Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपालकाे कम्युनिस्ट आन्दाेलनमा मदन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 28, 2025
3 shares

काठमाडौं ।  नेपालको कम्युनिष्ट आन्दोलनमा कमी कमजोरी त नभएका होइनन् तर यसले आफ्ना कमीकमजोरीलाई समयसापेक्ष सुधार गर्दै आएको छ ।

नेपालमा कम्युनिष्ट पार्टी गठन हुँदा त्यसमा अक्टोवर क्रान्तिको प्रभाव बढी थियो । नेकपाको पहिलो घोषणा पत्रले सोभियत क्रान्तिको पक्षमा आफूलाई उभ्याउदै बलियो कम्युनिष्ट पार्टीमार्फत् जनताको (लोक) जनवादी राज्य सत्ता कायम गर्ने लक्ष राखेको थियो । गठन भएको केही समय पनि नबित्तै विभाजित भएको नेपालको कम्युनिष्ट पार्टीले माओको नेतृत्वमा चीनमा भएको नौलो जनवादी क्रान्तिको प्रेरणाबाट सत्तरीको दशकमा फेरि बौरियो । माओको फोटो अंकित राता किताब बोकेर नेपाली कम्युनिष्टहरुले देशभरि संगठन निर्माण गर्न थाले ।

कसैले माओको वा नोलौ जनवादी क्रान्तिको आलोचना गर्यो भने ऊ दक्षिणपन्थी संशोधनवादी कहलिन्थ्यो । झापाली विद्रोही समूहले त कति समयसम्म  अध्यक्ष माओ भनेर सम्बोधन गरिरह्यो । त्यो समूह नेकपा(माले) हुदै नेकपा (एमाले)ले करीब दुई दशकपछि मलाई सही थान्कामा राख्यो । त्यसपछि एमालेजनहरु माओ, नौलो जनवादभन्दा बढी आफ्नो देश र क्रान्तिबारे बढी चिन्तन मनन गर्न थाले ।  नेपालको धरातलीय यथार्थमा कस्ता कालका रणनीति र कार्यनीति आवश्यक हुन्छन् भन्ने बहस पैरबी हुनथाल्यो । यही पृष्ठभूमिमा २०४६ सालमा तत्कालीन नेकपा(माले)को सिराहामा सम्पन्न भएको चौथो महाधिवेशनले बहुदलीयताको प्रश्नलाई समाधान गरेको थियो ।

संसारका कतिपय देशमा गरिएको एकदलीयताको अभ्यासलाई ‘मूल मन्त्र’को रूपमा स्वीकार्न नसकिने र देशको विशिष्ट परिस्थितिमा बहुदलीयतालाई स्वीकारेर पनि कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन सकिन्छ भन्ने निष्कर्ष सो महाधिवेशनले लिएको थियो । लगत्तै तत्कालीन मालेको पहलमा वाममोर्चा बन्यो, पञ्चायत फाल्न नेपाली कांग्रेससँग सहकार्य भयो, आन्दोलन सफल भयो, पार्टी एकता संभव भयो र शक्तिशाली नेकपा(एमाले)को जन्म भयो । पार्टी ६९ सिटसहित प्रमुख प्रतिपक्षको हैसियतमा पुग्यो । यस अर्थमा चौथो महाधिवेशनले कोरेको सैध्दान्तिक गोरेटोलाई नेपालको कम्युनिष्ट आन्दोलनको प्याराडाइम सिफ्टको रुपमा लिन सकिन्छ ।

बहुदलीयतालाई स्वीकारी सकेको पृष्ठभूमिमा ०४९मा सम्पन्न पाचौं महाधिवेशनमा जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवादी कार्यक्रम अगाडि सारेपछि यो क्रार्यक्रम नेपालमा झन लोकपृय बन्यो । यो कार्यक्रम लोकपृय हुनुमा यसको सार र रुपको राम्रो संयोजन हुन सक्नु पनि प्रमुख कारण थियो । यो कार्यक्रमका नविन विेशेषता त थिए नै, यसको रुपको संयोजन पनि उत्कृष्ट थियो । “जनता” शब्दले वर्गीयता समेटेको थियो भने “बहुदलीय” शब्दले नेपाली समाजको बहुलवादी चरित्रलाई मात्र ईङ्गित गरेको थिएन, नेपाली कम्युनिष्टहरु एकदलीय तानाशाही तरिकाले शासन सत्ता सञ्चालन गर्ने छैनन् भन्ने इमान्दार घोणणा थियो ।

“जनवाद” शब्दले समाजको समग्र लोकतान्त्रिकरणको मर्मलाई बोकेको प्रष्टै बुझ्न सकिन्छ । त्यसकारण यो नेपालको मात्र होईन, विश्व कम्युनिष्ट आन्दोलनमै नौलो अभ्यास थियो ।  संविधानको सर्वोच्चता र बहुदलीय प्रतिस्पर्धा, बहुलवादी खुला समाज, कानुनसम्मत शासन–प्रशासन, बहुमतको सरकार र अल्पमतको विपक्ष, मानवअधिकार, प्रजातान्त्रिक मौलिक अधिकार र शान्तिको संवैधानिक प्रत्याभूति तथा रक्षाजस्ता राजनीतिक विषयहरू दूरगामी प्रभाव पार्ने र निर्णायक महत्व भएका विषयहरू समावेश गरेका छौँ । यसकारण हामीले यसलाई बहुदलीय जनवाद भनेर पनि परिभाषित गरेका छौँ । यो क्रान्ति सर्वहारा–श्रमजीवी वर्गको नेतृत्वमा सम्पन्न हुने आम जनताको जनवादी क्रान्ति हो । यसले जनताको जनवादी राज्यसत्ताको स्थापना गर्दछ । यो पूँजीपति वर्गको अधिनायकत्व भएको व्यवस्था होइन, जनताको जनवादी अधिनायकत्व भएको व्यवस्था हो । यो एकदलीय एकाधिकारवादी व्यवस्था होइन, जनताको बहुदलीय जनवादी व्यवस्था हो । राज्य व्यवस्थाका सम्पूर्ण कुराहरू त्यसबेलाको संविधानमा व्यवस्था भएअनुरूप सञ्चालित हुनेछन्  भन्ने घोषणा गरिएको थियो ।

०५४मा सम्पन्न छैठौं महाधिवेशनमा जबजको सैध्दान्तिक जगमा प्रस्तुत गरिएको ‘शक्ति सञ्चयको कार्यनीति’ लाई एमालेलाई एकताबध्द र मजबुत बनाउने अर्को कोसेढुङ्गा मान्न सकिन्छ।

तेश्रो सहश्राब्दीको शुरु हुनै लाग्दा नेपाली कम्युनिष्ट आन्दोलनको अर्को धारले कमरेड प्रचण्डको नेतृत्वमा माक्र्सवाद–लेलीनवाद–माओवादलाई मार्गनिर्देशक सिद्धान्त बनाएर माओको नेतृत्वमा चीनमा सञ्चालन भएझैं दीर्घकालीन जनयुद्ध मार्फत् सत्ता कब्जा गर्ने र नेपालमा नौलो जनवाद लागू गर्ने बाटो तय गर्यो । नेपालमा दश वर्षसम्म सञ्चालित सशस्त्र विद्रोहले नेपालको सन २००६ मा एतिहासिक जनआन्दोलनको सफलतामा  उल्लेख्य भूमिका खेल्यो। तर जब माओवादीहरूलाई सत्ता सञ्चालन गर्ने अवसर आयो, उनीहरूले पनि जबजकै विशेषताको अवलम्बन गर्नुपर्यो । हाल छिन्नभिन्न भएका माओवादी पनि आवधिक निर्वाचनबाट श्रेष्ठता हासिल गरेरै सत्ता सञ्चालन गर्ने, संवैधानिक सर्वोच्चतालाई मान्ने,कानुनी राज्य र मानवअधिकारको सम्मान गर्ने एमालेको वैचारिक धरातलमा आइपुगेका छन् ।

चिनिया क्रान्ति र नेपाली क्रान्ति विल्कुल भिन्न समय, विश्व परिवेशमा भएका क्रान्ति थिए। यसर्थ चिनियाँ क्रान्तिको कपि पेस्ट नेपालमा संभव थिएन । सामन्तवादको उच्छेद गर्ने र जनताको सत्ता कायम गर्ने विषयमा केही समानता रहे पनि सत्ता प्राप्ति र सञ्चालन दुवैमा धेरै भिन्नता छन् । यसमा चिनिया समाज र नेपाली समाजमा रहेका सांस्कृतिक र चेतनमजन्य भिन्नतालाई नजरअन्दाज गर्न मिल्दैन । नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी जनताबाट निर्वाचित भएर सत्तामा पुग्नु, सत्ता कब्जा गर्ने ध्येयका साथ जनयुद्ध सञ्चालन गर्ने प्रचण्ड पनि संसदीय निर्वाचनबाट मात्र सत्तामा पुग्न सक्नु नेपाली कम्युनिष्ट आन्दोलनका अनुपम विशेषता हुन् । राजनीति, नेता र सत्ताबारे नेपाली जनताको र चिनिया जनताको बुझाई पनि आनका तान फरक छ । नेहरु लिखित इतिहासमा चीनको बारे उनले गरेको टिप्पणी यहाँ स्मरणीय छ , उनी भन्थे–चीनमा धेरै शासकले ५०० बर्ष शासन गरेका थिए । वर्तमान कम्युनिष्ट सत्ता पनि चीनमा ५००  बर्ष टिक्न सक्छ । तर नेपालको सत्ता सधैं डोलायमान छ, अस्थिर छ ।

नेपाली कम्युनिष्टहरूको जसरी बलिदानी र सङ्घर्षको गर्विलो इतिहास छ, त्यसरी नै सैध्दान्तिक अवधारणामा प्रष्ट हुने र सही कार्यदिशा र गन्तव्य पहिल्याउने सवालमा घुम्तीपिच्छे समस्या परेको इतिहास पनि सँगसँगै छ। नेपालको कम्युनिष्ट आन्दोलनको दिशाबोध गर्ने गराउने सवालमा जननेता मदन भण्डारीको अपुरणीय योगदान छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved