Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आलमलाइ सफाइ दिने न्यायाधीशलाई हटाउन संसद किरणकाे माग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 8, 2025
0 shares

काठमाडौं । सत्तारूढ एमालेका सांसद किरणकुमार साहले राजपुर विस्फोटमा संलग्न मानिएका अफताब आलमसहित पाँचजनालाई सफाइ दिने उच्च अदालत जनकपुरका न्यायाधीशहरूलाई हटाउन माग गरेका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद साहले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुसीराम थारू र अर्जुन महर्जनलाई हटाउने प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरेका हुन् ।

‘रौतहटमा जिउँदै मान्छे जलाएर मारेको जघन्य घटनामा दोषी ठहर भएका अफताब आलमलाई उच्च अदालत वीरगन्जले सफाइ दिएको  छ । उच्चको फैसला जिल्ला अदालत रौतहटको फैसला उल्टाउने खालको छ । अहिले यो विषयलाई मिडिया र जनमानसले राजनीतिक संरक्षणको रूपमा व्याख्या गरिरहेका छन्,’ महिला तथा सामाजिक मामिला समितिका सभापतिसमेत रहेका साहले भने, ‘सरकारले स्वतन्त्र न्यायपालिकामा विश्वास गर्छ भने सफाइको फैसला सुनाउने ती न्यायाधीशलाई तत्काल हटाउने प्रक्रिया सुरु होस् । यदि यस्तो भएन भने गठबन्धन सरकारले नै अफताब आलमलाई उपहारस्वरूप सफाइ दिएको सन्देश जान्छ । यस्तो अवस्था हुनु लोकतन्त्रमाथि नै  गम्भीर अपमान हो ।’ सांसद साहले २७ चैत ०६४ मा रौतहटको राजपुर फरहदवास्थित शेख इद्रिसको घरमा भएको बम विस्फोटमा आलम संलग्न रहेको जिल्ला अदालत रौतहटले त्यसलाई पुष्टि गरेको बताए ।

सांसद साहले राजनीतिक भागबन्डाका आधारमा न्यायाधीश नियुक्ति तत्काल रोक्नसमेत आग्रह गरे । ‘सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउँदै राजनीतिक भागबन्डामा न्यायाधीश नियुक्ति तत्काल रोक्न आग्रह गर्दछु,’ उनले भने ।

गत १४ जेठमा न्यायाधीशद्वय थारू र महर्जनले जिल्ला अदालत रौतहटले गरेको फैसला उल्टाउँदै आलमसहित पाँचजनालाई सफाइ दिने फैसला गरेको थियो । उनीहरूले गरेको फैसलामा २७ चैत ०६४ मा बम नै विस्फोट नभएको र घाइते गौरीशंकर राम चमार सफी अहमद स्टोभ पड्केर घाइते भएको भनिएको छ । जबकि विस्फोटबाट बालबाल बाँचेका भारत बिहार सीतामढीका गौरीशंकर रामले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन नै गरेर न्यायाधीशद्वय थारू र महर्जनको फैसलालाई चुनौती दिएका छन् ।

न्यायपरिषद्को सिफारिसपछि जिम्मेवारीविहीन उच्चका न्यायाधीश खुसीराम थारू र अर्जुन महर्जनमाथि छानबिन जारी छ । उच्चको फैसलापछि मृतक पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बुवा ८४ वर्षीय श्रीनारायणसिंह राजपूतले न्यायपरिषद्मा आएर उजुरी नै दिएका थिए । सोही उजुरीपछि परिषद्को सिफारिसमा दुवै न्यायाधीशको जिम्मेवारी खोसिएको हो ।

कानुनतः सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश र न्यायपरिषद्का सदस्यबाहेक अन्य सबै तहका न्यायाधीशलाई न्यायपरिषद्ले कारबाही गर्न सक्छ । प्रधानन्यायाधीश, सर्वोच्चका न्यायाधीश र परिषद्का सदस्यविरुद्ध भने महाभियोग लगाएर मात्रै कारबाही प्रक्रिया अघि बढाउन सकिन्छ । नेपालको संविधान ०७२ को धारा १०१ को उपधारा २ मा प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्यविरुद्ध महाभियोग लगाउन सकिने व्यवस्था छ  ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved