मेवालाल यादव, राैतहट। धान दिवसको अवसरमा मधेस प्रदेश सरकारकी प्रदेशसभा सदस्य शोभा साहले आज रौतहटको ईशनाथ नगरपालिकाको, औरैयामा धान रोपेर विशेष कार्यक्रममार्फत धान दिवस मनाएकी छिन।
कार्यक्रममा सहभागी भएर साहले कृषि र कृषकप्रति सम्मान जनाउँदै परम्परागत संस्कृति जगेर्नाको सन्देश दिएकी हुन्। उनले स्थानीय किसानहरूसँग हातेमालो गर्दै रोपाई गरेकी थिइन्।
कार्यक्रममा युवा नेता विवेक यादव, प्रवेज आलम, खानेपानीका अध्यक्ष किशोरी यादव लगायत सयौं स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। धान दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा मा. साहले गमछा ओढाएर समान गर्दै कृषिमा सरकार र जनप्रतिनिधिको सरोकार जनाउने सन्देश दिएका हुन ।
