Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

यो सरकारको मुख्य प्राथमिकता भनेको काम होइन, कमिसन हो : माओवादी सांसद दाहाल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 12, 2025
[webverse_shares]

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद राजन दाहालले वर्तमान कांग्रेस–एमाले नेतृत्वको सरकारलाई पूर्ण रूपमा असफल सरकारको संज्ञा दिएका छन् ।

काठमाडौँमा आयोजित साक्षात्कारमा उनले भने,‘ओली शासनको एक वर्ष पूरा हुँदैछ । यो सरकारको धरातल बिचौलियाको दबाब र प्रभावमा बनेको सरकार हो भनेर हाम्रो अध्यक्ष प्रचण्डले संसद्को रोष्ट्रममै उभिएर भन्नुभएको थियो । मूलतः यसले भ्रष्ट, बिचौलिया र माफियाहरूको सेवा गर्छ, माफियाप्रति उत्तरदायी हुन्छ । यो कुरा सुरकै दिनमा भनेका थियौँ ।’

उनले ओली सरकारको एक वर्षको समीक्षा गर्दै यसले बेथिति, अराजकता, अनियमितता, भ्रष्टाचार र कुशासनमा पिएचडी गरेको टिप्पणी गरे । उनले भने,‘यो सरकारको एक वर्ष पूरा हुँदा बेथिति, अराजकता, अनियमितता, भ्रष्टाचार र कुशासनमा ओली सरकारले पिएचडी गरेको छ । त्योबाहेक राष्ट्र र जनतालाई हितमा राखेर एउटा पनि काम गरेको छैन । अङ्कगणितको हिसाबले यो सरकार छ, कानुनी हिसाबले पनि सरकार छ । तर, जनताको नजरमा सरकार छैन । ढलिसकेको छ । विकास निर्माणमा सरकार छैन । सार्वजनिक सेवा प्रवाहमा सरकार छैन । अन्तर्राष्ट्रिय जगतमा सरकार छैन । सरकार कहाँ छ त ? प्रतिनिधिसभामा छ । मन्त्रालयमा छन् । यो सरकारको मुख्य प्राथमिकता भनेको काम होइन, कमिसन हो ।’

 

उनले आफ्नो पार्टीका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्दा हजारौँ भ्रष्ट जेलमा भएको पनि अहिलेको ओली सरकारले उल्टै भ्रष्टहरूको रक्षा गरेको आरोप लगाए । उनले भने,‘पछिल्लो समय नक्कली भुटानी शरणार्थी र गिरिबन्धु टी–स्टेट प्रकरणमा अन्तिम समयमा जेल जानुपर्ने परिस्थिति बनेपछि यो रातारात बनेको सरकार हो । जसले बेचन झाको बयान नलिईकन जेल पठाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल अघि बढेको छैन । गिरिबन्धुको फाइल खुलेको छैन । प्रचण्डको पालामा २५ वटा फाइल खोलिएका थिए । बाल मन्दिरदेखि बाँसबारी जाला जुत्ता प्रकरणमा मुद्दा नचल्ने निर्णय गराइयो । त्रिवि जग्गा प्रकरणको प्रतिवेदन हराइयो । कुलमानको गैरकानूनी बर्खास्त गरियो । राजकीय संरचनाको चरम दलीय दुरुपयोग गरिएको छ । अरबौँ भ्रष्टाचारमा जोडिएकाहरू सजिलै धरौटीमा छुटेका छन् । अहिले नयाँ बजेट निर्माणमा पनि पूर्णतः असफल देखियो । योजना छनौट पनि गर्न सकिएको छैन ।’

उनले वर्तमान सरकारले नै संस्थागत भ्रष्टाचारको नेतृत्व गरेकोले यसमा सहभागी मन्त्रीहरूले घुस डिल गरेको प्रमाण बाहिरिनु अनौठो नभएको प्रतिक्रिया दिए । उनले भने,‘ओलीजीको सरकार संस्थागत भ्रष्टाचारको नेतृत्व गर्छ । यो सरकारका मन्त्रीहरूले घुस खानुलाई मैले अनौठो मानेको छैन ।’

 

उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किँदा वामपन्थी एकताको लागि सकारात्मक वातावरण बन्न सक्ने औँल्याए । तर, अहिले एमाले केपी ओलीले अपहरण गरेर बन्धक बनाएकोले तत्काल वामपन्थी एकताको सम्भावना नभएको उनको जिकिर छ ।

 

उनले भने,‘एमालेलाई केपी ओलीले अपहरण गरेर बन्धक बनाउनुभएको छ । एमाले ओलीको अपहरणबाट मुक्त नभईकन वामपन्थीहरुबिच एकता असम्भव छ । एमालेसँग तत्काल सहकार्यको सम्भावना छैन । बरु संविधानको रक्षा र यसको कार्यान्वयनको लागि एमालेभन्दा कांग्रेस नै सापेक्षिक प्रगतिशील छ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved