ललितपुर। ख्रीस्टियन जर्नलिस्ट फेलोसिप नेपाल (CJF) र नेपाल बाइबल सोसाइटीको संयुक्त सहकार्यमा ख्रीस्टियन पत्रकारिताका आदिपुरुष पादरी गंगा प्रसाद प्रधानको १७४औं जन्मस्मृतिको अवसरमा विशेष विचार गोष्ठी आयोजना गरिने भएको छ।
“बहुप्रतिभाशाली पादरी गंगा प्रसाद प्रधानको योगदान र हाम्रो दायित्व” भन्ने विषयमा केन्द्रित उक्त गोष्ठी २०७२ असार २० गते (4 July 2025), दिउँसो ३ः०० बजे, क्वालिटी फुडल्याण्ड, एकान्तकुना, ललितपुरमा सम्पन्न हुनेछ।
कार्यक्रममा पादरी प्रधानले नेपाली भाषामा बाइबल अनुवाद, ख्रीस्टियन शिक्षा, पत्रकारिता र सामाजिक चेतनाका क्षेत्रमा पुर्याएको अतुलनीय योगदानबारे चर्चा गरिनेछ। आयोजकहरूले पत्रकार, लेखक, सेवक, युवा तथा ख्रीस्टियन समुदायका सबै सदस्यहरूलाई कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेका छन्।
