काठमाडौं । नुवाकोटस्थित त्रिशूली नदीमा बाढीका कारण फसेकाहरूलाई उद्धार गर्न हेलिकप्ट पुगेको छ ।
विदुर नगरपालिकाको इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा सोमबारदेखि २ जना व्यक्ति फसेका छन् ।
घाँस-दाउरा गर्न गएका उनीहरु नदीमा बाढी आएपछि उनीहरु त्यही फसेका हुन् । सोमबारदेखि उनीहरु रुखमा चढेर बसेका छन् । रुखमुनि बाढी आएको छ । उनीहरु दुवै जना एकै परिवारका हुन् ।
