Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आलमलाई न्याय दिने याधीशलाई माेसाे दल्ने जनमतका नेता रिहा, पार्टीले गर्याे अभिनन्दन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 12, 2025
0 shares

काठमाडौं । अफ्ताव आलमलाई उन्मुक्ति दिएको भन्दै न्याधीशहरुलाई कालोमोसो दल्ने नेकपा (बहुमत)का नेताहरुलाई पार्टीले सम्मान तथा अभिनन्दन गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा पार्टीको ३ नम्बर ब्यूरो(बागमती प्रदेश)ले पत्रकार सम्मेलन गरी स्वागत तथा अभिनन्दन गरेको हो ।

पार्टीका स्थायी समिति सदस्य उदयबहादुर चलाउने‘दिपक’ले गरिव तथा निमुखा जनताको न्यायको लागि जोखिम उठाएर हिक्मत गरेका नेताहरुलाई बधाई तथा धन्यबाद दिए । चलाउने पछिल्लो समयमा राज्यका तीनवोटै अंगहरुमा भ्रष्टाचार चरमचुलिमा पुगेको बेला आफ्नो पार्टीले त्यसविरुद्ध नयाँ अभियान चलाएको पनि बताए । जनताले सहिप्रकारको जनउत्तरदायी न्यायप्रणाली र अदालत नभएपछि आफ्नो पार्टी त्यसविरुद्ध लागेको बताउँदै भने,“जहाँ–जहाँ जनतामाथि अन्याय र अत्यचार हुन्छ, त्यहाँ–त्यहाँ नेकपा(बहुमुत) उपस्थित हुन्छ, र हिक्मत गर्ने कमरेडहरुलाई सलाम छ ।”

पार्टीका २ नम्बर ब्यूरो इन्चार्ज बाबुराम गजमेरले कालोमोसो दलेर जनपक्षीय कार्य गर्ने आफ्ना साथिहरुलाई बधाई दिए । गजमेरले देश र जनतामाथि संसदवादी पार्टी र उनिहरुको भ्रष्टाचार तथा बेथिती र अत्यातारविरुद्ध आफ्नो पार्टी लड्ने प्रतिबद्धता जनाए । समाजवादी व्यवस्थाले मात्रै देश र जनताले भोग्नु परेको अहिलेको समस्याबाट मुक्ति पाउने गजमेरको ठम्याई छ ।

कलोमोसो टोलीका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य अभिनाश कुँवरले २४ दिने प्रहरी हिरासत र ४ दिने कारागार बसाईले धेरै कुरा सिकाएको बताउँदै भने,“हाम्रो बन्द पर्खालको बसाई उत्साहप्रद रह्यो, जनताको लागि कालोमोसो मात्रै हैन अपराधीहरुलाई त्यो भन्दा माथिको कारबाही गर्न तयार छौं ।”

सो टोलीका अर्का सदस्य तथा पार्टी केन्द्रीय सदस्य पदम मगरले देशमा अन्याय र अत्याचारले सीमा नाघेको बताउँदै त्यसविरुद्ध निडर भएर अगाडी बढ्ने प्रतिबद्धता जाहेर गरे ।
गत जेठ २९ गते बीरगञ्ज उच्च अदालतको इजलासभित्रै अभिनाश कुँवर, पदम मगर र गर्भू महतोले न्यायाधीश द्वोय खुसिराम थारु र अर्जुन महर्जनलाई कालोमोसो छ्यापेका थिए । आलमले उन्मिुक्ति पाए लगत्तै विभिन्न राजनीतिक दल तथा नेता कार्यकर्ता र आमजनताले न्यायाधीशरु विकेर फैसला गरेको भन्दै त्यसको व्यापक विरोध जनाएका थिए ।

चितवन जिल्ला इन्चार्ज पूर्ण विकले सन्चालन गरेको कार्यक्रममा पार्टी स्थायी समिति सदस्य द्वोय डिडी पाण्डे र निर्मलसहितका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved