Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

तामाङद्वारा लिखित १७ उत्कृष्ट गीतहरू प्रस्तुत गर्दै ‘साङ्गीतिक साँझ–२०८२’ सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 29, 2025
3 shares

काठमाडौं ।  नेपाली गीत–साहित्यमा योगदान पुर्‍याउँदै आएका गीतकार टेक तामाङको ‘साङ्गीतिक साँझ–२०८२’ सम्पन्न भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न उक्त कार्यक्रमलाई गीतकार संघ नेपालले आयोजना गरेको हो।

साँझमा गीतकार तामाङले सिर्जना गरेका १७ उत्कृष्ट गीतहरू प्रस्तुत गर्दै कार्यक्रमलाई ऐतिहासिक बनाएका थिए। ‘नेपाल मेरो घर’, ‘आमा’, ‘मीठा मीठा बोली’, ‘स्वर्गझैं सैलुङ’, ‘अल्झिरह्यो याद’, ‘तिमी सागर’, ‘मै खुकुरी’, ‘अङ्गालोमा बेरिरहुँ’, ‘जित्नेहरुको पनि’, ‘मन पर्छ’, ‘माथि माथि लेकमा’, ‘जोर मादलको तालैमा’ लगायतका गीतहरू शब्द, संगीत र गायनको उत्कृष्ट संयोजनका साथ प्रस्तुत भएका थिए।

कार्यक्रममा किरण प्रधान, शिव परियार, स्वरुपराज आचार्य, सत्यराज आचार्य, अन्जु पन्त, डेविड शंकर, रुपक चौधरी, संगीता राना प्रधान, प्रदीपराज पाण्डे, कन्काइष्ट राई, सन्जय तुम्ब्रोक, सुमिना लो, रेश्मा बमजन र अस्मिता अधिकारी चर्चित गायक–गायिकाहरूले गीतहरू प्रस्तुत गरेका थिए। उनीहरूको सुमधुर स्वर र भावपूर्ण प्रस्तुति दर्शकदीर्घामा भावनात्मक तरंग ल्याउन सफल रह्यो।

विशेषगरी ‘मै खुकुरी’ गीतले देशप्रेमका भावना उजागर गर्दा हलमा उपस्थितहरू भावुक बने भने ‘अङ्गालोमा बेरिरहुँ’ शीर्षकको मायापूर्ण गीतमा गायिका अन्जु पन्तको स्वरले दर्शकहरूलाई मन्त्रमुग्ध बनायो। उनले कार्यक्रमको छिनमा स्टेजबाट मिस युनिभर्सको विज्ञापनसमेत प्रस्तुत गरिन्।

सुमिना लो र रेश्मा बमजनको प्रस्तुतीले साँझ ढल्किँदै जाँदा अझै रमाइलो बनाउँदै लगे । दर्शकहरूले गीतसँगै ताल मिलाउँदै रमाइलो गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले टेक तामाङको यो प्रस्तुति नेपाली सांगीतिक क्षेत्रका लागि “सांस्कृतिक चेतनाको नयाँ इँटा” भएको बताए। गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले टेक तामाङको साङ्गीतिक साँझ नेपाली गीत–संगीतलाई आम जनमानससँग जोड्ने सशक्त प्रयास भएको बताए। उनले यस्तो प्रस्तुति नयाँ पुस्ताका सिर्जनशील व्यक्तित्वलाई प्रेरणा दिने विश्वास पनि व्यक्त गरे।

वि.सं. २०५० मा ‘छाल आउँदा सम्झनाको’ गीतबाट सांगीतिक यात्रामा प्रवेश गरेका टेक तामाङले हालसम्म ‘माटोको आवाज’, ‘स्वदेश’, ‘जीवनसाथी’, ‘नाता’, ‘आमा’, ‘भक्तिसागर’ र ‘नेपाल आमा’ जस्ता गीतसङ्ग्रह प्रकाशित गरिसकेका छन्। उनका थुप्रै गीत तथा कविता कृतिहरू प्रकाशनको तयारीमा रहेका छन्।

कलासँगै राष्ट्रसेवामा समर्पित तामाङ पेशागत रूपमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) हुन्। उनको लेखन, साहित्य, संगीत र सेवाको समिश्रणले समाजमा प्रेरणादायी सन्देश दिएको छ। साँझको समापनमा टेक तामाङले उपस्थित सबैलाई धन्यवाद दिँदै यो साँझ “जीवनको अविस्मरणीय क्षण” भएको बताए।

कार्यक्रममा सांसद, पूर्वमन्त्री, पूर्वमुख्यमन्त्री, प्रहरी, साहित्यकार, कलाकार, पत्रकार तथा संगीतप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved