Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दुई करोड बढी पुरस्कार सहितकाे ” फेस अफ एसवाई २०८२ ” आयाेजना काठमाडौंमा हुने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 26, 2025
0 shares

काठमाडौं । एसवाई इन्टरटेन्टमेन्ट प्रालि तीनकुने काठमाडौंको आयोजनामा फेस अफ एसवाई २०८२ (व्राण्ड एम्वेसडर हन्ट) सुरु भएको छ । आयोजक एसवाई बजार नेपालले विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कुल दुई करोड वढी राशी पुरस्कारको व्यवस्था भएको यो नेपालकै पहिलो ठूलो व्राण्ड एम्वेसडर हन्ट भएको दावी गरेको छ ।

पत्रकार सम्मेलनमा आयोजक एसवाई बजार नेपालका निर्देशक विमलराज गोसाईले नेपालकै सवैभन्दा धेरै पुरस्कार पाउने भनिएको मिस नेपालमा २०-२५ लाखको पुरस्कार व्यवस्था भएको तर आफूहरुले गर्न लागेको प्रतियोगितामा कुल मिलाएर दुई करोड बढी रहेको जानकारी गराए । पव्लिकले नपत्याउने भएकाले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको उनको भनाई थियो ।

बजारमा चलेका सेलिब्रेटीलाई नभई देशभरका गाउँंघरमा लुकेर बसेको प्रतिभालाई पहिचान गरी भुइँमान्छेलाई ब्राण्ड एम्वेसडर बनाउन खोजिएको यो नेपालकै पहिलो पाइला भएको दावी उनले गरे । साथै उनले दुई करोड राशी बराबरको पुरस्कारको व्यवस्था भएको यो नेपालकै पहिलो ठुलो हन्ट भएको पनि दावी गरे ।
कार्यक्रम अन्तर्गत कम्पनीको व्रान्ड एम्वेसडरहरु छनौट गरिने छन् । कार्यक्रमबाट प्रतिस्पर्धामार्फत् कम्पनीका लागि मुख्य तीन जना ब्राण्ड एम्वेसडरहरु छनौट गरिने छन् । यस योजना अनुसार महिला पुरुष दुवैले प्रतिस्पर्धामा सहभागी भइ छनौट हुने अवसर पाउन सक्नेछन् ।

कार्यक्रम कार्यक्रम सुरु भइसकेको जनाइएको छ । कार्यक्रम जनवरी ३१, २०२६ सम्म चल्ने जनाइएको छ । कार्यक्रम चरणबद्ध रुपमा हुनेछ । पहिलो चरण जुन १ बाट सप्टेम्वरको ३० तारिखसम्म चल्नेछ । पहिलो चरणमा भाग लिन एसवाई थिममा एउटा भिडियो बनाउनुपर्ने छ ।

पहिलो चरणबाट उत्कृष्ट पाँंच सय जनालाई छनौट गरिनेछ । र साथै हातै खाली नहुने गरी छनौट भएका पाँंच सय जनालाई नै दुई हजार बराबरको एसवाई बजारको सपिंग भौचर प्रदान गरिने जनाइएको छ ।

पहिलो चरणबाट छनौटमा पर्न सफल उत्कृष्ट एक सय ५० जनालाई दोश्रो चरणमा लगिने छ । त्यसमध्येबाट उत्कृष्ट ५० जनालाई १० हजार बराबरको एसवाई बजारको सपिंग भौचर प्रदान गरिने छ ।
दोश्रो चरणबाट छनौट भएका उत्कृष्ट २५ जनालाई फाइनलमा लगिनेछ । फाइनल अडिसन काठमाडौंमा हुनेछ । यो चरण सन् २०२६ जन १ देखि जनवरी ३१ तरिखमा चल्ने छ ।

अन्तिम उत्कृष्ट छनौट भएका २५ जनालाई तालिमसमेत दिइनेछ । साथै परीक्षण पनि बिभिन्न चरणमा हुने छन् । फाइनल स्टेजमा उत्रने २५ जनामध्येबाट टाइटल विनर फेस अफ एसवाई छनोट हुनेछ । त्ससपछि फष्ट रनर अप, सेकेण्ड रनर अप छनौट हुने छन् ।
पत्रकार सम्मलेनमा कार्यक्रम संयोजक विजय वस्नेतले टाइटल विनरलार्ई नगद रु ५ लाख पुरस्कारका साथै एक करोड बराबरको एक वर्षको कन्ट्याक्ट गरिनेछ । यसमा शर्तहरु लागू हुने छन् । साथै करकटी गरी रकम प्रदान गरिने छ ।

प्रतियोगिताबाट उत्कृष्ट फष्ट रनर अपलाई चार लाख नगद पुरस्कार दिइने छ । उनीसँंग ५० लाख बराबरको कन्ट्याक्ट गरिने छ । सेकेण्ड रनर अपलाई तीन लाख नगद पुरस्कारका साथै उनीसँंग ३० लाख बराबरको कन्ट्याक्ट हुनेछ ।

त्यसपछि बाँंकी उत्कृष्ट सात जनालाई पपुल्यारिटी अवार्डमा दिइनेछ र उनीहरुलाई प्रति व्यक्ति डेढडेढ लाख (एक लाख ५० हजार) रकम दिइने छ । यस हिसावले यो प्रतियोगितामा पुरस्कारको कुल खर्च मात्रै दुई करोड वढी जानेछ ।
प्रतियोगितामा सहभागीहरुको मूल्यांकनको आधार फरकफरक हुने छन् । पहिलो चरणको मूल्यांकनको आधार लाइकमा १० प्रतिशत, कमेन्टमा २० प्रतिशत, शेयरमा २० प्रतिशत र क्रियटिभिटीमा ५० प्रतिशत हुने छ । दोश्रो चरणमा पनि लाइक कमेन्ट उही र जुरी (गेष्ट) ले ५० प्रतिशत अंक दिइने छन् । अन्तिम चरणको मूल्यांकनको आधार भने एसएनएस (सोसियल नेटवर्किंग सर्भिस्) बाट ३० प्रतिशत र जजबाट ७० प्रतिशत अंक दिइनेछ ।

पहिलो र दोश्रो चरण भिडियोमार्फत् डिजिटल अडिसन गरिने जनाइएको छ । त्यसपछिको फाइनल चरणमा भने फिजिकल (भोतिक अर्थात् प्रत्यक्ष) उपस्थित अडिसनमाफत् हुनेछ ।
प्रतियोगिामा जुनसुकै उमेर समूहका महिला पुरुषले सहभागिता जनाउन पाउने छन् । सहभागिताका लागि उनीहरुले एसवाई बजार र एसवाई कष्मेटिकको फेसबुक, इन्ष्टाग्राम र टिकटकलाई फलो गर्नुपर्नेछ । त्यसपछि सहभागी हुन चाहनेहरुले एसवाई प्यानल, एसवाई बजार वा एसवाई कष्टमेटिकको कुनै पनि कम्पनी झल्किने क्रियटिभ भिडियो कन्टेन्ट बनाउनुपर्ने छ । साथै आफनो कुनै पनि सोसियल मिडिया एकाउन्टमा पोष्ट गर्न सकिनेछ ।

भिडियो पोष्ट गर्दा सहभागीहरुले अनिवार्य रुपमा एसवाई बजार नेपाल र एसवाई कष्मेटिक नेपाललाई उल्लेख गर्नुपर्ने छ ,  (ह्यासट्याग फेस अफ एसवाई) प्रयोग गर्नुपर्नेछ । सहभागी हुन चाहनेहरुले पोष्ट गरेको भिडियोको लिंकसहित एसवाई कस्मेटिक र एसवाई बजारको पेजको बायोमा जानुपर्ने छ र त्यसमा गई गुगल फारम भरी निर्देशन अनुसार रजिष्टर गर्नुपर्नेछ ।
आयोजक एसवाई ग्रुप अफ कम्पनी दक्षिण कोरियामा आधारित मल्टिनेशनल कम्पनी हो । यस कम्पनी अन्तर्गग एसवाई प्यानल नेपाल, एसवाई बजार, एसवाई इन्टरप्राइजेज्लगायतका कम्पनीहरु नेपालमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved