भक्तपुर : चाँगुनारायण नगरपालिकाले बाढी र डुवानबाट प्रभावितको उद्धार तथा राहतका लागि सिन्धुपाल्चोकका मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई १५ लाख रुपैयाँ दिने भएको छ ।
नगर प्रमुख सोम मिश्रलाका अनुसार छिमेकी जिल्लाको बाढी र डुवान प्रभावित मेलम्ची र हेलम्बुलाई सहयोग गरेको जानकारी दिए । नगरसभाको बैठकमा नीति तथा कार्यक्रम पेश गर्दै उनले मेलम्ची नगरपालिकालाई १५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको जनाए ।
मेलम्ची नदीमा आएको बाढी र त्यसले गरेको धन–जनको क्षतिपछिको राहत तथा उद्दारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख मिश्रले जानकारी दिए ।
बाढीका कारण यतिबेला हजारौं नागरिकहरु घरबारबिहीन भएका छन् भने कतिको व्यवसाय बाढीसँगै बगेर गएको छ । अहिले कोही पनि आफ्नो घर फर्किएर ढुक्कसँग बस्न पाएका छैनन् ,नगर प्रमुख मिश्रले थपे।
