प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै चन्दा वा राहत संकलन गरेमा, बजारमूल्य वृद्धि गरेमा, कृत्रिम अभाव सिर्जना गरेमा, गुणस्तरहीन वस्तु तथा सेवाको कारोबार गरेमा कानूनी कार्वाही गर्ने उल्लेख छ ।
उक्त कार्य गर्नेलाई कसुरको मात्रा हेरी एकलाख रुपैयाँसम्म जरिवाना, दुईवर्षसम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्थातर्फ प्रशासनले ध्यानाकर्षण गराएको छ ।
