बारा। धर्म प्रचारकाे झुठाे मुद्द खेपिरहेका बाराकाे काेल्हवि नगरपालिका-५ का बिजेन्द्र मुखिया सहित चार जनाले सफाई पाएका छन्।
२९ फागुन २०८० मा धर्म प्रचारकाे आराेपमा पक्राउ परेका काेल्हविका बिजेन्द्र मुखिया सहित ४ जनाले सफाई पाएका हुन्। सफाई पाउनेमा मुखिया सहित बेसिशहर ५ लमजुङ घर भई ललितपुर २५ बस्ने आदेश गुरुङ, नमाेबुद्ध नगरपालिका ६ काभ्रे घर भई महालक्ष्मी नगरपालिका ललितपुर बस्ने फुर्वा लामा, धर्मदेवी नगरपालिका संखुवासभा घर भई ललितपुर महानगरपालिका बस्ने शिवन राइ रहेका छन्।
निज चारै जनालाई २०८०फागुन २९ गत्ते काेल्हवि ५ का स्थायी बासिन्दा सुरेश बिक्रम थापाले धर्म प्रचार गरेकाे भनी प्रहरीमा उजुरी दिए पश्चात् पक्राउ गरिएकाे थियाे।
पक्राउ पर्दा ती ४ जना नेपाली सहित थप ७ जना अष्ट्रेलियन नागरिकहरु समेत थिए तर, ती बिदेशी नागरिकहरुलाई भने काठमाडौं स्थित अष्ट्रेलियन दुतावास मार्फत स्वदेश पठाईएकाे थियाे।
उक्त बिजेन्द्र मुखिया सहितकाे चार जना नेपालिहरुलाई छुटाउन राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका मधेश प्रदेश प्रमुख समेत तत्कालिन उपाध्यक्ष प्रदिप मरवेताकाे साथमा राजधानि बाट कानुनविद्हरु समेत बारा जिल्ला पुगेकाे थियाे भने महासंघले राजधानिकाे अनामनगरस्थित संवाद डबलीमा एक पत्रकार सम्मेलन गरेर सरकारलाइ यस्ता गतिविधि नगर्न भनेकाे थियाे।
धर्म प्रचारकाे झुठाे मुद्दामा पक्राउ परेका चारजना रिहा https://suchanachautari.com/27425/
