिमा लागेका छन्। गाउँमा प्रशस्त सिँचाइको सुविधा भएकोले पाल्पा डबकाका किसानहरू मकै,गहुँ जस्ता खेतीबाली छोडेर तरकारी खेतीमा होमिएका हुन्।

चार वर्ष अघिसम्म सबैले घर खर्चको लागि मात्र तरकारी खेती गर्दै आएकोमा ३५ घर परिवार अहिले व्यावसायिक तरकारी खेतीमा जुटेका हुन्।

‘परिवारसँग बसेका छौ, बेलामौकामा साथीभाइ जुटेर रमाइलो गर्दछौं, गाउँ परिवारका सबै मिलेर तरकारी खेतीमा जुटेका छौ, किसान सूर्य कुँवरले भने। उनी कतारको रोजगारी छोडी गाउँमै कृषि पेसामा रमाएका छन्।

निषेधाज्ञाको समयमा किसानको उत्पादित तरकारी खेतबारीमा पुगेर व्यापारीहरूले किन्ने गरेका छन्। किसानहरूले खेतबारीबाटै थोक मूल्यमै भक्तपुरे लोकल काँक्रा ५० रुपैयाँ किलो, सिमी ६० रुपैयाँ किलोमा बिक्री गर्छन्। सिजनमा ५० देखि ७० क्विन्टल उत्पादन हुने भएकोले बुटवल क्षेत्रका व्यापारीहरू किसानको खेतबारीमा पुग्छन्। किसानले एक महिनाको अवधिका ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको काँक्रो बिक्री गरिसकेका छन्। अफ सिजनका तरकारीजन्य उत्पादनबाट राम्रो आम्दानी भएपछि पाल्पा डबकाका किसानहरू तरकारी खेतीमा उत्साहित भएको कुँवरले बताए।

युवाहरू कृषि पेसाप्रति उत्साहित भएपछि स्थानीय सरकारदेखि प्रदेश सरकारले बिउबिजन, मल प्राविधिक सहयोग र अनुदानको व्यवस्था गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved