Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

साहित्यकार रमेश निरौला को गजल संग्रह लोकार्पण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 13, 2025
12 shares

हिमांशु राय, माेरङ । मोरङ बेलबारीका साहित्यकार रमेश निरौलाले “भावका भँगालाहरू” गजलसङ्ग्रह प्रकाशनमा ल्याएका छन् ।

बेलबारी साहित्य विकास समितिको आयोजनामा बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा निरौलाको उक्त कृतिको लोकार्पण गरिएको हो ।
बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, संविधानसभा सदस्य मधु गुरुङ,भाषाविद् अमृतप्रसाद आचार्य, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. छवि वैरागी घिमिरेलगायतका विशिष्ट व्यक्तित्वहरूले गजलकार रमेश निरौलाको उक्त कृतिको लोकार्पपण गरे ।

उक्त कार्यक्रममा बेलबारी बहुमुखी क्याम्पसका प्रमुख भूपेन्द्रप्रसाद कोइराला, बेलबारी नगरपालिका ३ नं वडाका अध्यक्ष योगेन्द्रप्रसाद सुवेदी, झोराहाट नाट्य समूहका अध्यक्ष भरत बर्बरिक, भानु साझा पुस्तकालय, सुन्दरहरैँचाका अध्यक्ष पुरन याक्खा, साहित्य कला प्रवर्धन समिति पथरीशनिश्चरेका सचिव लक्ष्मीप्रसाद फुयल, लेटाङ साहित्य कला सङ्गमका अध्यक्ष गणेश दवाडी, सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल, प्रगतिशील लेखक सङ्घ कोसी प्रदेशका अध्यक्ष विन्दु दाहाल मूकदर्शक, विराट साहित्य समाजका कार्यवाहक अध्यक्ष विदुर सुवेदी, प्रलेस मोरङका अध्यक्ष यज्ञराज सुवेदी सुसेलीलगायतका विभिन्न साहित्यिक तथा सामाजिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
बेलाबारीका अग्रज स्रष्टा एवम् राजनीतिकर्मी इरान राईले साहित्यकार रमेश निरौलाको ब्याक्तित्वको बारेमा परिचय प्रस्तुत गदै मुक्तकण्ठले निरौलाको प्रशंसा गरे।

कार्यक्रममा लोकार्पित कृतिमाथि लेखक तथा अनुसन्धाता केशु विरहीले अलोचनात्मक समीक्षा प्रस्तुत गरेका थिए। पत्रकारसमेत रहेका विरहीले निरौलाका गजलले बहु विषयलाई उठाएको, कृतिमा मायाप्रेम, धोका पीडाका साथै विकृति, विसङ्गति विरुद्धको कडा व्यङ्ग्य मात्र नभएर वर्तमान युवाहरूलाई उत्साहित गर्दै सतमार्गमा हिड्न प्रोत्साहन र मार्गदर्शन गरेको समेत चर्चा गरे। उनले कृति लोकार्पणपछिको समीक्षा भन्दा पनि पाण्डुलिपिमै परिचर्चा र विज्ञ व्यक्तित्वसँग बसेर छलफल गरिएको भए सुनमा सुगन्ध हुने थियो कि,भन्ने बारेमा गहन समीक्षा गरेका थिए।

कार्यक्रममा केशव सुनाम, डिल्लीराम ओझा, श्रेष्ठ परिक्रमा, गोपाल नेपाल, धनजीत पराजुली, एन बी दाहाल नवीन, रामप्रसाद खरेल, रोमु अधिकारी, किशोर कोइराला, प्रिन्स प्रमोदकुमार ढकाल, रोहिणी रसिक, उमा सिजापती, गणेश लामा, रोहित पराई, जेबी खत्री, युवराज ठकुरी, बादलदेवी चाम्लिङ, नवराज पोखरेल नवशिला, सिजन श्रेष्ठ, भीम बस्नेत, शिव छाङ्छा राई, रिपुमर्दन खड्का,विकास बुढाथोकी, शेरबहादुर खपाङ्गी मगर, प्रकाश भट्टराई, सुन्दर भट्ट, विनोद विवश घिमिरे, केपी घिमिरे, शेखर मगर, टेकराज एकचाई मगर, प्रेमबहादुर गुरुङ, जुनु बुढाथोकी, गीता कुलुङ राईलगायतका स्रष्टा,सर्जक,लेखक तथा कलाकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विशेष गरेर झापा, मोरङ र सुनसरीका लेखक तथा कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बेलबारीमा भाषा, साहित्य तथा कलाको क्षेत्रलाई संस्थागत गर्न सहयोग गर्ने तत्कालीन बेलबारी गाविसका सचिव पदम विनोद घिमिरेलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा डा. छवि वैरागी घिमिरे, भरत बर्बरिक, नवराज पोखरेल नवशिला, हेमसागर पोखरेल, एकराज भट्टराई, विवेक कार्की, लगायतका लेखक तथा स्रष्टाहरूले “भावका भँगालाहरू”भित्रका रचना वाचन गरेका थिए । त्यस्तै लोकार्पित कृतिभित्रबाट चिरञ्जीवी काफ्ले, चण्डी राई, सानु राई लगायतका गायक तथा कलाकारले गजल गायन बाट आ आफ्नो प्रस्तुती प्रस्तुत गर्दा कार्यक्रमको माहौल शान्त र आनन्ददायक बनेको थियो।

मुक्तक लेखन बाट नेपाली साहित्यमा प्रवेश गरेका निरौला निकै लामो समयदेखि मोरङको बेलबारी नगरपालिका स्थित रहेर साहित्य साधनामा लागिपरिरहेका छन्। कविता,गजल, गीत तथा लघुकथा विधामा अब्बल कलम चलाउँदै आईरहेका उनको “भावका भँगालाहरु” गजल संग्रह पहिलो कृति हो।
विभिन्न साहित्यीक एवम सामाजिक सङ्घसंस्थामा रहेर काम गर्दै आईरहेका उनी बेलबारी साहित्य विकास समितिका वर्तमान अध्यक्ष तथा विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध रहेका छन्।

कार्यक्रममा आयोजक साहित्य विकाश समितिका उपाध्यक्ष द्वोय गोविन्द चोङबाङले संस्थाका तर्फबाट उपस्थित सबैलाई स्वागत मन्तव्य राखेका थिए।यसैगरी उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन साहित्यकार तथा सङ्गीतकर्मी जेबी थुलुङको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved