चितवन। अस्पताल परिसरमा खेल्ने क्रममा सेफ्टि ट्यांकीमा खसेर गम्भीर रहेकी अन्जना मगरको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।
भरतपुर अस्पतालमा सेफ्टि ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. ७ घर भई सोही अस्पतालमा कार्यरत कर्मचारी बिकास मगरको छोरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
अस्पताल परिसरमा समेत यसरी सेफ्टी ट्याङ्की खुल्ला छोडेर कुनै पनि व्यक्तिको ज्यान समेत जानु अस्पतालको लापरवाही रहेको अस्पतालमा उपचार गर्न आएका बिरामीहरु बताउँछन्।
