Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ईसाई भएकै कारण मृतकलाई दफन गर्न नदिने घटना अमानवीय : नेपाल संघीय समाजवादी पार्टीको तीव्र आपत्ति

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 21, 2025
0 shares

दोलखा।  ईसाई धर्मावलम्बी भएकै कारण बैतेश्वर गाउँपालिका–८, दोलखा एक मृतकको शव सामुदायिक वनमा दफन गर्न नदिइ जबरजस्ती फर्काइएको घटना सार्वजनिक भएपछि नेपाल संघीय समाजवादी पार्टीले गहिरो दुख, आक्रोश र आपत्ति जनाएको छ।

पार्टीका केन्द्रीय अध्यक्ष मुहम्मद रिजवान अन्सारीद्वारा जारी प्रेस विज्ञप्तिमा यो घटनालाई अत्यन्त अमानवीय, धर्मनिरपेक्ष नेपालको संविधान र मानव अधिकारको आत्मासँग खेलवाड गरिएको भन्दै कडा शब्दमा भर्त्सना गरिएको छ।

विज्ञप्तिमा भनिएको छ,

“कसैको मृत्यु आफैंमा गहिरो पीडा हो। त्यसमा पनि धर्मकै कारण अन्त्येष्टि गर्न नदिइनु, परिवारलाई चिहानस्थलबाट फर्किन बाध्य पारिनु — यो केवल संवेदनहीनता होइन, यो पाशविकता हो।”

पार्टीका अनुसार, यस प्रकारको व्यवहारले नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र धर्मनिरपेक्ष मुलुकको मर्म र आत्मा माथि चोट पुर्‍याएको छ। मृतकको धर्म, संस्कार र विश्वासअनुसार अन्त्येष्टि गर्न पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार हो। तर यो घटनाले त्यस अधिकारमाथि नै निर्दयी प्रहार गरेको छ।

नेपाल संघीय समाजवादी पार्टीले सो घटनालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा लाजमर्दो कालो धब्बा भन्दै दोषीलाई तुरुन्त पहिचान गरी कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेको छ।

पार्टीले भनेको छ, “समाजमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सम्मान कायम गर्न चाहने हामी सबैले यो घटनाप्रति एकबद्धरूपमा आवाज उठाउनु आवश्यक छ। मृतकको आत्मालाई सम्मान दिन सकिएन भने हाम्रो मानवता नै खतरामा पर्छ।”

नेपाल संघीय समाजवादी पार्टीले सो पीडादायी घटनाले सम्पूर्ण ईसाई समुदायलाई अपमानित गरेको उल्लेख गर्दै, यस प्रकारको विभेद अन्त्य गर्न स्थायी कदम चाल्न सरकारसँग जोडदार माग गरेको छ।

पार्टीले शोकमा डुबेका पीडित परिवारप्रति गहिरो सम्वेदना प्रकट गर्दै र दिवंगत आत्माको चिर शान्ति कामना गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ।

Religious Discrimination Even In The Burial Of Dead bodies of Christians

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved