ललितपुर । क्रिस्चियन धर्ममा रहेर पत्रकारिता पेसामा आवद्ध सातै प्रदेश र ती प्रदेश अन्तर्गत ४० जिल्लाका पत्रारहरुकाे सहभागितामा दुइदिने अपाङ्गता भएका व्यक्तिहरुको वर्तमान अवस्था, चुनौती तथा नीतिगत व्यवस्थाका सवालमा छलफल कार्यक्रम सम्पन्न भएकाे छ।
हिजाे असार १६ र आज १७ सम्म दुइदिन चलेकाे उक्त छलफल कार्यशालामा बाेल्दै नेपाल प्रेस काउन्सिलकाे सदस्य समेत रहेका शान्तराम बिडारिले समाचार लेख्दा पत्रकारले आचारसंहिता मिच्नु नहुने बिषयमा प्रष्ट पारेका थिए भने, जसकाे लागि सहभागी पत्रकारहरुलाई फरक फरक ग्रुपमा बिभाजन सहित विभिन्न शिर्षकमा समाचार समेत लेखाइ बाचन समेत गराईएकाे थियाे।
एउटा अपांगता भएकाे ब्यक्तिलाई समाजमा जीवन जिउनुमा कति चुनाैतिहरुकाे सामना गर्नु पर्छ भन्ने बिषयमा आयाेजक संस्था ” सून्दर ढाेका साथि सेवा” काे प्रवन्द निर्देशक बिजेता अधिकारीले प्रस्तुत गरेकाे थियाे।
कार्यक्रममा अधिवक्ता तेजेन्द्र बुढा मगरले अपाङ्गता भएका व्यक्तिहरुका सवालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी प्रावधानका बारेमा रहेकाे प्रावधान र नेपालकाे सरकारले त्यस्ता नागरिकहरुलाई दिइँदै आएकाे सुविधाहरुकाे बारेमा प्रष्याएका थिए।
कार्यक्रममा श्रवण शक्ति नभएका नागरिकहरुलाई असल दाेभासेकाे अभावका कारण ग्रामिण भेगका त्यस्ता मानिसहरुले आफ्नाे दैनिकिमा समस्या रहेकाे ,दृष्यविहिनहरुका वसालमा समेत राज्यले बनाएकाे नियमहरु सराेकारवालाहरुले कार्यन्वयन नगरिदिँदा अपांगता भएका मानिसहरु समाजमा अपहेलित र विभेद सहन बाध्य रहेकाेले नियामक निकायकाे ध्यानाकर्षण गराइएकाे थियाे।
क्रिस्चियन जर्नलिस्ट फेलाेसिप र सून्दर ढाेका साथि सेवाकाे साझेदारिमा ललितपुरकाे गाेदावरि स्थिट भृकुटी हाेटलमा आयाेजित उक्त दुई दिने कार्यशालामा चार दर्जन भन्दा बढि पत्रकारहरु उपस्थित थिए।
