Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाली सेनालाई तत्काल सैनिक शासन लागू गर्नुभन्दै चिट्ठी, देशभर हलचल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 19, 2021
2.3K

 

भुतपुर्व र वर्तमान कार्यरत सिपाही, मेजर, कर्णेल, रथी, उपरथी, प्रधानसेनापति, रेन्जर र कमान्डो सेनाहरुलाई म राकेश कुमार शर्माको चिट्ठी ।

सैनिक संगठनमा अवकाश प्राप्त सेनाहरु पनि जीवित रहुन्जेल सम्म अवकाश प्राप्त भएको मानिदैन सेनाहरुले महसुस गर्नुपर्ने महत्त्वपूर्ण कुरा हो । मुलुकको शक्ति नै सेनाहरु हो । मुलुक भन्दा ठुलो नेताहरू र विक्रम सम्वत २०७२ साल जारी संविधान होइन । संविधान फेरि पनि बनाउन सकिन्छ । यसकारण मुलुकमा अब तत्काल सैनिक शासन चाहिएको छ । मुलुक असफलता तर्फ गइरहेको अवस्था छ समयमा सेनाहरुको ध्यानाकर्षण होस ।

सेनाहरु चुप किन ? सेनाहरु मुकदर्शक किन ? अब सेना आउ नेताहरूको शासन बाट पार लगाउनुपर्छ । अब सेना आउ नेताहरुको शासन बाट मुक्त गराउनुपर्छ । सेनाहरु प्रजातान्त्रिक ढंगले कसरी अघि बढने भन्ने बारे म संग विस्तृत योजनाहरु र दीर्घकालीन दुरदर्शि सोच छ । कोरोना भाइरस संक्रमणको महामारीमा नेताहरूलाई सत्ताको लागि हानथाप र राजनीतिक गर्दैमा फुर्सद छैन । कोरोनाको महामारीमा जनताहरुको स्वास्थ्य सँग खेलवाड भइरहेकोे छ ।

सरकार र नेताहरूले आफुले केही गर्न नसके पनि मुलुकमा संकट परेको समयमा क-कसलाई परिचालन गर्नुपर्ने हो ? छिटो भन्दा छिटो औषधि र खोपहरु कसरी झिकाउने औषधि, खोपहरुको जिम्मा कसलाई दिने भन्ने बारे सरकार र नेताहरू संग कोरोना भाइरस संक्रमणको महामारीमा प्रभावकारी ठोस योजना नै छैन । जिम्मा दिइयो र जिम्मा लगाइयो भने कमिसन खान र कालोबजारी गर्न पाइन्न कि भन्ने मात्र चिन्ता छ ।

मुलुकमा दोस्रो चरणको कोरोना भाइरस संक्रमण फैलिएको डर र त्रासको अवस्था छ । मुलुक दोस्रो चरणको कोरोना भाइरस संक्रमण महामारीको संकटको समयमा नेताहरूको बीच सत्तालाई लिएर सत्ता स्वार्थ, खेल, मोहको झै झगडा सत्ता जोगाउने र ढाल्ने खेल भइरहेको छ । मुलुकको विगतको घटनाक्रम र हालको वर्तमान परिस्थिति बारे सेनाहरु स्वयंलाई नै थाहा छ कोही पनि सेनाहरु अनभिज्ञ हुनु होला जस्तो मलाई लाग्दैन । मुलुकमा राजनीतिकको आडमा घिन लाग्दो कार्य भएको अवस्था छ । नेताहरूले नाटकीय चित्रण प्रस्तुत गरिरहेका छन । सेनाहरुले पनि नेताहरूको नाटक मंचन र नाटकीय चित्रण हेरी रहनु भएको होला । सेनाहरु चुप किन ?

विक्रम सम्वत २०६२/०६३ सालपछि नेताहरूले मुलुकलाई निकास दिन सकेनन । यसप्रकार नेताहरू असक्षम र असफल साबित भएका छन । मुलुकमा कोरोना भाइरस संक्रमणको महामारीमा दैनिक ज्यालादारी गरेर दिनदिनै गुजारा गर्नेहरुको लकडाउनमा कतिपयको घरहरूमा चुल्हो नबल्ने आदि इत्यादि अवस्था पनि छ ।

पहिलो चरणको कोरोना भाइरस संक्रमणमा पनि खाद्यान्न सामग्रीहरुमा व्यापक कालोबजारी र महँगी बढाइएको थियो । खाद्यान्न सामग्रीहरु र ग्यासहरु लुकाइएको थियो । दोस्रो चरणको लकडाउनमा सोही प्रक्रिया यथावत अपनाइएको छ । बिरामीहरु अस्पतालहरुमा समयमा भर्ना, उपचार, भेन्टिलेटर र अक्सिजन नपाएर मृत्यु भएको अवस्था छ । केही औषधि पसलेहरुले कोरोना भाइरस संक्रमणको नक्कली औषधिको बढी मुल्य लिएर बेच्ने गरेको कुराहरू पनि सुन्नमा आएको छ । मुलुकमा ल्याउने खोपहरुमा पनि कमिसनको कुरा आएको सुनिएको छ । मुलुकमा बिजोग छ बिजोग अवस्था । सेनाहरु चुप किन ?

कोरोना भाइरस संक्रमण महामारीको भयावह र जटिल अवस्थामा नेताहरूको बीच सत्तालाई लिएर पटकपटक कहिले बालुवाटार त कहिले शेरबहादुर देउवा लगायतका नेताहरूको निवास, पार्टी कार्यालय, रिसोर्ट, पार्टी प्यालेस र सुविधा सम्पन्न होटलहरुमा बैठक बस्ने गरेकोछ । कोरोना संक्रमणको महामारीमा नेताहरुको मोजमस्ती छ । नेताहरूलाई सत्तामा भएको मजा बेग्लै छ । सत्तामा भएपछि सेवा सुविधाहरू थुप्रै लिन पाइन्छ, चाकरी पाइन्छ, रातदिन प्रहरी, सशस्त्र प्रहरी र सेनाहरुको सलाम खान पाइन्छ । मुलुकको ढुकुटीको साँचो आफ्नो हातमा हुन्छ । ढुकुटी रित्याउन पाइन्छ । अन्तर्राष्ट्रिय मुलुकहरू भ्रमण लगायतका सेवा सुविधाहरु उपलब्ध हुन्छ ।

मुलुकमा कांग्रेस, कम्युनिस्ट र जसपा लगायतका दलको सरकार फेरबदल भएपनि के.पी.शर्मा ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र पुष्पकमल दाहाल जोसुकै प्रधानमन्त्री बनेपनि मुलुकले यिनीहरू बाट निकास पाउने छैन ढुक्क हुनुहोस । नेताहरूको आजसम्मको क्रियाकलाप र नाटक मंचन देखि सकियो । नेताहरूको लागेको बानी कहाँ हराउँछ र ? सरकार फेरबदल र परिवर्तन भएता पनि फेरि फेरि केही समय पश्चात नेताहरुको नाटक मंचनको प्रक्रिया शुरुआत हुनेछ भन्ने कुरामा म विश्वस्त छु । मुलुकले नेताहरूबाट सहजै निकास पाउने अवस्था देखिदैन । यसकारण अब मुलुकमा तत्काल सैनिक शासनको आवश्यकता छ ।

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र भारत, अमेरिका, चीन र रुस लगायतका मुलुकलाई भनिन्छ । हाम्रो मुलुकमा नेताहरूले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा लुटने मात्र काम गरे । संघीयता भारत, अमेरिका, चीन र रुस लगायतका विशाल मुलुकको लागि ठिक छ । हाम्रो मुलुक बिहार राज्यको पटना जत्रो सानो छ । हाम्रो मुलुकको लागि संघीयता अफाब छ । संघीयताले मुलुकको भार थेग्न सक्ने अवस्था छैन ।

विक्रम सम्वत २०६२/०६३ सालपछि नेताहरूको कारण मुलुकको स्वाधीनता धरापमा परेको छ । नेताहरूले मुलुकलाई निकास दिन सकेनन । मुलुक दिन प्रतिदिन असफलता तर्फ गइरहेको छ । मुलुक दुर्घटनामा पर्न गयो भने सबैजना पर्ने हो यो कुरालाई सेनाहरुले पनि मनन गर्नुपर्ने हुन्छ । यसकारण मेरो भनाइहरु तर्फ सेनाहरुको ध्यानाकर्षण होस अनुरोध छ । लेबनान, सिक्किम, फिजी, सोमालिया, अफगानिस्तान, सिरिया, सुडान, हाइटी र रुवाणडा मुलुकहरू के कति कारणले द्वन्द्वग्रस्त र द्वन्द्वमा पर्न गएको हो त्यतातिर पनि सेनाहरुको ध्यानाकर्षण र विश्लेषण हुन आवश्यक छ ।

स्वतन्त्र नेपाली नागरिक : राकेश कुमार शर्मा ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved