डिकेन्द्र बस्नेत, दमक । सञ्चारकर्मी तथा दमक पोस्टका सञ्चालक एवं समाजसेवी चन्द्र कुमार राईकी श्रीमती प्रमिला राईको असमयिक निधनको खबरले स्थानीय सञ्चार क्षेत्र शोकमा डुबेको छ। उहाँको निधन बिहीबार साँझ करिब ६ बजे भएको हो।
पारिवारिक स्रोतका अनुसार उहाँ केही समयदेखि रक्तचाप न्यून (लो प्रेसर) र रक्तमा चिनीको मात्रा (सुगर) बढी हुने समस्याबाट ग्रसित हुनुहुन्थ्यो।
स्व. प्रमिला राईप्रति श्रद्धाञ्जली अर्पण गर्दै पत्रकार, सञ्चारकर्मी तथा विभिन्न सामाजिक व्यक्तित्वहरूले चन्द्र कुमार राई र शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
