Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अनियमितता राेक्न बनाइएकाे समितिले नै अनियमितता गरेकाे पाइए पछि….

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 16, 2025
6 shares

काठमाडौं ।  भक्तपुरको सूर्यविनायक नगरपालिकामा संचालित साना योजनाको अनियमितता रोक्न गठन गरिएका अनुगमन समितिले नै अनियमितता गरेको खुलेको छ। नगरपालिकामा वडास्तरीय योजना अनुगमन समितिका पदाधिकारीहरुले नियमविपरीत २६ लाख रुपैयाँ भत्ता भुक्तानी लिएका छन्।

महालेखा परीक्षक कार्यालयको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा नगरपालिकाले ५ लाखभन्दा कम लागतका योजनाको अनुगमनका लागि गठन गरेका समितिहरुलाई नियमविपरित भत्ता रकम वितरण गरेको भेटिएको हो।

महालेखाको प्रतिवेदनअनुसार वडा नं १ देखि १० सम्म गठन गरिएका योजना अनुगमन समितिका पदाधिकारीहरुले फरक–फरक मितिमा बैठक बसेको देखाएर सवारी साधन, फर्निचर तथा फिक्स्चर, अन्य सार्वजनिक निर्माण र मेसिनरी तथा औजार शीर्षकबाट करबाहेक २५ लाख ९४ हजार ४ सय रुपैयाँ भत्ता बुझेका छन्।

योजना अनुगमन समितिको ३७६ वटा बैठक बसेको र प्रतिबैठक प्रतिपदाधिकारी एक हजार रुपैयाँ भत्ता लिँदा बजेट दुरुपयोग भएको महालेखाको ठहर छ। प्रतिवेदनअनुसार नियमविपरित भत्ता लिनेमा कुनै पनि वडा अछुतो छैनन्। वडा नं १ मा ६ पदाधिकारीले ४८ वटा बैठक बसेको भत्ता बुझेका छन् भने वडा नं २ मा ८ जनाले ४४ बैठक भत्ता बुझेका छन्। वडा नं ३ मा ६ जनाले २० बैठक भत्ता बुझेका छन्।

त्यसैगरी वडा नं ४ मा सात जनाले ४३ बैठक, वडा नं ५ मा ७ जनाले ४० बैठक, वडा नं ६ मा ७ जनाले १८ बैठक, वडा नं ७ मा ७ जनाले ४४ बैठक, वडा नं ८ मा ६ जनाले ४३ बैठक, वडा नं ९ मा ८ जनाले ४८ बैठक र वडा नं १० मा ७ जनाले २८ वटा बैठक बसेको भन्दै भत्ता बुझेकोमा महालेखा परीक्षकको चित्त बुझेको छैन। महालेखाले त्यसलाई स्पष्ट रुपमा अनियमितता ठहर गरेको छ।

आर्थिक व्यवहारको पारदर्शिता सुनिश्चित गर्न अर्थ मन्त्रालयले तयार पारेको कार्य सञ्चालन निर्देशिका २०७७ को बुँदा ७.१.१ अनुसार कानुनबमोजिम गठन भएका समितिका बैठकमा मात्र कानुनबमोजिम भत्ता दिने व्यवस्था छ। तर, सूर्यविनायकमा गठन गरिएका अनुगमन समितिहरू कानुनबमोजिम र कार्यानुसार नभई भत्ताका लागि गठन भएको देखिएको महालेखा परीक्षकको कार्यालयको ठहर छ।

कम लागतमा काम भएका योजनाको प्रभावकारी अनुगमनका नाममा गैरकानुनीरुपमा लाखौं रकम भत्तामा खर्च भएको देखिनुबाट स्थानीय तहमा भइरहेको खर्चको जवाफदेहिता र पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ। यसको छानबिन र आगामी दिनमा नियन्त्रणका लागि स्पष्ट योजना अघि सार्नु पर्ने स्थानीयले माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved