Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाल प्रहरी ऐनलाई संशोधन गर्न सुझाव माग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 3, 2025
58
काठमाडौं । नेपाल प्रहरी ऐनलाई संशोधन तथा एकीकरण गर्न सरकारले ल्याएको विधेयकमाथि प्रहरी प्रधान कार्यालयले संगठनका अधिकृतहरूसँग राय–सुझाव मागेको छ। विधेयकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा असार ११ देखि छलफल थालिएपछि यसबारेमा प्रहरी प्रधान कार्यालयले उच्च अधिकृतहरूलाई तीन दिनभित्र राय–सुझाव पेस गर्न पत्राचार गरेको हो।
प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) सम्मका अधिकृतहरूबाट विधेयकका विषयमा राय मागेको छ। ‘प्रहरीसम्बन्धी विधेयक संसद्बाट फास्ट ट्र्याकमा पास गराउने उद्देश्यका साथ राय सुझाव मागिएको हो’, प्रहरीका  एक उच्च अधिकृतले भने। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयक यसै अधिवेशनबाट पास गराउने भनिएको छ।

विधेयक संसद्बाट पास भए प्रहरीको ७० वर्ष पुरानो ऐन विस्थापित हुने छ। गत साताको बुधबारदेखि समितिमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित अन्य दलका सांसद र समितिका सदस्यहरू उत्साहपूर्वक सहभागी भएका थिए। तर समितिका सभापति रामहरी खतिवडालाई निजामती सेवा विधेयकबाट कुलिङ पिरियडको व्यवस्था हटाएको आरोप लागेपछि प्रहरी विधेयकमाथिको छलफल मंगलबारदेखि रोकिएको छ।

मंगलबार बैठक नै बस्न सकेन भने बुधबार बसेको आकस्मिक बैठकमा पनि प्रहरी विधेयकको विषयमा छलफल भएन। कुलिङ पिरियडका विषयमा समितिका सभापति, सचिव, कानुन र संघीय मामिला मन्त्रालयका सचिव, कर्मचारी कसबाट जालझेल भएको हो भन्ने विषयमा अहिले विवाद छ। ‘निजामति कर्मचारीको हकमा व्यवस्था गरिएको कुलिङ पिरियड खुला गरिएपछि विवाद बढ्दै गएको छ। अहिले सत्ता पक्ष र विपक्षी दलका सांसदले नै छानबिनको माग गरिरहेका छन्। जसले गर्दा प्रहरी विधेयकमाथिको छलफल अघि बढ्ने अवस्था छैन।

प्रहरी विधेयक समितिमा छलफल हुन जति ढिला भयो त्यति नै संसद्मा जान ढिला हुनेछ। प्रहरी विधेयक अहिलेको वर्तमान प्रहरी नेतृत्वसँग पनि जोडिन्छ। प्रहरी महानिरीक्षक (आइजिपी ) दीपक थापा भदौ १९ गते हालको प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवाअवधिका कारण अनिवार्य अवकाशमा जाँदै छन्।

नयाँ प्रहरी ऐन समयमा आएमा उनको अवकाशको समय लम्बिने छ। तर उनले आफूलाई सेवाअवधि वा कार्यकाल बढाउने र लम्ब्याउने कुनै रहर र चाहना नभएको बताएका छन्। उनले नागरिकसँग कुरा गर्दै समयमै प्रहरी ऐन आउँदा राम्रो हुने बताए। ‘प्रहरी ऐन आउला र मेरो कार्यकाल बढ्ला भन्ने चाहनाचाहिँ छैन, मेरा चाहना प्रहरी संगठन बलियो होस् भन्ने मात्रै हो’, उनले भने।

गृहमन्त्री रमेश लेखकले २०८१ माघ १५ गते प्रतिनिधिसभामा दर्ता गराएको विधेयकमाथि अहिले आएर राज्यव्यवस्था तथा सुशासन समितिमा छलफल सुरु भएको हो। विधेयकमा प्रहरीमा कायम रहेको ३० वर्षे सेवाअवधि हटाइएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीय प्रहरी ऐनसम्बन्धी विधेयकमाथि गहिरो छलफल आवश्यक रहेको बताएका थिए।

विधेयकमा प्रहरीमा ३० वर्षे सेवाअवधि हटाएर पदावधिमा जोड दिइएको छ। उमेरहद र पदावधिअनुसार प्रहरीमा तल्लोदेखि माथिल्लो दर्जासम्म अवकाशको प्रावधान राखिएको छ। जसले गर्दा आइजिपी थापाको ब्याचलाई फाइदा पुग्नेछ। नयाँ ऐन तत्काल आएमा थापापछि आइजिपीको लाइनमा रहेका चन्द्रकुवेर खापुङको टिमलाई अवरोध पुग्नेछ।

विधेयकले नेपाल प्रहरीमा अवकाश पाउने उमेर हदसमेत परिवर्तन गरेको छ। विधेयकमा प्रहरी महानिरीक्षकको उमेरहद ५८ बाट बढाएर ६० वर्ष पुर्‍याइएको छ भने पदावधि ३ वर्ष कायम गरिएको छ। जसले गर्दा आइजिपी थापाको समयअवधि थपिनेमा शंका छैन। एआइजी र डिआइजीको उमेरहद ५६ बाट बढाएर ५९ वर्ष पुर्‍याइएको छ।

एसएसपी र एसपीको उमेरहद ५५ बाट बढाएर ५८ वर्ष पुर्‍याइएको छ। विधेयकमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदका लागि आवेदन दिन सकिने उमेरसमेत बढाइएको छ। अहिले इन्स्पेक्टर पदमा भर्नाका लागि २० देखि २५ वर्ष उमेर तोकिएकोमा नयाँ विधेयकमा २१ देखि २७ वर्ष पुर्‍याउन प्रस्ताव गरिएको छ।

त्यस्तै असई पदमा भर्नाका लागि उमेरहद १८ देखि २४ वर्षबाट बढाएर १८ देखि २५ वर्ष पुर्‍याइएको छ। प्रहरी जवान पदमा भर्नाका लागि १८ देखि २३ वर्ष उमेर तोकिएको छ।

विधेयकमा पदावधि घटाइएको छ। आइजिपीको पदावधि ४ वर्षको सट्टा ३ वर्ष बनाइएको छ। एआइजीको पदावधि ५ बाट ३ वर्ष, एसएसपीको ६ बाट ८ वर्ष र एसपीको १० वर्ष कायम गर्न प्रस्ताव गरिएको छ। विधेयकले ३० वर्षे सेवाअवधिको अवकाश प्रावधान हटाएको छ।

नेपाल प्रहरी नियमावली, २०७१ मा आइजिपीको अनिवार्य अवकाश उमेरहद ५८ वर्ष तोकिएको छ, विधेयक अवकाश उमेरहद ६० वर्ष पु¥याउन प्रस्ताव गरिएको छ। एआईजी वा डिआइजीको उमेरहद ५६ बाट बढाएर ५९, एसएसपी र एसपी) को उमेरहद ५५ बाट बढाएर ५८, डिएसपी र इन्स्पेक्टरको उमेरहद ५४ बाट बढाएर ५७ वर्ष पुर्‍याउन प्रस्ताव गरिएको छ।

यसैगरी प्रहरी वरिष्ठ नायब निरीक्षक वा प्रहरी नायब निरीक्षकको ५२ वर्ष, सहायक निरीक्षको ५१ वर्ष, प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवानको उमेरहदद ४८ वर्षबाट बढाएर ५१ वर्ष बनाइको छ।

विधेयकले नेपाल प्रहरीमा कर्मचारी बढुवा सिफारिस हुँदा दिइने अंक पनि हेरफेर गरेको छ। विधेयकमा बढुवा समितिले जम्मा तीन अंक दिने प्रावधान राखिएको छ। प्रहरी नियमावली, २०७१ मा बढुवा समितिले ७.५ अंकसम्म दिने व्यवस्था छ। कार्य सम्पादन मूल्यांकन बापतको अंक ४० बाट बढाएर ५० बनाउन प्रस्ताव गरिएको छ। ज्येष्ठताबापतको अंक २२ बाट बढाएर २७ बनाउन प्रस्ताव गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved