Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गरिबीको  परिस्थितिबाट आत्मनिर्भरता सम्म: सर्मिलाको आँसु, संघर्ष र जितको जीवनकथा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 26, 2025
29

दाङको एउटा त्यस्ताे गाउँ। बिहानको कुहिरो, हावासँगै उड्ने धुलो र सानो छाप्रो। त्यही घरमा जन्मेकी थिइन् सर्मिला श्रेष्ठ (काल्पनिक नाम)। पाँच वर्षकै उमेरमा आमाले सधैंका लागि संसारबाट बिदा लिइदिँदा उनको जीवनको रंग हरायो। बुबा मजदुरी गरेर जसोतसो दुई छोरीलाई हुर्काइरहेका थिए, तर याे परिवारलाइ पेटभरि खानु नै उत्सव मनाउनु जस्तै थियाे।

सर्मिलाको बाल्यकाल खेलौनाभन्दा बढी बोरा बोक्ने, खेतमा धान काट्ने र गाउँका धनाढ्य मानिसको घरमा भाँडा माझेर दिनहरु बित्थ्याे। विद्यालय जानु भन्ने कुरा सर्मिलालाई माैका कुर्नु हुने थियो।

सर्मिला सम्झिन्छिन्: “बचपन भनेकै काम थियो। कहिलेकाहीँ खेल्दै गर्दा बुबाको स्वर सुनिन्थ्यो—‘छोरी, पानी बोक है। भोलि भात खान पर्ला।’ त्यसबेला खेलौना होइन, भोक मुख्य कुरा हाे।”

१२ वर्ष पुग्दा पढाइ छोड्नु पर्ने बाध्यता आयो। आमा नभएपछि घरको काम, बुबाको स्वास्थ्य बिग्रँदै गएपछि खेत मजदुरी। गाउँलेहरू भन्थे: “सर्मिला त कामको मान्छे हो, सानी भए पनि ठूली जस्तो।” १५ वर्षको सानै उमेर गाउँकै एक चिनजानका दाइ काठमाडौं जाने कुरा लिएर सर्मिलाकाे घरमा आए।

“सहरमा काम सजिलो हुन्छ। पैसा कमाइन्छ। जीवन बदलिन्छ।”

त्यो वाक्य सर्मिलाको कानमा घुस्याे।  अभावले थिचिएको जीवनले उनलाई साहस गरायो। उनी भन्थिन्:

“गाउँमा बस्दा म भोकै मर्छु। कम्तिमा सहर गएर प्रयास त गर्छु।”

गाउँ छोड्ने निर्णय सजिलो थिएन। तर भोक र भविष्यको डरले उनलाई सहर पस्ने बाटोमा धकेल्यो अन्तत उनि गाउँको दाईकाे साथलागेर सहर लागिन्।

राजधानी आइपुगेको पहिलो रात सर्मिलाकाे बास खुला छतमा चिसोले काँप्दै बित्याे। त्यतिबेला उनले महसुस गरिन्—सहरको सपना त गाउँकाे भन्दा असहज रहेछ ।

सहरमा सर्मिलाले होटलमा भाँडा माझ्ने काम पाईन्। बिहान ५ बजे उठ्ने, राति ११ बजे सुत्ने। महिनाको तलब—३५०० रुपैयाँ थियाे। त्यो पैसाले काेठाकाे भाडा बुझाउनु र  खानकाे लागि मात्र पुग्थ्यो।

सर्मिला भन्छिन्: “सहर आएपछि मैले बुझें—गरिबलाई यहाँ पनि बाँच्न सजिलो रहेनछ। कहिलेकाहीँ भोक लाग्दा रुन्थेँ। आँसु पुछेर भोलिपल्ट फेरि काम गर्न जान्थेँ।”

भाँडा माझ्ने काममा असहज भएपछि सजिलाे जागिर खाेज्ने क्रममा कपडा पसलमा काम मिल्याे। यहाँ काम गर्दा साहुनीको गाली, ग्राहकको घमण्ड, र जीवनसँगको संघर्ष—त्यही उनको राजधानीकाे कथा थियो। १८ वर्ष पुग्दा उनले आफ्नो जीवनमा ठूलो निर्णय गरिन्।

“अरूको भरमा होइन, आफ्नै बलमा बाँच्नुपर्छ।”

गाउँबाट थोरै ऋण लिएर राजधानिकाे केन्द्रमा रहेकाे त्रिपुरेश्वरको गल्लीमा सानो कपडाको स्टल सुरु गरिन्। पहिलो महिनामा घाटा। साहुहरूले भने: “के गर्ला र? बच्चा छे, पसल चल्दैन।” तर सर्मिलाले हार मानिनन्। बिहान ६ बजे देखि राति १० बजेसम्म पसलमा बस्थिन।

“ग्राहकले कपडा नकिन्दा पनि मुस्काउँन छोडिनँ। मैले बुझें—विश्वास बनाउने हो भने धैर्य चाहिन्छ।”

३ वर्षपछि उनको पसललाई मान्यता मिल्यो। अहिले उनीसँग आफ्नै सानो दाेकान छ र दुई महिलालाई रोजगारी दिएकी छिन्।

नेपालमा सर्मिलाजस्ता महिलाको कथा दुर्लभ होइन। राष्ट्रिय तथ्यांक अनुसार नेपालकाे ग्रामीण क्षेत्रमा ३८% महिला १६ वर्ष नपुग्दै पढाइ छोड्छन्। २५% भन्दा बढी महिलाहरू बाल्यावस्थामै श्रममा बाध्य हुन्छन्। महिला उद्यमीमध्ये ६०% ले आर्थिक सहयोग पाउन संघर्ष गर्छन्। सर्मिलाको संघर्ष यी तथ्यांकको जीवित उदाहरण हो। सर्मिला अहिले पनि सामान्य महिला हुन्। तर उनको कथा असामान्य छ।

“कठिनाइ आए पनि हार मान्ने होइन। म चाहन्छु, मेरो गाउँका छोरीहरूले मेरो जस्तो पीडा नभोगून्।”

अहिले सर्मिलाले आफ्नै गाउँ फर्केर महिला सीप तालिम केन्द्र खोल्ने योजना बनाइरहेकी छिन् र सायद उनी केही महिना पछिनै याे काममा सकृय हुने छिन्।

सर्मिलाको कथा केवल व्यक्तिगत संघर्ष होइन। यो नेपालका हजारौं महिलाको आवाज हो। गरिबी, अभाव र आँसुबीच पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने प्रमाण हो र त सर्मिला भन्छिन्।

“जीवनलाई जित्न चाहियो भने साहस र निरन्तरता मात्र चाहिन्छ। मैले यो आफ्नो जीवनबाट सिकेँ।” – सर्मिला। 

: तस्वीर AI बाट साभार गरिएकाे हाे भने कथाकाे परिकल्पनाकार  दिपेश श्रेष्ठ हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved