भक्तपुर,जेठ ५- मुलुकमा काेभिड १९ काे कारण देसकाे विभिन्न भागकाे हस्पिटलहरुका रगतकाे कमिले आक्रान्त भईरहेकाे अवस्थामा नेपाल तरुणदल चाँगुनारायण नगर समिति भक्तपुरले आकस्मिक रक्तदान कार्यक्रम गरेकाेछ।उक्तरक्तदान कार्यक्रममा वडाले बिरामि बाेक्नकाेलागि स्टेचर तथा सुरक्ष्या निकायकाे जिम्मा लिएकाे सुरक्ष्या निकाय अन्तर्गत ब्यासि प्रहरी प्रभागलाई स्वास्थ्य सामग्रि समेत हस्तान्तरण गरेकाे छ।

साे सामग्रिहरु हस्तान्तरण गर्दै नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्मर १ का सभापति जीवन खत्रीले मुलुककाे यस विषम परिस्थितिमा जनताकाे जीवन सुरक्ष्यार्थ अग्र पंतिमा रहेर रातदिन खटिने स्वास्थ्यकर्मि हरुकाे सर्हाना गर्दै यास बिषम परिस्थितिमा जनताकाे धन जनकाे सुरक्षा गर्नुपर्ने सरकारलाचार र निरीह बन्दा नेपाल तरुणदलले गरेकाे रचनात्मक कार्यकाे लागि बधाई तथा धन्यबाद दिए।
हालै सिन्धुपाल्चाेकाे मेलमचिमा भएकाे दुखद बाढि पहिराे पिडितका सहयाेगकाे लागि जुट्नसमेत आग्रह गरे।

उक्त कार्यक्रममा तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले काेराेनाकाे अहिलेकाे माहामारिमा स्वास्थ्यकर्मि तथा सुरक्षाकर्मिहरुले अग्रमाेर्चामा रहेर काम गरिरहेकाे हुनाले उनिहरुको लागी अधिल्लाे बर्षदेखिनै स्वास्थ्य सामग्रि प्रदान गर्दै आईरहेको बताए।३ नम्मर वडा सभापति राजेश शाहिले यस्ताे परिस्थितिमा स्वास्थ्यमापदण्ड पालनागर्दै मानव जीवन रक्षार्थकाे लागि आफ्नाे अमुल्य रक्तदान गर्नुहुने सम्पुर्ण रक्तदाताहरु लाई धन्यबाद दिए।

तरुणदल अध्यक्ष गाेबिन्द थापाले काेभिडका कारण देसकाे हस्पिटलहरुमा रगत अभाबकाे काेलाहल काे अवस्था शिर्जनाहुने अवस्था भएकाे हुँदा आपतकालिन रक्त दान कार्यक्रम आयाेजना गरियकाे जानकारि गराए।उक्त रक्तदान कार्यक्रममा ४३ जना पुरुष तथा ७ जना महिला गरि ५० जनाले रक्तदान गरेका थिए।

साे रक्तदान कार्यक्रम मा नेपाली काँग्रेस भक्तपुर जिल्ला सहसचिव किरण न्याैपाने,तरुणदल जिल्ला सदस्य सुमन कार्कि, तरुणदल क्षेत्र नम्मर १ का उपसभापति नरेन खड्का,नगर सभापति शिबहरि के सी , नेपाली काँग्रेस सूर्यविनायक नगर समितिका उपसभापति रवि राणा,महिला संघ भक्तपुरकी अध्यक्ष सरु वानीया , तरुण दल ३ नं वडा अध्यक्ष अनिल श्रेष्ठ, तरुण दल मध्यपुर नगर अध्यक्ष पुरु खड्का ,संगिता फुयाल,दिनेश थापा,तुलसि नारायण हेमिखा,उमेश अधिकारी,अनुज पण्डित,सुरेन्द्र माटाङगुलु, महाअधिवेशन प्रतिनिधि शुरेश श्रेष्ठ, राजन सुवाल लगाएतका युवा नेता तथा कार्यकर्ताहरुकाे उपस्थिति रहेकाे थियाे।

