Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रहरी पनि निलाे पाेशाक लगाएका नागरिक नै हुन् : एसएसपी अधिकारी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 13, 2025
0
काठमाडौं । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले निलो पोशाक लगाउने प्रहरी आफैंमा सामुदायिक प्रहरी भएको बताएका छन् ।

प्रहरी वृत्त गौशाला, काठमाडौं महानगरपालिका–८, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र चावहिलको संयुक्त आयोजनामा समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘सुरक्षा, जनचासो र समाधान विषयक नागरिक सुनुवाइ कार्यक्रम’ उनले यस्तो बताएका हुन् ।

उनले कार्यक्रममा भने, ‘निलो पोशाक लगाउने प्रहरी आफैंमा सामुदायिक प्रहरी हुन् । प्रहरी निलो पोशाक भित्रका नागरिक हुन्, ‘जसले सेवा, सुरक्षा र समन्वयमा विश्वास गर्छन्’ नेपाल प्रहरी नागरिकमैत्री प्रहरी भएकोले नागरिकसँगको सहकार्य विना प्रहरी कार्य प्रभावकारी हुन सक्दैन ।’

उनले प्रहरीको काम जनमैत्री, सहभागितामूलक र समन्वयात्मक हुनुपर्नेमा जोड दिए । ‘नेपाल प्रहरी नागरिकमैत्री संस्था हो। नागरिकसँगको सहकार्य विना प्रहरी कार्य प्रभावकारी हुन सक्दैन,’ उनले भने ।

एसएसपी अधिकारीका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँले दैनिक १,१०० भन्दा बढी कार्यहरू शान्ति–सुरक्षा, अपराध अनुसन्धान, सवारी व्यवस्थापन, विपद् व्यवस्थापनलगायत विविध क्षेत्रमा प्रभावकारी रूपमा गर्दै आएको छ।

प्राकृतिक विपद्‌को सन्दर्भमा उनले टोखालगायतका क्षेत्रमा हालै सम्पन्न सफल उद्धार कार्यको उदाहरण दिँदै उद्धार सामग्री संकलन तथा व्यवस्थापन भइरहेको जानकारी दिए ।

लागूऔषध नियन्त्रणमा प्रहरीको सक्रियता उल्लेख गर्दै उनले भने, “हरेक घर लागूऔषधमुक्त बनाउन सके ठूलो मात्रामा सामाजिक अपराध नियन्त्रण गर्न सकिन्छ।” नागरिक र प्रहरीबीच सूचनाको आदानप्रदान तथा हातेमालो आवश्यक रहेको उनको जोड थियो ।

कार्यक्रममा प्रहरी वृत्त गौशाला र बौद्धका प्रमुख, ट्राफिक प्रहरी प्रभाग गौशालाका प्रमुख, स्थानीय जनप्रतिनिधि, टोल सुधार समिति, आमा समूहका प्रतिनिधिसहित करिब १५० जनाको सक्रिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved