Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

“संघर्षमा जेल जीवन” र “शक्ति प्राप्तिको सीँढी” अब प्रधानमन्त्री बन्ने पालाे गगन थापाकाे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 22, 2025
0

दिपेश श्रेष्ठ।  नेपालको राजनीतिक इतिहासमा धेरै नेताहरूले व्यवस्था परिवर्तनका संघर्षका क्रममा लामो समयसम्म जेल जीवन व्यतीत गरेका छन् । यिनीहरूमध्ये धेरैले पछि देशको नेतृत्व (प्रधानमन्त्री) समेत सम्हालेका छन् । हाे आजकाे याे भिडियाेमा २०१७ साल पछि नेपालमा प्रधानमन्त्री सम्हालेका त्यस्ता नेताहरुकाे बिषयमा चर्चा गर्ने छु।

बिपी कोइराला :
जसले नेपालमा राणा शासनकाे अन्त्यका लागि करिब ८ वर्ष जेल सजाय भाेगेका थिए विशेषगरी २०१७ पछि २०२० सालसम्म भारत र नेपालमा गरी बिपि जेल बसेका थिए।

जब देशमा परिवर्नतकाे शंखघाेषले सार्थकता पायाे तब बिपि नेपालका लागि २०१५ सालमा जननिर्वाचित हुँदै नेपालकाे पहिलाे जननिर्वाचित प्रधानमन्त्री बनेका थिए। भने, संसदीय लोकतन्त्रको सुरुवात, नेपाली कांग्रेसका संस्थापककाे रुपमा उनकाे नेपाल प्रतियाे याेगदानलाई अहिलेपनि कदर गरिन्छ।

मनमोहन अधिकारी :
उनलाई पनि राणा शासनको विरोधमा २००७ सालको आन्दोलनमा करिब १० वर्षमा राणाहरुले जेल काेचेका थिए। सर्वजनिक हितमा लोकप्रिय कार्यक्रम “जग्गा तीर्जो योजना”, श्रमिक हितको पक्षधर भएकै कारण जनतालाई जागरुक बनायाे भनेर राणाहरुले यिनलाई जेल राखेका थिए तर, जब देशबाट राणा शासनकाे अन्य भयाे तब उनकाे त्यागलाई मुल्यांकन गर्दै २०५१सालमा पहिलाे कम्युनिस्टको रुपमा नेपालकाे प्रधानमन्त्री बन्ने अवसर पाएका थिए।

कृष्ण प्रसाद भट्टराई :
संवैधानिक राजतन्त्र र बहुदलीय प्रणालीको पुनःस्थापनाका लागि आन्दाेलनमा हाेमिएका कृष्ण प्रसाद पनि करिब ७ वर्ष जेल जीवन बिताएरै निस्किएका अर्का काँग्रेसि थिए।

यसर्थ यिनलाई पनि २०४६ सालकाे अन्तरिम सरकार प्रमुखकाे रुपमा देशकाे प्रधानमन्त्री हुने अवसर मिल्याे। याे मात्र नभई दोस्रो कार्यकाल २०५६ सालमा समेत उनले देशकाे प्रधानमन्त्री हुने माैका पाएका थिए।

अर्का कम्युनिस्ट नेता हुन् पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाे अरु नेता जस्ताे जेल नबसे पनि एकल पारिवारिक राजतन्त्रको अन्य र संघीय गणतन्त्रको स्थापनाकाे निमित्त सशस्त्र भूमिगत रहेर १० बर्ष संघर्ष गरे, प्रत्यक्ष जेल भने परेनन् तर निरन्तर पक्राउको डरमा भूमिगत जीवन जिए । अन्तत २०६२/०६३ काे जनआन्दोलनको जगमा भएकाे शान्ति संझाैता पछि २०६५ सालमा यिनले पनि नेपालकाे प्रधानमन्त्रीकाे जिम्मेवारी सम्हाले।

बिविध कारणले छाेटाे समयमै प्रधानमन्त्री पदबाट राजिनामा दिए प्रचण्ड पुन : २०७२ साल र २०७९ मा समेत त्याे प्रधानमन्त्रीकाे कुर्सिमा आसिन भएका हुन्।

यसै जनयुद्धमा प्रचण्ड सँगै १० बर्ष भुमिगत जीवन यापन गरेकाे अर्का नेता डा. बाबुराम भट्टराई पनि हुन् जाे राजतन्त्रकाे अन्त्य र गणतन्त्रको स्थापनार्थ पटक पटक पक्राउ पर्दै छुटेका थिए। फलस्वरुप प्रधानमन्त्रीकाे स्वाद यिनले पनि २०६८ सालमा चाख्न भ्याए। उनी योजना आयोगको उपाध्यक्ष, बौद्धिक नेताको छवि बनाएका नेतामा गनिन्छन्।

खड्ग प्रसाद ओलि:

यस्तै पञ्चायति व्यवस्थाकाे बिराेध गरेका कारण पटक पटक गरि १४ बर्ष जेल जीवन बिताएका अर्का कम्युनिस्ट नेता हुन खड्ग प्रसाद ओलि के पि । माथि उल्लेख गरिएका प्रचण्ड र बाबुराम बाहेक तत्कालिन शासककाे प्रहरी प्रसाशनबाट जेल जीवन बिताउने कम्युनिस्ट नेता पछिका यिनै ओलि हुन् जसले २०७२ साल,२०७६ साल र २०८१ र हाल पनि देशकाे प्रधानमन्त्री बन्ने माैका पाईरहेका छन्।

यी त थिय जनताकाे अवस्था परिवर्नत गर्ने भनेर गरेकाे विभिन्न आन्दाेलन , क्रान्तिका क्रममा जेल जीवन बिउने र त्यसकै उपलभमा देशकाे प्रधानमन्त्री हुने नेताहरुकाे ईतिहास।

अब नयाँ युवा पुस्ताका युवा नेताहरु काे हाेलान् त व्यवस्था फेर्न र जनताकाे अवस्था फेर्नका निमित्त जेल जीवन बिताएका र युवा पुस्ताबाट देशकाे प्रधानमन्त्री हुने पालाे?

२०६२/०६३ काे जनआन्दाेलन ताका देशकाे व्यवस्था र जनताकाे अवस्था परिवर्तन गर्न सडकमा उुत्रिएका युवा नेता हुन नेपाली काग्रेसका युवा नेता गगन थापा । राजा ज्ञानेन्द्रको शासनकालमा जनआन्दोलन २ का बेला गिरफ्तार परेका गगन एक समय स्वास्थ्य मन्त्री सम्मकाे जिम्मेवारी सफलता पुर्वक निर्वाह गरिसकेका युवा नेता हुन।

स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेकाे समयमा स्वास्थ्य क्षेत्रमा केही नया परिवर्तन गरि युवामाझ लोकप्रियता कमाएका थापा प्रखर वक्ताका रुपमा फरक परिचय बनाएका काँग्रेसका युवा नेता हुन् ।

नेपालकाे राजनीति “संघर्षमा जेल जीवन” र “शक्ति प्राप्तिको सीढी” सँग जोडिएको छ। धेरै नेताहरूले सशस्त्र वा अहिंसात्मक आन्दोलनमा भाग लिएर जेल बसेका छन् र पछि देशको नेतृत्व गरेका छन्। आगामी दिनमा पनि यस्ता नेताहरू जस्तै : गगन थापा प्रधानमन्त्री बन्ने सम्भावना प्रबल देखिन्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved