Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जनगणतन्त्रका लागि सबै कम्युनिस्ट एक भएर संघर्षमा जाऔं : सिपी गजुरेल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 15, 2025
0 shares

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबाहक महासचिव सिपी गजुरेलले जनगणतन्त्रका लागि नेपालका सबै कम्युनिस्ट पार्टीहरु एकजुट हुन अह्वान गरेका छन् ।

मंगलबार राजधानीको संवाद डबलीमा पार्टीको काठमाडौं जिल्लाले आयोजना गरेको अन्तरक्रियमा गजुरेलले प्रचण्ड–बाबुरामले धोका दिएका कारण क्रान्ति सफल नभएको आरोपसमेत लगाए ।
काठमाडौं जिल्ला सेक्रेटरी केदार खतिवडाले प्रस्तुत गरेको ‘दलाल संसदीय व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्र’ सम्बन्धी कार्यपत्रमाथि चर्चा गर्दै गजुरेलले समयको मगअनुसार विषय उठान भएको बताए ।

गजुरेलले जनयुद्धमा लिएको उद्देश्य पूरा नहुँदा पश्चगामी र बुर्जुवाहरुले देशलाई अस्थिर बनाएको आरोप लगाउँदै भने,“प्रचण्ड र बाबुरामहरुले बुर्जुवा लोकतान्त्रिक गणतन्त्रको पक्षमा सम्झौता गरेर १० वर्षको महान् जनयुद्धमाथि धोका दिँदा यो अवस्था आयो, हामीले क्रान्तिबाटै जनगणतन्त्र ल्याउन पाएको भए अहिले नत पश्चगामी राजतन्त्रात्मक भूतले टाउको उठाउने मौका पाउँथ्यो नत दलाल पुँजीवादीहरुले देशलाई कंगाल बनाएर असफल बनाउन लागेका छन्” गजुरेले भने ।

गजुरेलले प्रचण्ड नेतृत्वको माओवादीसहित विभाजित माओवादी धारका पार्टीहरु र संघीय जनगणतान्त्रिक व्यवस्था मान्ने सबै धारहरुसँग सहकार्य र आवश्यक परे एकता गर्न तयार भएको पनि बताए ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदीले कार्यपत्रमाथि आफ्नो धारणा राख्दै सो कार्यपत्रले विकल्पको खोजी गरेको आफूले पाएको बताए । सुवेदीले राष्ट्रियता, जनतन्त्र र जनजीविकालाई मध्यनजर गरेर कार्यक्रम र कार्यनीति ल्याउन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पहल गर्नेमा आशावादी भएको बताउँदै भने,“अब आउने कायनीति र कायक्रमले जनवादी संघीयता दिन्छ कि दिदैन बहसमा जानुपर्छ ।”

नेकपा(मशाल)का प्रवक्ता राम प्रकाश पुरीले कार्यत्रपत्रमा इतिसको राम्रो व्याख्या रहेको भएपनि अहिले के गर्ने ? हाम्रो कार्यक्रम के हो ? संघीय जनगणतन्त्रमा जाने बाटो के हो लगायतका विषय अस्पष्ट रहेको बताए ।

नेकप (ऋषि कट्टेल)का उपाध्यक्ष शम्भु कट्टेलले कार्यपत्र ठिक भएपनि राजनीतिक लक्ष्य पूरा गर्ने बाटो प्रष्ट नआएको बताए ।वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका कार्यालय सदस्या राजकुमार हिङ्वाङले संघीय जनगणतन्त्रको विषयमा व्यापक छलफल र समिक्षा जरुरी रहेको बताए ।

नेकपा(विप्लव) का केन्द्रीय सदस्य चिरञ्जीवी सिले कार्यपत्रले प्रष्टसँग विकल्प दिएको बताउँदै भने,“पुँजीवादले आफ्नो विकल्प दिएको छ, तर कम्युनिस्टहरुले विकल्प दिन सकेका छैनन्, त्यसका लागि कम्युनिस्टबीचको एकता जरुरी छ ।”

कार्यपत्र प्रस्तोता तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य केदार खतिवडाले ‘दलाल संसदीय व्यवस्थाको विकल्प संघीय जनगणतन्त्र’का लागि जनयुद्धको उद्देश्य संसदीय व्यवस्था थिएन, २०६२/६३को जनआन्दोलनको जनभावना के थियो ?

दलाल संसदीय गणतान्त्रीक व्यवस्थाको चरित्र, अहिले जनजीविकामा परेको संकट र संघीय जनगणतन्त्र आजको आवश्यकता उपशिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सो पार्टीका केन्द्रीय सदस्य पेशल दाहालले सञ्चालन गरेका थिए भने अर्का केन्द्रीय सदस्य बन्धुदेव पाण्डेले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved