Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अपांगता भएकाहरुकाे निम्ति राज्यले कानुन बनायाे तर, कार्यन्वयनका चासाे दिएन: विजता अधिकारी, कार्यकारी निर्देशक सुन्दर ढाेका साथि सेवा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 30, 2025
0 shares

ललितपुर।  ख्रीष्टियन समुदायबाट पत्रकारिता पेसामा रहेका संचारकर्मीहरुको दुई दिने मिडिया कार्यशाला गोदावरी स्थित हाेटल भ्यू भृकुटीमा आजबाट सुरु भएको छ ।

ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपालको आयोजना र सुन्दर ढोका साथी सेवाको सहकार्यमा ‘परमेश्वरको सौन्दर्य समेट्दै’ भन्ने मूल उद्देश्यसहितको मिडिया कार्यशाला सुरु भएको हाे भने साे कार्यशाला आज १६ र भाेलि १७ गत्ते सम्म चल्ने आयाेजकले जनाएकाे छ।

विभिन्न जिल्लाहरुबाट उपस्थित  सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर, सेवक, सर्जक तथा मिडिया संस्थाहरूका प्रतिनिधिहरूले सोमवारबाट कार्यशालामा  सहभागिता जनाएका छन्।

कार्यशालाको एक विशेष पक्षको रूपमा, अपांगता भएका व्यक्तिहरूको सक्रिय सहभागिता रहनुका साथै, नेपालकै पहिलो अपांगता भएका पास्टरले कार्यक्रममा आफ्ना जीवन अनुभव, सेवाको कथा र विश्वासको यात्रामार्फत सबैलाई गहिरो सन्देश दिनुभयो। उहाँको प्रस्तुति प्रेरणादायी र भावनात्मक रूपमा प्रभावशाली रह्यो।

साँच्चै भन्ने हाे भने अपाङ्गता भएका मानिसहरु नेपालमा मात्र नभएर बिश्वभर छन् , तथ्यांकले भन्छ नेपालमा ३ देखि ४ लाखकाे हाराहारीमा रहेकाे छ। उनिहरुलाई जीवन जिउनमा धेरै नै कठिनाई त छ नै ती मध्यपनि काेटा छुट्याएको भए पनि अध्ययनमा चुनाैति छ।समाजमा समावेशीता हुनमा अत्यन्तै कठिन छ भने, राेजगारी पाउन झनै ।

कार्यक्रममा बाेल्दै एक शारीरिक अशक्तता रहेका बक्ताले थपे, “लाेकसेवामा शिक्षककाे परीक्षा दिँदा लिखितमा पास भयाे अन्तर्वार्तामा फेल पारिदिन्छ, लिखित र अन्तर्वार्ता दुबै पास गरेर नियुक्ति पत्र लिएर स्थानिय स्कुलमा गयाे त्यहाँ हाजिर गर्न दिन्न तसर्थ हामी अपांगता भएकाे ब्यक्तिहरुलाई धेरै कुरामा चुनाैति छ।”

हुन पनि नेपालकाे कानुन अनुसार हेर्नेहाे भने पनि अपांगता भएका ब्यक्तिहरुकाे हकअधिकार संबंधी ऐन २०७४ अनुसार अपांगताकाे परिभाषा १० प्रकारले परिभाषित गरेकाे छ र जसलाई ४ भागमा विभाजन गरि उनिहरुलाई राज्यकाे सुविधा उपलब्ध गराउने प्रावधान तय गरेकाे छ।

राज्यले ४ भागमा विभाजन गरेर के साँच्चै अपांगता भएका नागरिकहरुलाई राज्यले न्याय गरेकाे छ त? यस बिषयमा भने,  अपांगताको क्षेत्रमा क्रियाशिल सामाजिक संस्था सुन्दर ढोका साथि सेवाका कार्यकारी निर्देशक विजता अधिकारी भन्नुहुन्छ ” राज्यले नियम बनायाे र सुविधाहरु ताेक्याे तर, सम्बन्धित निकाएहरुले ती नियमहरु पालना नगरिदिँदा अपांगता भएका मानिसहरु सेवाबाट बञ्चित छन् ।”

“सानाे उदाहरण हेर्नुस न, सार्वजनिक बसमा अपांगता सिट राखिएकाे त हुन्छ तर, एउटा दृष्यविहिन मानिसले बस राेक्न हात दियाे भने छुट दिनु पर्छ भनेर बस नराेकाे हुँइक्याईन्छ, अनि ती दृष्यविहिन ब्यक्तिले त्याे बसकाे नम्मर कसरी जान्दछ र उसले नियमक निकायमा  गुनासाे राख्छ? “ अधिकारी थप्नुहुन्छ्।

यस्तै, अपांगता रहेर पनि साे कार्यक्रमकाे सहजकर्ता समेतकाे भुमिकामा रहुनुभएकाे रजुना सिंह र जोएल श्रेष्ठले “साँचो सौन्दर्य आत्मिक हुन्छ — जुन प्रत्येक मानिसमा देखा पर्छ, विशेष गरेर सीमितता, पीडा र संघर्षको बीचमा चम्किने विश्वासमा” भन्ने उदाहरणसहित जीवनका संघर्ष सहित राष्ट्रिय अन्तरराष्ट्रिय सम्मानका बारेमा चर्चा गर्नूभयो ।

हाे , हुन पनि संधानमा उल्लेखित १० प्रकारका अपांगता भएका नागरिकहरुलाई राज्यले ४ भागमा बिभाजन गर्याे तर, बर्गका आधारमा वर्गीकृत अपांगता भएका मानिसकाे अधिकार प्राप्ति सजिलाे भने अझै भएकाे छैन र कुनै पनि शिर्षकमा ताेकिएकाे सुविधा उनिहरुले पाएका छैनन्।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved