ललितपुर । नेपाली पत्रकारिताका आदिपत्रकार वहुप्रतिभाशाली व्यक्तित्व स्वर्गीय पादरी गंगाप्रसाद प्रधानको १७४औं जन्मस्मृति विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
हिजाे शुक्रबार ख्रीष्टियन जर्नलिष्ट फेलोसिप (सिजेएफ) नेपालको आयोजना र नेपाल बाइबल सोसाइटीको सहकार्यमा ललितपुरको एकान्तकुनास्थित क्वालिटी फुडल्याण्डमा आयोजना गरि बहुप्रतिभाशाली पादरी प्रधानको योगदान र हाम्रो दायित्व विषयक विचार गोष्ठी सम्पन्न गरिएको हो ।
कार्यक्रममा भारतमा लामो समयदेखि भेटघाट पत्रिका प्रकाशन गर्दै आउनुभएका राजु राईले पादरी प्रधानका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले प्रधानकाे बिषयमा चर्चा परिचर्चा गर्नु भएकाे थियाे।
