काठमाडौँ। राजधानी काठमाडौँको मनोहरा खोला किनारमा रहेको सुकुम्बासी बस्तीलाई बाढीको जोखिमबाट जोगाउन योङ कम्युनिष्ट लीग नेपाल (वाईसीएल) ले अस्थायी तटबन्ध निर्माण गरेको छ।
वर्षायाममा खोला बढ्दा बस्ती डुबानमा पर्नु र जनधनको ठूलो क्षति हुन थालेपछि स्थानीयवासीको अनुरोधमा वाईसीएलले श्रमदानमार्फत करिब २०० मिटर लामो र पाँच फिट अग्लो तटबन्ध बनाएको हो।
‘श्रम तथा उत्पादन अभियान’ अन्तर्गत बागमती र विशेष प्रदेशको आयोजना तथा काठमाडौँ र भक्तपुर जिल्ला समितिको सहकार्यमा गरिएको श्रमदान कार्यक्रममा हजारौँ स्वयंसेवकहरूको सहभागिता रहेको वाईसीएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओलीले जानकारी दिनुभयो।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, केन्द्रीय सदस्य एवं वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’, प्रतिनिधिसभा सदस्य राजन दाहाल, केन्द्रीय सदस्यहरू दिलिप प्रजापति र डिपी ढकालसहित वाईसीएलका पदाधिकारीहरू र भक्तपुरका स्थानीय बासिन्दाको उपस्थिति थियो।
बिहान ६ बजे ५०० सय वाईसीएल नेपालका कार्यकर्ता हरू उपस्थित भयर सुरु भएको श्रमदान दिउँसो २ बजेसम्म सञ्चालन भएको थियो। सरकारी तवरबाट विकासबाट पछि पारिएका क्षेत्रमा वाईसीएलले श्रमदानमार्फत सहयोग गरिरहेको वाईसीएल नेपालका केन्द्रीय सचिव धिरज उपरकोटीले जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म देश भरी १,२०० भन्दा बढी स्थानमा श्रम तथा उत्पादन अभियान सञ्चालन भइसकेको छ। यो अभियान दुई महिने अभियान कार्यक्रम हो यो कार्यक्रम साउन १ गते पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष क.प्रचण्डले ललितपुर सुनाकोठी बाट बृक्षरोपण तथा सरसफाई कार्यक्रम गरेर उद्धाटन गर्नु भएको थियो ।
यो सँगै वाईसीएल नेपालले बिपत ब्यबस्थापन मा उद्धारको लागी पनी केन्द्रीय समितिले STFटिम बताएको छ । जहा बाढी पहिरो प्रकृति बिपत डुबान पर्छ । त्यहा वाईसीएल उपस्थित भयर उद्धारमा खटिएको छअहिले पनी वाईसिएल नेपालले उद्धार र राहतको पुर्व तयारी गरेको छ।
